साउन ३०, २०७९
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...
राष्ट्रिय भावनामा आधारित चलचित्र बनाउँदै आएका नवल खड्का निर्देशित नयाँ चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत चलचित्रको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गरिएको हो ।
नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा यो चलचित्र निर्माण गरिएको हो । सार्वजनिक टिजरमा राष्ट्रिय भावना बोल्ने संवाद चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाजमा सुन्न सकिन्छ ।
टिजरलाई बन्दे प्रसादले तयार पारेका हुन् । सार्वजनिक टिजरमा चलचित्रका मुख्य अभिनेता नवल खड्कालाई प्राथमिकता दिइएको छ ।
यो चलचित्रमा नवलका साथमा गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतका दर्जन बढी कलाकारहरुको अभिनय छ ।
सामना फिल्मस् प्रालिको प्रस्तुती रहेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । माकिको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् ।
कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्नेछन् । नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता राष्ट्रिय भावनामा आधारित चलचित्र बनाएका थिए । सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै नगरी असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने ‘काँडेतार’ चलचित्रको कथासार रहेको निर्देशक एवं अभिनेता खड्काले बताए ।
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो । तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन । १८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैया...
चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ । निर्माता अवीरल थापाका अनुसार अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले अमेजन प्राइममा चलचित्र हेर्न पाउने भएका छन् । विन...
नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...