साउन ३१, २०७९
बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो । तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन । १८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैया...
चलचित्र ‘झिँगेदाउ’को सम्पूर्ण छायाँकन सकिएको छ । बाँकी रहेको एक गीतको छायाँकनसँग बिहीवारदेखि चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो ।
चलचित्रको गीत बाहेकको छायाँकन भने कोरोना महामारी अगाडि नै सकिएको थियो । ‘झिँगेदाउ’लाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
ललितपुरस्थित श्रीकाली चौरमा चलचित्रको बाँकी रहेको गीतको छायांकन गरिएको हो । बुधवार चलचित्रको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षातका कारण चलचित्रको छायांकन बिहीबार अर्थात् आजमात्रै सकिएको हो । निर्देशक देउजाले चलचित्रको गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताए ।
चलचित्रको कथाको डिमाण्ड अनुसार कुनैपनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा उक्त खर्च लागेको उनले बताए । काम निकै राम्रो भएकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा चलचित्रको गीत रिलिज गर्दै प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । चलचित्र आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।
चलचित्रमा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । ‘ए माया तिमी विना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।
बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो । तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन । १८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैया...
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...
बलिउड अभिनेता जोन अब्राहमले नयाँ चलचित्रको घोषणा गरेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा उनले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका हुन् । चलचित्रको नाम ‘तारिक’ रहने बताइएको &nb...
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...
तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...