साउन ३१, २०७९
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...
काठमाडाैं | जेठ २७, २०७९
स्थानीय तहको निर्वाचन सम्पन्न भएको झन्डै १ महिना हुन लाग्दा पनि बदर मतको हिसाब निकाल्न नसक्दा निर्वाचन आयोगलाई टाउको दुखाइको विषय बनेको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल खसेको मत, प्राप्त मत र बदर मत जोड्दा हिसाब मिलान हुन नसकेकोले समस्या भइरहेको बताउँछन्।
'बदर संख्या र गणना भएको संख्या जोड्दा टोटल मत पुग्न सकेको छैन,' अर्यालले लोकान्तरसँग भने,'कतिपय स्थानीय पालिकाबाट नै बदर मतको हिसाब र प्राप्त मतको हिसाब गरेर मिलान गर्दा पुग्नुपर्ने संख्या नपुग्दा समस्या भएको छ।'
पछिल्लो २ सातादेखि आयोगले बदर मतका लागि आयोगको सूचना प्रविधिका साथीहरू लागिपरेको उनले बताए ।
'धेरै दिन देखि हाम्रा साथीहरू हिसाब मिलान गर्न तथा भेरिफाइ गर्न लाग्नु भएको छ, अन्तिम हिसाब आउन अझै केही दिन लाग्न सक्छ,' अर्यालले लोकान्तरसँग भने।
तालमेल भएको महानगर र उपमहानगरमा मेयरमा १० प्रतिशत जति र उपमेयरमा १० प्रतिशतभन्दा बढी नै मत बदर भएको देखिएको उनले बताए।
काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका, विराटनगर महानगरपालिका, पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका, धनगढी उपमहानगरपालिकामा मेयर भन्दा पनि उपमेयरको मत बढी बदर भएको उनले बताए।
त्यसै गरी विभिन्न पालिकामा वडाध्यक्षको मत भन्दा पनि वडासदस्यको मत बढी बदर भएको उनले बताए।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ । प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहर...
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए । प्रत्य...
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम...
बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेका हुन् । ...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...