साउन ३१, २०७९
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
काठमाडाैं | जेठ २३, २०७९
नेकपा एकीकृत समाजवादीले एक्कासि गरेको मन्त्री फिर्ता बोलाउने निर्णय उसैगरी रोकिएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठकले दिउँसो बैठक बसेर पार्टीको तर्फबाट संघीय सरकारमा मन्त्री बनेका पाँचै जनालाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ मन्त्रीको नाम सिफारिश गरेको थियो ।
पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउँदैछ भन्ने कुरा मन्त्रीहरूले संकेत पनि पाएका थिएनन् ।
आइतवार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना पार्टीका मन्त्री हेरफेर गर्न लागेको जानकारी गराएका थिए । देउवाले पनि नेपालको प्रस्तावमा सहमति जनाएको एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बताए ।
‘आइतवार बिहान प्रधानमन्त्रीलाई भेटेर अध्यक्षले मन्त्री फेर्नेबारे जानकारी गराउनुभएको थियो । त्यसबेला प्रधानमन्त्रीले सहमति व्यक्त गर्नुभएको थियो । त्यही आधारमा सचिवालयले निर्णय गरेको थियो’, ती स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।
एकीकृत समाजवादीले सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीमा बढुवा गर्ने र अन्य नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, मेटमणि चौधरीलाई शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा सिफारिश गरिएको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा आइतवार बिहानको सहमतिबाट ब्याक भएपछि एकीकृत समाजवादीबाट सिफारिश भएका मन्त्रीहरूले बधाई खाइरहे तर, शपथ भने खान पाएनन् ।
पार्टीले मन्त्रीको जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको थाहा पाएपछि पर्यटन मन्त्री प्रेम आलेले सबैभन्दा पहिले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी कार्यालयमै भेटेका थिए । त्यसबेलासम्म नेपालले बालुवाटार पुगेर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेका थिए ।
पार्टी कार्यालयमा महासचिव डा. बेदुराम भुसालसहित आलेसँग संवाद गरेका नेपालले यसअघि ६ महिनाका लागि मात्रै भनेर मन्त्रीको जिम्मेवारी दिइएको स्मरण गराएका थिए । तर, आलेले भने अहिल्यै मन्त्रीबाट फिर्ता नहुने जिकिर दोहोर्याएका थिए । स्वास्थ्य मन्त्री विरोध खतिवडाले पनि आइतवार नै पार्टी अध्यक्ष नेपाललाई भेटेर मन्त्रीबाट फिर्ता बोलाउने निर्णयबारे असन्तुष्टि राखेका थिए ।
नेपाललाई भेटेलगत्तै आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको थाहा पाएको एकीकृत समाजवादीकै एक नेताले जानकारी दिए ।
त्यसलगत्तै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेको जानकारी आफूहरूले पाएको एकीकृत समाजवादीका नेता बताउँछन् ।
‘हाम्रा केही मन्त्रीबाट गैरराजनीतिक चरित्र प्रस्तुत भएको पाइयो । आफ्नो पार्टीको निर्णयको विषयलाई लिएर अन्य पार्टीको सहयोग गर्ने प्रवृत्ति राजनीतिक चरित्र भएन’, ती नेताले भने ।
एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर संसद्मा बजेटमाथि छलफल भइरहेको र बजेटमा उठेका प्रश्नमा मन्त्रीलाई जवाफ दिने अवसर नै नदिई फिर्ता बोलाउँदा अपमान महशुस भएको गुनासो गरेका थिए ।
मन्त्री प्रेम आले र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बन्धले पनि एकीकृत समाजवादीको मन्त्री फिर्ता बोलाउने निर्णय अलपत्र परेको हो ।
गत असार २८ मा संसद् पुनःस्थापना हुनुअघि नै आलेले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री बनाउन सहयोग गर्ने र त्यसबापत आफूलाई मन्त्री बनाउनुपर्ने बार्गेनिङ गरेका थिए । आफूले एमालेबाट ८ जना सांसदलाई देउवाको पक्षमा मत हाल्न लगाउने भन्दै आलेले मन्त्री पद मागेका थिए ।
एमालेमा शुरूमा माधव नेपाल गुटमै रहेका आले मन्त्री पाइने भएपछि गुट परिवर्तन गरेर ओली समूहमा पुगेका थिए ।
ओलीले आलेलाई वनमन्त्री बनाए तर, उनलाई थाहै नदिई तीन महिनामै हटाइदिए । त्यसपछि ओलीसँग आले बिच्किएका थिए ।
भदौमा एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो । आलेले एकीकृत समाजवादीमा आउनका लागि मन्त्री पदकै बार्गेनिङ गरेका थिए ।
एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीहरूसँगको भेटपछि प्रधानमन्त्री देउवा माधव नेपालसँगको सहमतिबाट ब्याक भए र नेपालले दिएको नयाँ मन्त्रीको नाम शीतल निवास नपठाएर रोकिदिए ।
आफ्ना मन्त्रीहरूका दौडधूप थाहा पाएका माधव नेपालले सोमवार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए । नेपालले मन्त्री फिर्ता गराउन प्रचण्डको सहयोग चाहेका थिए तर, प्रधानमन्त्री देउवाले संसदबाट बजेट पारित नहुँदासम्म मन्त्रिपरिषद हेरफेर नहुने भनिदिएको एकीकृत समाजवादीका एक नेताले बताए । त्यति मात्रै होइन, देउवाले पार्टीभित्रको विवाद सुल्झाएर आउन समेत नेपाललाई सल्लाह दिएको थाहा भएको समाजवादीका ती नेताले बताए ।
बालुवाटारमा तीन नेताको भेटपछि अध्यक्ष नेपालले मन्त्रीहरूलाई अहिलेका लागि जिम्मेवारी यथावत रहने भनेको मन्त्रीहरूले बताएका छन् ।
मन्त्रीको सिफारिशमा परेका एकीकृत समाजवादीका एक नेताले भने, ‘प्रधानमन्त्रीले अन्य साना दललाई पनि सरकारमा समेट्ने प्रयास भएकाले एकैपटक मन्त्रिपरिषद् हेरफेर गरौं भन्ने प्रस्ताव गर्नुभएछ । तर, अध्यक्षले पार्टीको निर्णय हो कार्यान्वयन गर्नुहोस् भनेर आउनुभएको छ । निर्णय चाँडै कार्यान्वयन हुन्छ ।’
मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले भने प्राविधिक कारणले शपथ रोकिएको बताए । ‘प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौं’, श्रेष्ठले भने ।
‘प्राविधिक’ कारणबारे सोध्दा श्रेष्ठले त्यो कारण पार्टी अध्यक्ष नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनाललाई थाहा भएको बताए ।
मन्त्रीमा सिफारिश भएका अर्का नेता शेरबहादुर कुँवरले भने शपथ ग्रहणको प्रतिक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको प्रतिक्रिया दिए ।
आफ्नो पार्टीको निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीले अनिच्छा देखाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि भने नैतिक प्रश्न खडा भएको छ ।
एकीकृत समाजवादीका एक स्थायी समिति सदस्य भन्छन्, ‘पार्टीले निर्णय गरेर गएपछि प्रधानमन्त्रीले विभिन्न कारण देखाएर निर्णय रोकिदिनु जायज होइन । पार्टीले तत्काल निर्णय कार्यान्वयन गराउनुपर्छ ।’
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
सत्तारुढ ५ दलीय गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले बाँडफाँट टुंगो लगाएर प्रतिवेदन बनाउने तयारी गरे...
बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेका हुन् । ...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...