असार ११, २०७९
समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो । पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्न...
काठमाडौंको किंग्स् कलेजले विद्यार्थीहरूमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शिर्षकको नाटक मञ्चन गरिरहेको छ ।
यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुची एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ ।
कलेजका विद्यार्थीहरूद्वारा मञ्चीत यस नाटकले आलंकारीकरुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनिधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा महिलाको अवस्था र सोमा परिवर्तन ल्याउन उनीहरूको अपेक्षित प्रतिनीधित्वलाई नाटकले खास जोड दिएको छ ।
व्यवसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत व्यापार एवं उद्यमशिलताको शिक्षामा श्रृजनशिलता, साहित्य तथा नवीनताका अवयवहरूलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परीक्षण गर्नको लागि यस अवधारणालाई अगाडी सारिएको नाटक संयोजक दीक्षित भट्ट बताउँछन् ।
त्यसो त कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बिबिए इन अप्लाईड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ ।
कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानविय–मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीहरूलाई ब्यापारब्यवसायमा कला, साहित्य, श्रृजनशिलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराइ ब्यवसायिक जिवन सफल बनाउन सिकाउने उदेश्य राखी बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइन कार्यक्रम संचालनमा ल्याइएको बताए ।
“हामीले सुरुमा यसै नाटकलाई मोड्युलको रुपमा बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइनका विद्यार्थीहरूलाई अध्ययन गरायांै र सोपश्चात सोही नाटकको मञ्चन गराइ विद्यार्थीहरूमा कलाप्रति अभिरुची जगाउने प्रयास गरेका छाैं,” प्राद्यानाध्यापक अर्यालले जानकारी दिए ।
त्यसोत हाल रुची एवं शौखको रुपमा मात्र सिमित कलाको क्षेत्रलाई व्यवसायिक दिशा दिन पनि यस पहलले योगदान गर्ने उनले विश्वास ब्यक्त गरे ।
भोली (जेष्ठ २६ गते) अन्तिम प्रदर्शनी हुने यस नाटकलाई हालसम्म करिब ५०० जनाभन्दा बढी दर्शकहरूले हेरिसकेका छन् ।
समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो । पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्न...
प्रत्युश भुसाल प्यारो र सुन्दर नेपाल मेरो देश । छन सौन्द्रय नदीनाला बहने अशेष ।। वीरताको गाथा बोकेको मेरो देश ।।। मठ,मन्दिर,गुम्बा र मस्जिद छन बिशेष ।।।। देशका बलिया खम्बा...
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...
काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता ख...
मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्रांकनमा रहेको पुस्तक 'रमाइलो सपना' प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन् । उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ ।...
अच्युत मान सिंह प्रधान 'उत्सुक' नफालौं जथाभावी फोहर यत्रतत्र फालौं कुनै तोकिएको निश्चित स्थानमा मात्र । फोहरलाई छुट्याऔं घरमै दुई किसिमले राखौं एक ठाउँम...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...