×

NMB BANK
NIC ASIA

कसजु परिवारको ७० वर्षे उद्योग यात्रा : प्रिन्टिङ प्रेसदेखि ज्ञानी पोली ट्यांकीसम्म

जेठ २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन । 

Muktinath Bank

व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्यति चर्चा बटौलीलाई आधुनिक बुटवल हुँदै औद्योगिक शहर बनाउने पात्र चर्चा छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घ्यूसँग नून साट्ने शहर बुटवललाई उद्योगको शहर बनाउनमा एउटा इँटा थप्ने उद्योगीको नाम हो निर्मलप्रसाद कसजु । कसजु आधुनिक बुटवल बन्दै गर्दा बुटवलमा उद्योग जन्माउने उद्योगीमा पर्छन् ।


Advertisment
Nabil box
Kumari

कुनै बेला बुटवलमा मौसमी व्यापार गर्ने कसजु परिवार यतिबेला बुटवलमा चर्चित उद्योगीको रूपमा स्थापित छ । गुल्मीको रिडीबाट थोक किराना पसल चलाउने उद्देश्यले बुटवल झरेका निर्मल कसजु बिस्तारै उद्योगतर्फ आकर्षित भए । तत्कालीन बुटवलमा उनी निकै सफल व्यापारीमा गनिन थाले । बुटवलमा नै पहिलो मुद्रण उद्योग सञ्चालन गरेकाले उनी बुटवलका उद्योगका संस्थापक पनि हुन् । 

Vianet communication
Laxmi Bank

नेपालमा राणा विरोधी आन्दोलन चलिरहँदा निर्मलले बटौलीमा प्रिन्टिङ प्रेस चलाए । बुटवल–१ (हालको पारी बुटवल) मा स्थापना गरेको निर्मल प्रिन्टिङ प्रेसले धेरै राजनीतिक आन्दोलनमा सहयोग गर्‍यो । प्रेस विक्रम संवत् २००९ देखि २०३७ सालसम्म सञ्चालनमा आयो । मुद्रण उद्योगबाट हौसिएका निर्मल बिस्तारै अर्को उद्योगका रूपमा घरेलु साडी कपडा उत्पादनमा लागे । उद्योगमा रस बसेका उनी त्यतिमै सीमित भएनन् ।

लगातार उद्योगको विस्तार गर्ने क्रममा उनले बुटवलमा पहिलो हवाई चप्पल यतिको पनि उत्पादन शुरू गरे । कुनै बेला नेपालमा यति चप्पलको ठूलो चर्चामा थियो । चप्पल उद्योगसँगै कसजुले नेपालकै पहिलो प्रेसर कुकर एभरेस्ट कुकर स्थापना गरे । शुरू–शुुरूमा राम्रो बजार लिए पनि बिस्तारै चिनियाँ बजारले चप्पलको बजारलाई खस्काउँदै गयो ।

बजारमा वैदेशिक वस्तुको आगमन भएपछि प्रतिस्पर्धा बढ्न थाल्यो । उद्योगीलाई चुनौती पनि थपिँदै गयो । निर्मल र उनको परिवार जस्तोसुकै चुनौतीबाट पनि पछि हटेनन् । प्रतिस्पर्धाकै बीचमा कसजु परिवारले ज्ञानी पानीको उद्योग पनि सञ्चालन गरे तर देशमा चलेको अस्थिर राजनीतिका कारण उद्योग बन्द हुन गयो ।

निर्मलले शुरू गरेको उद्योग सञ्चालनको रफ्तारलाई उनका सन्ततिले पनि निरन्तरता दिँदै गइरहेका छन् । सरकारको उद्योगमैत्री नीति नहुँदा धेरै कठिनाइ भएको निर्मलका छोरा रञ्जन कसजु गुनासो गर्छन् ।

उद्योग सफल हुन विभिन्न अवरोध आए पनि कसजु परिवारले उद्योगको यात्रा बन्द गरेनन् । द्वन्द्वको चर्को प्रभावबीच कसजु परिवारले विकल्प खोज्ने क्रममा पानी ट्यांकी रोजे । नेपाली बजारमा एकलौटी रूपमा काठमाडौंमा उत्पादित पानी ट्यांकीले बजार लिइरहेको बेला मोफसलमा उनले पानी ट्यांकी उद्योग खोले । 

ज्ञानी पोलीपाइन इन्डस्ट्रिज दर्ता गरेर विक्रम संवत् २०५८ सालमा नेपालको पहिलो चम्किलो पानी ट्यांकी भन्दै नारायणी नदी पश्चिम उद्योगको शुरूआत भयो । चम्किलो पानी ट्यांकीबाट शुरू भएको कसजु परिवारको ट्यांकी यात्रा अहिले ज्ञानी पोली ट्यांकीमा निरन्तर जारी छ । 

उद्योगबाट छिटो नाफा कमाउनेभन्दा रोजगारी सिर्जना गरेर आर्थिक विकासतर्फ ध्यान रहेको उद्योगी रञ्जन कसजु बताउँछन् । सम्भवतः रञ्जनले बुटवलमा उद्योग व्यापारमा प्रयोग नगरेको विषय कमै होलान् । रञ्जनले नै बुटवलमा कुनै बेला ज्ञानी शपिङ सेन्टर पनि सञ्चालनमा ल्याएका थिए । 

बुवा निर्मलले थालेको अभियानलाई निरन्तरता दिँदै स्वदेशी उद्योगमार्फत आर्थिक समृद्धि र युवा रोजगार सिर्जना गराउन उद्योग सफल भएको रञ्जन दाबी गर्छन् । उद्योगसँगै निर्मल सामाजिक संस्थाहरूमा सक्रिय हुन थालेसँगै निर्मलको उद्योग व्यवसायको विरासत उनका छोराहरूले धानिरहेका छन् ।

विशेषतः निर्मल कसजु पाल्पा उद्योग वाणिज्य संघमा अध्यक्षको पदमा रहेर विक्रम संवत् २०३२/२०४३ सालमा व्यावसायिक रूपमा सक्रिय भएपछि उनका अन्य छोराहरूले जस्तै रञ्जनले निर्मलको मूल विरासत धान्दै आएका छन् ।

बजारमा कतिपय उद्योगले फरक–फरक ब्राण्डमा उत्पादन गरेर उपभोक्तालाई गुणस्तर अनुसारको मूल्य फरक राख्ने गरेको भए पनि ज्ञानीका पोली ट्यांकी उच्च र समान गुणस्तरका रहेको रञ्जनको दाबी छ । गणस्तरमा सम्झौता नगरी एउटै ज्ञानी ब्राण्ड बनाएर उत्पादन गरिएको रञ्जन बताउँछन् । रञ्जनले ट्यांकीसँगै एचडीपीई पाइप, गार्डेन पाइप र पोलिमर उत्पादन गर्दै आएकोमा उद्योगको स्तरोन्नति गर्दै सीपीभीसी पीभीसी पाइपको पनि उत्पादन थालेका छन् । नारायणी पश्चिममा ज्ञानी ब्राण्डको लोकप्रियतालाई कायम राख्न सीपीभीसी पीभीसी पाइपको उत्पादन थालिएको उनले बताए ।

जर्मन कोलाब्रेसनमा भारतमा उत्पादन भएको काभ्राको मशिन प्रयोग भएको कसजु परिवारका तेस्रो पुस्ता निर्मित कसजुले बताए । बाजेले थालेको अभियानलाई निरन्तरता दिँदै पछिल्लो समय ज्ञानीको बजार रन्जनका २ छोराहरू निर्मित र प्रतिकले सम्हाल्न थालेका छन् । 

निर्मित कसजुका अनुसार बजार चलेका उद्योगमा चलेका अन्य मशिनको तुलनामा काभ्राको लगानी दोब्बर छ भने गुणस्तरमा पनि उच्च छ । दैनिक ७० हजार लिटर बराबरको ट्यांकी उत्पादन हुँदै आएको छ । ट्यांकीको कच्चा पदार्थ साउदी अरब र भारतबाट समेत आउँछ । 

ज्ञानी उद्योगले ३५० भन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेको छ । सामान्यतया नेपालका उद्योगमा विदेशबाट दक्ष जनशक्ति मगाएर उद्योग चलाउने गरेपनि ज्ञानी प्रतिष्ठानभित्र विदेशी श्रमिक छैनन् । सबै नेपालीले नै रोजगारी पाएका छन् ।

२०१८ सालतिर पूर्वपश्चिम महेन्द्र राजमार्ग बनेसँगै बुटवल नेपालको मध्ये भागमा पर्ने औद्यागिक शहर बनेको हो । भारतबाट लामपाते सुर्ती गाडामा ल्याउने, नून मट्टितेल, कपडा हाटबजारका रूपमा परिचय जमाएको बटौली अहिले नेपालकै मध्यभागको औद्योगिक शहरका रूपमा परिचित छ ।

काम्लो, जडिबुटी, डोको, नाम्लोसँग नून–तेल सट्टापट्टा गर्ने ठाउँ पनि हो पुरानो बटौली । घ्यू खारेर बेच्ने उद्योगबाट शुरू भएको बुटवलको उद्योग यात्रा अहिले राष्ट्र र अन्तर्राष्ट्रसम्म फैलिन सफल भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x