×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : नीति तथा कार्यक्रम पारितदेखि आर्थिक सर्वेक्षण सार्वजनिकसम्म

जेठ १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ । 
चालू आर्थिक वर्ष २०७८–७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.२५ प्रतिशत मात्रै थियो । 

Sagarmatha Cement
Muktinath Bank

यस वर्षका कोभिड महामारी न्यूनिकरण भएको र उर्जा क्षेत्रको उत्पादन र विस्तारले आर्थिक वृद्धिमा योगदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको मूल्य अभिवृद्धि सबैभन्दा धेरै अर्थात ८.१ प्रतिशत रहेको छ । त्यसैगरी, कृषिको २.३ प्रतिशत र सेवा क्षेत्रको ६.६ प्रतिशतले वृद्धी हुने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 
त्यसैगरी, चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको अर्थमन्त्रालयले बताएको छ । जसमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८–७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।
यसअघि आर्थिक वर्ष ०७७–७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १३८१ डलर पुग्ने अनुमान गरिएको हो ।
००००
सरकारका वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकबाट सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सभामुखले निर्णयार्थ पेश गर्नुअघि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रम माथि छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । 
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम शनिवार पारित भएको हो ।
सरकारका नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । सरकारले आइतवार नयाँ बजेट संसदमा पेश गर्दैछ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा गर्न आफूहरू सफल भएको बताएका छन् । शनिवार संसदमा बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘हाम्रो प्रयासबाट संविधानको रक्षा भएको छ ।’

Vianet communication
Laxmi Bank

उनले यसअघि २ पटकसम्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्न खोजेको संसदलाई बचाएको र संविधानको रक्षा गरेको उल्लेख गरेका छन् । लामो समयदेखि जारी संसदको अवरोध हटाएर नियमित रूपमा चल्न दिएकोमा प्रमुख प्रतिपक्षीलाई प्रधानमन्त्री देउवाले धन्यवाद पनि दिए ।
देशभर एकैपटक निर्वाचन गर्न सक्नुलाई उनले अहिलेको सरकारको सफलता भएको बताए । चुनाव सकेर निर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेको उनको भनाइ छ ।
००००
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी सङ्गठनको शनिबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मकरूपमा लिएको र तत्काल कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै आन्दोलनरत विद्यार्थी सङ्गठनसँग तीन दिनभित्र छलफल गरी निष्कर्षमा पु–याउन माग गरिएको छ ।
००००
सरकारले समायोजन गरी तोकेको भाडादर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले सरकारले तोकेको भाडादर व्यवहारमा लागू हुनुपर्ने माग गर्दै जेठ २० गतेदेखि ट्रक ग्यारेजमा थन्काइ ढुवानी कार्य रोक्ने बताएका छन् ।  
भारतीय ओभरलोडका गाडीहरूका कारण नेपाली यातायात व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ उचित भाडादर नपाउँदा पेशा नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूल्यवृद्धि नियन्त्रणको पहल गर्न सरकारलाई आग्रह गरेका छन् । 
शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने तर्क गरेका हुन् । मूल्यवृद्धि रोक्न नसके भान्साबाटै विद्रोहको अवस्था आउन सक्नेबारे सरकारलाई सचेत गराएका छन् । 
संसद बैठकमा प्रचण्डले भने, ‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । भान्साबाट विद्रोह शुरू हुन्छ कि भन्ने परिस्थिति बनेकै छ । पेट्रोलियम पदार्थमा छिमेकी देशहरूले कर छुट दिएर मूल्य समायोजन गर्ने प्रयास गरेका छन् । हाम्रोमा पनि त्यसै गरी जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।’
००००
प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताए । 
उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिक लोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरू फर्किएको ठानेको बताए । उनीहरूलाई संविधान र संघीय गणतन्त्रको सीमाभित्र बसेर राजनीतिक दलहरूसँगको सहकार्यमा मतदाताबीच आफूहरूले गरेका वाचा पूरा गर्न प्रचण्डले सुझाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x