×

NMB BANK
NIC ASIA

बालुवाटारमा विजोग

ज्योतिषीको सल्लाहमा प्रधानमन्त्री निवासबाट ढललाई पश्चिमतिर घुमाउन खोज्दा...

जेठ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको उत्तरतर्फको सडक हिलाम्मे र भद्रगोल छ । 

Muktinath Bank

बालुवाटार रोडबाट लाजिम्पाट निस्किने उक्त सडक प्रधानन्यायाधीश र प्रधानमन्त्रीको सरकारी निवासको उत्तरतर्फको कम्पाउन्डसँगै सटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवासमा प्रवेश गर्ने उत्तरतर्फको गेट पनि सोही सडकसँगै जोडिएको छ, जसलाई बालुवाटारको एक नम्बर गेट भनिन्छ ।


Advertisment
Nabil box
Kumari

पूर्व प्रधानमन्त्रीहरू र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू बालुवाटार प्रवेश गर्न सोही गेट प्रयोग गर्छन् ।

Vianet communication
Laxmi Bank

अहिले उक्त सडक प्रयोग गर्नै मुस्किल पर्ने अवस्थामा पुगेको छ ।

यसको मुख्य कारण हो– प्रधानमन्त्री निवासको उत्तरतर्फबाट प्रधानमन्त्री निवास हुँदै बाहिरिने भूमिगत ढलको बाटो परिवर्तन ।

उत्तरबाट दक्षिणतर्फ बगिरहेको उक्त ढलको बाटो परिवर्तन गरेर लाजिम्पाटतर्फ जाने सडकको किनारा हुँदै प्रधानन्यायाधीश निवासको पश्चिम पारेर टुकुचा नदीमा मिसाउन लागिएको छ । त्यसैका लागि सडक खनिएको छ ।

वर्षौंदेखि बग्दै आएको भूमिगत ढलको बाटो एकाएक परिवर्तन गर्नुपर्ने कारण त्यसले सिर्जना गरेको दुर्गन्ध वा कुनै भौतिक अवरोध भने होइन । प्रधानमन्त्री निवासबाट ढल हटाउनुको एउटै कारण हो, वास्तु ।

उत्तरतर्फबाट प्रधानमन्त्री निवास हुँदै दक्षिणतर्फ बगेको ढलका कारण प्रधानमन्त्री कार्यालयको प्रभाव कमजोर भएको ज्योतिषीय सल्लाहका आधारमा उक्त ढलको मार्ग परिवर्तनको काम भइरहेको छ, जसका कारण सडक भत्किएको छ र हिलाम्मे बनेको छ ।

ज्योतिषीले प्रधानमन्त्रीलाई दिएको सल्लाहअनुसार त्यहाँ ढलको पुरानो संरचना भत्काएर नयाँ बनाउन लागिएको स्थानीय बासिन्दा पूर्ण महर्जनले बताए ।

‘प्रधानमन्त्री निवास हुँदै बगेको ढलका कारण जोसुकै प्रधानमन्त्री आए पनि नटिक्ने र शक्ति कमजोर हुने भनेर ज्योतिषीले सल्लाह दिएपछि यो ढलको बाटो परिवर्तन गर्न लागेको मैले सुनेको छु’, महर्जनले भने । 

महर्जनले बताएको कुरालाई प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले पनि पुष्टि गरेका छन् ।

रिजालका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै उक्त ढलमार्ग परिवर्तनका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएको थियो । तर, त्यसबेला कोरानो महामारी भएका कारण डीपीआर कार्यान्वयन हुन सकेको थिएन ।

‘केपी ओलीकै पालमा डीपीआर भएको कुरा हो । डेढ दुई वर्ष कोरोनाले डिस्टर्ब गर्‍यो । सत्ता परिवर्तन भयो । यस्तै विभिन्न कारणले समस्या भइरहेको थियो । अहिले काम भइसकेको छ’, रिजालले भने ।

केपी ओली प्रधानमन्त्री हुँदा नै रिजाललगायतका ज्योतिषीहरूले कि त प्रधानमन्त्री निवास नै सार्नुपर्ने, नभए प्रधानमन्त्री निवासमुनिबाट बग्ने ढल हटाउनुपर्ने भनेर सुझाव दिएको रिजालले बताए ।

‘यो काम शेरबहादुर देउवाको पालामा भएको होइन, केपी ओलीको पालामा नै कुरा उठेको हो । म लगायत सम्पूर्ण ज्योतिषीहरूले संस्थागत रूपमा नै उहाँलाई सल्लाह दिएका थियौं’, रिजालले भने, ‘हामीले कि त प्रधानमन्त्री निवास नै सार्नुपर्‍यो नभए प्रधानमन्त्री निवासमुनि भएको ढल हटाउनुपर्‍यो भनेका हौं ।’ 

उत्तरबाट बगेको ढल प्रधानमन्त्री निवास हुँदै बाहिरिँदा सकारात्मक ऊर्जालाई पनि नकारात्मक बनाइदिने रिजालले बताए ।

‘अहिलेसम्म जति पनि प्रधानमन्त्री भएर बालुवाटारमा बस्नुभयो कसैले पनि देश र जनताको हितका निर्णय गर्न सक्नुभएन । सबै जनालाई जनताले चुनेको हो तर, सबै फेल हुनुभयो । बालुवाटारमा भएको ढलले सकरात्मक भन्दा नकरात्मक ऊर्जा ल्यायो । त्यसले वैमनश्यता जगायो । जनतामा नकरात्मक कुरा मात्रै गयो । बारम्बार जनताहरू बिच्किनुपर्‍यो । कहिले कसलाई, कहिले कसलाई भोट हाल्नुपर्‍यो’, रिजालले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिल्यै डीपीआर भएको कुरालाई कार्यान्वयन गर्न भनिएको रिजालले जानकारी दिए । 

‘अहिलेका प्रधानमन्त्रीलाई पनि भनेर त्यो ढल हटाउन लगाइएको हो । पछि त प्रधानमन्त्रीको सुरक्षाको विषय पनि त्यससँग सम्बन्धित भएर उठेका छन् । निवासमुनि ढलको पाइप हुँदा त्यसले सुरक्षा चुनौति थपिएको कुरा पनि आएको थियो । त्यसभन्दा पनि ढल राम्रो कुरा थिएन । त्यसलाई निकाल्दा प्रधानमन्त्री र देशलाई नै राम्रो हुने कुरा हो’, रिजालले भने, ‘देशलाई सञ्चालन गर्ने मान्छे राम्रो ठाउँमा बस्नेबित्तिकै त्यहाँ सम्पूर्णकुराहरू नै सकरात्मक हुन्छ ।’ 

उक्त ढलको बाटो परिवर्तनको काम अझै सम्पन्न भइसकेको छैन । टुकुचानदीतर्फबाट ढलको पाइप बिछ्याउने काम भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री निवासको उत्तरतर्फको गेट नजिकैसम्म सडकमुनि ढलको पाइप बिछ्याउने काम सम्पन्न भएको छ ।

ढलको पाइप बिछ्याउन सडक खन्दा विद्युतको ट्रान्सफर्मर रहेको पोल ढल्किएकाले अहिले काम रोकिएको छ । 

स्थानीयले भने उल्टो बाटोमा ढल खनिएको भन्दै विरोध गरेका छन् । ‘ओरालोबाट उकालोतिर जबर्जस्ती ढल लान खोजिएको छ’, स्थानीय पूर्ण महर्जनले भने ।

खनेको बाटो नसम्याएको हुँदा सवारी आवागमन पनि प्रभावित भएको छ । 

‘कम्तिमा माटोले पुरेर बाटोसम्म बनाइदिएको भए गाडी गुडाउन मिल्थ्यो । अहिले सवारी आवागमन अवरोध भइरहेको छ । दिनहुँ बाइकहरू चिप्लेर लडिरहेका छन् । बाटो जथाभावी भत्काएर छाड्न नमिल्ने हो’,  महर्जनले भने ।

अहिले ढल निकास बन्द भएका कारण पानी परेका बेला घरघरमा पानी छिर्ने गरेको अर्का स्थानीय पूर्णबहादुर महर्जनले बताए ।

‘ढल निकास बन्द गरेकाले ठूलो पानी परेको बेला सबै पानी हाम्रो घरभित्र छिर्छ । स्थानीयको कुरा कसले पो सुन्छ र ?’, उनले भने । 

उनीहरूले ढलको बाटो बदल्ने कुराको विरोध पनि गरेका रहेछन् । 

‘हामीले त ढलको बाटो परिवर्तन नगर्न भनेर वडा कार्यालयमा विरोध पत्र नै बुझाएका थियौं । अहिले अव्यवस्थित बनाएर छाडिएको छ । दुःख स्थानीयले भोग्नु परेको छ’, महर्जनले गुनासो पोखे ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x