×

NMB BANK
NIC ASIA

गणेशपुरका रानाको घर ५५ वर्षपछि सडक सञ्जालमा, वडाध्यक्षले लगाए गुन

जेठ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको शुक्लाफाँटा नगरपाालिका–१ गणेशपुरका शेरसिंह राना निकै खुशी देखिन्छन् । घर जोड्ने सडक निर्माण भएपछि उनी खुशी भएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घर वरिपरि खेत थियो, त्यसमै पुख्र्यौली घर थियो,’ उनले भने, ‘घर आउजाउ गर्नका लागि सडक त परको कुरा हिँडडुल गर्ने बाटो नै थिएन । खेतको आली भएर हिँडडुल गर्नु पर्दथ्यो ।’ खेतको आली भएर घरपालुवा जनावर र परिवारका सदस्यले हिँड्ने गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘अर्काको खेत भएर जनावरलाई डोहोर्‍याएर लैजाँदै गर्दा कहिले खेतमा नोक्सानी गरिहाल्थे,’ उनले भने, ‘छिमेकीको गाली मात्रै होइन । कहिलेकाहीँ खप्की समेत खानु पर्दथ्यो । अब ती कुरा विगत भइसके । हिँड्ने खेतका आली सडकमा परिणत भएका छन् । सहजरूपमा हिँडडुल गर्न पाइएको छ ।’

Vianet communication
Laxmi Bank

खेतसम्मै ट्रयाक्टर गुडाएर जोत्न सकिने भएको उनले बताए । रानासँग ३ बिघा बढी जग्गा रहेको छ । सडक निर्माण नहुँदा जग्गाको मूल्य थोरै थियो । सडक निर्माणले जग्गाको मूल्य समेत दोब्बरले बढेको उनी बताउँछन् । शेर सिंहसँगै १२ परिवार किसान सडकमा जोडिएका छन् ।

किसान बाबुराम रानाले सडक निर्माणपछि निर्धक्कसँग खेतीपाती गर्न र हिँडडुल गर्न पाइएको बताए । ‘विगतका जनप्रतिनिधिसँग सडक खोलिदिनका लागि हारगुहार गरे पनि ५ वर्षसम्म सुनुवाइ हुन सकेन,’ उनले भने, ‘नवनिर्वाचित वडाध्यक्षले निर्वाचित भएर आएपछि वडाको पहिलो काम सडकबाट वञ्चितका लागि सडक खोलेर गुन लगाएका छन् ।’

विक्रम संवत् २०२४ सालदेखि बस्दै आएका वासिन्दा सडकको अभाव झैल्दै आएका थिए । वडाकै पुरानो बस्ती अब सडक सञ्जालमा जोडिएपछि स्थानीय वासिन्दा निकै खुशी छन् । जनताको पीरमर्का बुझ्ने जनप्रतिनिधि पाउँदा सहज भएको स्थानीय वासिन्दा बताउन पछि पर्दैनन् ।

नवनिर्वाचित वडाध्यक्ष उत्तरदेव भट्ट सडकको अभाव झेल्दै आएका वासिन्दालाई स्थानीय वासिन्दाकै सहकार्य र सहमतिमा सुविधा पुर्‍याउन सडक खोलेको बताउँछन् ।

‘सडक एकातर्फ मात्रै सडक सञ्जालमा जोडिएको छ,’ उनले भने, ‘अर्कोतर्फ सडक सञ्जालमा जोड्नका लागि स्थानीय वासिन्दासँग छलफल शुरू गरेका छौं, छिट्टै निष्कर्षमा पुग्छौं ।’

हाल १ दशमलव ५ किलोमिटर सडक वडाको पहलमा निर्माण गरिएको उनले बताए । भर्खरै खोलिएको सडकको स्तरोन्नति गरी छिट्टै ग्राभेल राख्ने कार्य समेत गरिने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x