×

NMB BANK
NIC ASIA

चलचित्र

‘चिसो मान्छे’देखि ‘परदेशी २’सम्म : असारदेखि कात्तिकसम्ममा रिलिज हुँदैछन् यी फिल्म

दशैंमा प्रतीक्षित फिल्मबीच प्रतिस्पर्धा !

जेठ २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारी मत्थर भएसँगै चलचित्र क्षेत्र बिस्तारै लयमा फर्किंदैछ । एकपछि अर्को चलचित्र रिलिज भइरहेका छन् । 

Muktinath Bank

२०७९ सालको वैशाखदेखि हालसम्म आधा दर्जन चलचित्र प्रदर्शनमा आइसकेका छन् । त्यसमध्ये वर्षको पहिलो दिन वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’ले दर्शकलाई हलसम्म तान्न सफल रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि वैशाख १६ गते प्रदर्शनमा आएको ‘मन्त्र’, वैशाख २३ गते प्रदर्शनमा आएको ‘लक्का जवान’ र ‘षट्कोण’ र जेठ ६ गतेदेखि प्रदर्शनमा आएको ‘लाइफ इन एलए’ले हलसम्म दर्शक तान्न सकेनन् ।


Advertisment
Nabil box
Kumari

जेठ १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ ले भने विभिन्न कीर्तिमानीहरू कायम राख्दै अहिले पनि दर्शकको साथ पाइरहेको छ । यो चलचित्रले १० दिनमा १७ करोड कमाइ गरेको वितरकहरूको दाबी छ । केही चलचित्रले दर्शकलाई हलसम्म तान्न सफल भएसँगै प्रदर्शनका लागि होडबाजी देखिन थालेको छ ।

Vianet communication
Laxmi Bank

निर्माण सम्पन्न भएका र सम्पन्न हुने तरखरमा रहेका चलचित्रले धमाधम प्रदर्शन मिति घोषणा गरिरहेका छन् । असारदेखि कात्तिकसम्मका लागि डेढ दर्जन बढी चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । 

असारमा ‘चिसो मान्छे’देखि ‘सम्झना बिर्सना’सम्म

असारमा ५ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । असार ३ गते अर्थात् आउँदो शुक्रवार दीपेन्द्र के. खनालको लेखन एवं निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आउँदैछ । पोस्टर र टिजरबाट प्रशंसा बटुलिसकेको यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा लगायतको अभिनय छ । शर्मिला पाण्डे चलचित्रको निर्मात्री हुन् ।

असार १० गते चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आउँदैछ । जितेन्द्र राजोपाध्याय निर्देशित कमेडी जनरामा बनेको ‘घनचक्कर’मा सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ । अर्जुन सिंहको कथा रहेको चलचित्रको प्रस्तुतकर्ता हरी भट्ट सूर्यनाथ हुन् भने करुणा अर्याल र संगम भट्टले चलचित्र निर्माण गरेका हुन् । 

असार २४ गतेबाट चलचित्र ‘दोख’ प्रदर्शनमा आउँदैछ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रमा माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक वनको मुद्दालाई लिएर २ वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको बताइएको छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ । चलचित्रको निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् । 

असार ३१ गते एकसाथ २ नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । ३१ गते राजबहादुर साने निर्देशित ‘सिल्ली फो’ र निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना बिर्सना’ प्रदर्शन हुने भएका छन् । 

कमेडी विधामा आधारित चलचित्र ‘सिल्ली फो’मा केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल लगायतको अभिनय छ । ४ जना बदमास पात्रको कथा समेटिएको चलचित्रको निर्माता मनोज डिके हुन् । 

प्रेम कथामा आधारित चलचित्र ‘सम्झना बिर्सना’मा भने आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा छन् । अद्वितीय प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । 

साउनमा ‘पानीफोटो’, ‘आँधी तुफान २’

साउन महिनामा धेरै चलचित्र प्रदर्शनका लागि तयार छैनन् । हालसम्म साउनका लागि २ वटा चलचित्रको प्रदर्शन मिति तय भएको छ । 

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको चलचित्र ‘पानीफोटो’ साउन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई चलचित्रको स्वरूपमा ढालेका हुन् ।

माओवादी जनयुद्धको समयमा झण्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथालाई प्रस्तुत गरिएको चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ । खगेन्द्र स्वयंकको लेखन रहेको चलचित्रलाई उनकी पत्नी रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । 

‘पानीफोटो’ प्रदर्शनको १ हप्तापछि साउन २० गतेदेखि लेडी–एक्सन चलचित्र ‘आँधी तुफान २’ प्रदर्शनमा आउनेछ । मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा रवी गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यान्शु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा लगायतको अभिनय छ । 

भदौमा छन् आधा दर्जन बढी चलचित्र 

भदौ महिनामा आधा दर्जन बढी नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । भदौ ३ गते पुष्प खड्का र श्रद्धा क्षेत्री स्टारर चलचित्र ‘कृष्णलीला’ले प्रदर्शन मिति तोकेको छ । दीपक ओलीले निर्देशित, रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको समेत अभिनय छ । 

भदौ ३ गते नै ‘प्रेमगञ्ज’ नामक चलचित्र पनि प्रदर्शनमा आउँदैछ । परिच्छेद सेन निर्देशित चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ लगायतको मुख्य भूमिका छ । 

भदौ ३ गते नै अर्को चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आउँदैछ । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । सरोगेसीको कथामा बनेको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको प्रस्तुतकर्ता उद्धव पौडेल हुन् ।

भदौ १० गतेका लागि २ नेपाली चलचित्रले प्रदर्शन मिति तोकेका छन् । यो मितिमा दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ प्रदर्शनमा आउने भएका हुन् । 

प्रदीप खड्का, दीया मास्के स्टारर ‘प्रकाश’मा जुम्लाको एक विपन्न परिवारको युवकले सरकारी शिक्षक बनेर बुवाको धोको र आफ्नै सपना पूरा गर्ने कथा पेश गर्छ । 

महिलाप्रधान चलचित्र ‘राधा’मा सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छिन् । चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतको समेत अभिनय छ ।

भदौ ३१ गते ३ चलचित्रले प्रदर्शन मिति तोकेका छन् । त्यो दिन सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ प्रदर्शनमा आउनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी शीर्ष भूमिकामा छन् ।

यही मितिमा सम्राट बस्नेत निर्देशित चलचित्र ‘लाखे’ पनि प्रदर्शनमा आउनेछ । मल्टी स्टारर कलाकारको अभिनय रहेको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । 

भदौ ३१ गते ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगे दाउ’ समेत प्रदर्शन हुनेछ । साहित्यकार भीमनिधि तिवारीको छोटो कथामा आधारित भनिएको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट लगायतको अभिनय छ । 

असोजमा प्रतीक्षित नेपाली चलचित्रबीच प्रतिस्पर्धा

असोज महिनामा प्रतिक्षित चलचित्रबीच प्रतिस्पर्धा हुने देखिएको छ । असोजमा दशैं परेको हुनाले प्रतिक्षित चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । दशैंको छेको पारेर नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ प्रदर्शनमा आउनेछ । चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी शीर्ष भूमिकामा छन् ।

असोज १० वा १४ गते यो चलचित्र प्रदर्शनमा आउने जनाइएको छ । राजेश वंशल र नारायण रायमाझी मिलेर चलचित्र निर्माण गरेका हुन् । 

असोजमा अर्को प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आउने भएको छ । चलचित्रले असोज ७ गतेका लागि प्रदर्शन मिति तोकिसकेको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय छ । छेतेन गुरुङ र सन्तोष सेनले चलचित्रको निर्देशन गरेका हुन् । 

‘छक्का पन्जा’ टीमको चलचित्र पनि असोज महिनामा प्रदर्शनमा आउनेछ । दीपकराज गिरी र दीपाश्री निरौलाको टीमले निर्माण गर्ने नयाँ चलचित्रका लागि हेमराज बिसी निर्देशकमा अनुबन्ध भइसकेका छन् । असारदेखि छायांकनमा जाने भनिएको चलचित्रको नाम भने तय भइसकेको छैन ।
 
दीवाकर भट्टराईको निर्देशन रहेको चलचित्र ‘हनीबनी’ले असोजका लागि प्रदर्शन मिति तोकिसकेको छ । छायांकनमा जानुअघि यो चलचित्रले असोज १४ गतेका लागि प्रदर्शन मिति तोकिएको थियो । यो चलचित्रमा बलिउड मोडल अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, अभिनेता सलोन बस्नेत, अर्जुन श्रेष्ठ, अभिनेत्री सूर्यमाला खनाल लगायतको अभिनय रहनेछ । यो चलचित्रको अधिकांश छायांकन लण्डनमा भएको हो । अमित बस्नेत, परी राना र अजित केआर थापा चलचित्रको निर्मातामा छन् ।

कात्तिकमा यी चलचित्र

कात्तिकका लागि केही चलचित्रले प्रदर्शन मिति तय गरिसकेका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘२ नम्बरी’ कात्तिकको पहिलो हप्ता प्रदर्शन गरिने जनाइएको छ । दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी अभिनित चलचित्रलाई तिहारको छेको पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा ल्याइने निर्देशक लामाले जानकारी दिए ।

मित्रताको कथा पेश गर्ने चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

तिहारको छेको पारेर कात्तिक ६ गतेबाट चलचित्र ‘परस्त्री’ प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ । सुरज पाण्डेको डेब्यु निर्देशन रहेको ‘परस्त्री’मा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट लगायतको मुख्य भूमिका छ । शर्मिला पाण्डे निर्माता रहेको चलचित्रको कथा दीपेन्द्र के. खनालले लेखेका हुन् । 

कात्तिकका लागि चलचित्र ‘पासो’ले प्रदर्शन मिति तोकिसकेको छ । रिस्ता बस्नेत, सुनिशा बजगाईंको मुख्य भूमिका रहेको चलचित्रले कात्तिक २५ गतेका लागि प्रदर्शन मिति तोकेको छ । युवती बलात्कार, हत्या र बदलाको कथा भनेको चलचित्रलाई आरबी पुनले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको निर्माता भगवान भुजेल हुन् । सरोज पौडेलको लेखन एवं निर्देशन रहेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ पनि कात्तिक २५ गते प्रदर्शनमा आउने भएको छ । जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, अस्मिता पन्त, शारदा गिरी, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ । जितेन्द्र गिरी निर्माता रहेको चलचित्रले नेपालको ग्रामीण जीवनशैलीका साथै कास्कीको हेम्जाकोटलाई प्रवद्र्धन गर्न खोजेको जनाइएको छ ।

यीबाहेक निर्माण सकिएका थुप्रै चलचित्रले प्रदर्शन मिति तोक्ने तयारी गरेका छन् । ‘सम्हालिन्छ कहिले मन’, ‘बुलाकी’, ‘मनसँग मन’, ‘के घर के डेरा’, ‘पर्पला’ लगायतका थुप्रै चलचित्रले चाँडै प्रदर्शन मिति तोक्ने जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x