असार १८, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...
गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ ।
चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार्वजनिक भएको थियो ।
वर्तमान सरकार गठन भएपछि प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश केही नीति तथा कार्यक्रम र सीमामा सामान्य हेरेफेर गरिएको थियो ।
शनिवार मात्रै प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक सर्वेक्षण पनि शनिवार नै सार्वजनिक भएको थियो ।
आर्थिक विकासमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशबाटै प्रतिनिधित्व गर्ने अर्थमन्त्री शर्माले प्रस्तुत गर्न लागेको आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
कोरोनाबाट सामान्य अवस्थामा फर्किन लागेको मुलुकको अर्थतन्त्र रुस र युक्रेन सङ्घर्षका कारण बाह्य क्षेत्र चापमा परेको छ । विदेशी मुद्राको सञ्चिति ओरालो लाग्दै गएका सन्दर्भमा आगामी आवको बजेटमार्फत धेरै विषयमा सम्बोधन गर्नुपर्ने माग चौतर्फीरुपमा उठेको छ ।
औद्योगिक वातावरण तयार पार्ने, कृषि क्षेत्रको विकास र उन्नयनलाई केन्द्रमा राखेर बजेट तयार पारिएको अर्थमन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ ।
यस्तै केही ठूला आयोजनालाई पनि बजेटले सम्बोधन गर्नेछ । बूढीगण्डकी जस्ता आयोजना सरकारले आन्तरिक लगानीमा नै निर्माण शुरू गर्ने तयारी गरेको छ । शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि स्रोतको अभाव नहुने र व्यवस्था गरिसकिएको जानकारी दिएका छन् ।
कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना मुलुकको ऊर्जा सुरक्षाका लागि पनि आवश्यक छ । यस्तै पेट्रोलियम पदार्थको निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धन, विद्युतीय चुल्होको प्रयोगमा बढावा दिने, कृषि सिँचाइ तथा सुख्खाटारको सिँचाइलगायतका विषयलाई बजेटले प्रमुख प्राथमिकतामा राखेको छ ।
बजेटको सैद्धान्तिक विषयमा छलफलका क्रममा नै अर्थमन्त्रीले बजेटको प्राथमिकताका बारेमा सामान्य जानकारी दिइसकेका छन् । आन्तरिक खपतका लागि पैठारी नगरे पनि हुने केही वस्तुमा करको दर वृद्धि, करको दायरा विस्तारलगायतका विषयलाई पनि बजेटले सम्बोधन गर्नेछ ।
शनिवार मात्रै अर्थमन्त्रीले बजेटका विषयमा सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराइसकेका छन् । मन्त्रिपरिषद्को आजै बस्ने बैठकले बजेट पारित गरेपछि अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...
सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । ...
पाँचथरमा अविरल वर्षापछि पहिरो जाँदा एक घर बगाएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो । ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...