असार १८, २०७९
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
काठमाडाैं | जेठ १५, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गरेका छन् ।
उनले १५औँ गणतन्त्र दिवसका अवसरमा विज्ञप्ति जारी गरी मुलुकमा गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनमा जीवनोत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।
जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
'सार्वभौमसत्ता पूर्णरुपमा जनतामा नीहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि ती व्यवस्थाबाट जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकिएको छैन', उनले भनेका छन् ।
अध्यक्ष नेपालले मुलुकलाई पुनःराजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएकाले जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।
'असंलग्न परराष्ट्र नीतिप्रति निष्ठावान् रहँदै राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको रक्षार्थ दृढ रहनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो', विज्ञप्तिमा भनिएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र के...
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज ब...
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्व...
पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ । विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ । शनिवा...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...