असार २०, २०७९
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
काठमाडाैं | जेठ १५, २०७९
युक्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमले रुसमाथि लगाएको प्रतिबन्ध पूर्णतया विफल भएको छ ।
रुसी मुद्रा रुबल डलर र युरोको तुलनामा पहिलेभन्दा बलियो भएको छ अनि तेल र ग्यासको बिक्रीबाट रुसले यो वर्ष पोहोर सालभन्दा बढी कमाइरहेको छ ।
त्यसैले रुसमाथिको प्रतिबन्ध पश्चिमले हटाउन सक्ने सम्भावना बढेको कतिपय विश्लेषकहरूले अनुमान गरेका छन् ।
प्रतिबन्ध नहटाएमा आगामी जाडो महिनामा युरोप दयनीय अवस्थामा पुग्नेछ । अहिले नै ग्यासको भाउ बढेकाले मानिसहरूलाई गाह्रो पर्न थालेको छ । खाद्यसामग्रीहरू सजिलै पाइन छाडेका छन् र तिनको मूल्य पनि आकासिएको छ ।
कामकाजी वर्गका हजारौं युरोपेलीहरूले सरकारबाट प्राप्त खाद्यान्न सहुलियत कार्ड उपयोग गर्नुपरेको छ । उनीहरूको तलब चाहिँ बढेको छैन । पश्चिमी लोकतन्त्रप्रतिको अनास्था बढ्दै गएको छ ।
अमेरिकी समाज भड्खालोतर्फ बढिरहेको छ । गरीबी, हिंसा, अतिवादीकरण र कोभिड संक्रमण झन् झन् बढिरहेका छन् । सरकारले मानिसहरूलाई कोभिड राहतका लागि दुई हजार डलर दिने भनेको पनि पुरानो सपना जस्तो भइसकेको छ ।
युक्रेनले युद्ध हारिरहेको पश्चिमी नेताहरूले स्वीकार गर्न थालेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डोनबास क्षेत्रमा रुसले सुस्त भए पनि प्रगति गरिरहेको बताएका छन् । आफूहरूको झूटो प्रचारबाजी विफल भएको थाहा पाएका पश्चिमाहरू युक्रेनबाट ध्यान हटाएर सिन्च्याङतर्फ केन्द्रित गर्न खोजिरहेका छन् ।
पश्चिम एसियामा पश्चिमको सेवक राष्ट्र इजरायलले दिनदहाडै पत्रकारहरूको हत्या गरेको छ । प्यालेस्टाइनीहरूको प्रतिकार दिनदिनै बलियो बन्दै गएको छ ।
पश्चिमले अब विश्राम लिएर आफ्नो अवस्थाका बारेमा सोच्न ढिलो भइसकेको छ । त्यसैले रुसमाथिको प्रतिबन्ध सुटुक्क हटाएर युरोपलाई राहत दिने सोच अमेरिकाले बनाएको हुन सक्छ ।
मध्य एसियाली मुलुक उज्बेकिस्तानले उत्तरपश्चिममा रहेको रहेको काराकालपाकस्तान क्षेत्रको स्वायत्तता खोज्ने योजना फिर्ता लिएको छ । देशको संसद्को तल्लो सदन लेजिस्लेटिभ च्याम्बरले राष्ट्रपति शावकात मिर्जियोयेभको प्र...
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । सुरुको प्रदर्शनीहरूमा बेइजिङक...
इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ । त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...
डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक...
गर्भसँग जोडिएको समस्या झेलिरहेकी एक महिलाले एकैपल्ट गर्भमा ४ बच्चा पाएकी छन् । अमेरिकाकी ३५ वर्षीया एश्ले नेस ४५ वर्षीय प्रेमी वेलसँग स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा गर्...
डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...