असार १६, २०७९
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
बुटवल | जेठ १५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश बनाउन सक्नुपर्ने बताएका छन् ।
त्यसपछि मात्रै प्रदेशका नागरिकले वास्तविक गणतन्त्र आएको अनुभूति गर्न पाउने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले आइतवार बुटवलमा आयोजना गरेको १५ औं गणतन्त्र मूल समारोह समितिमा मुख्यमन्त्री केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सर्वसाधारणले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताए ।
‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुने छैन,’ उनले भने ।
मुख्यमन्त्री केसीले लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको बताए ।
मुख्यमन्त्री केसीले नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए ।
‘नागरिकको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो । सबैको मिहिनेत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु पर्नेछ,’ उनले भने, ‘सबैको पहुँचमा विकास पुर्याउनुपर्ने छ ।’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा ब...
नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोइराला पक्षी...
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह न...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी वियोगमा रहेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई भेटेर समवेदना व्यक्त गरेका छन् । बिहीवार भक्तपुरस्थित बिजुक्छेंको निवासमा पुगेर ओलीले समवेदना व्यक्त...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सत्तारुढ गठबन्धन लगायत विषयमा छलफल भएको छ । बिहीवार भएको भेलामा समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था, महंगी र पार्टीको आन्तरिक विषयमा छलफल ...
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद् र प्रदेश सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औं संसद् दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...