×

NMB BANK
NIC ASIA

अनुमति एकातिर उत्खनन अर्कैतिर, स्थानीय पुगेपछि भागाभाग

जेठ ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ । “हामीले ग्वारखोला र कालाखोलाका सङ्गमस्थलबाट उत्खनन गर्ने भनि अनुमति दिएका थियौँ”, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले भने, “तर उत्खनन, सिँचाइ कुला नजिकबाट भएछ ।” 

Muktinath Bank

तुलसीपुर–१६ सहितको करिब १८०० बिघा क्षेत्रफलमा सिँचाइ हुने मलबारे सिँचाइ नहर आयोजना र तारे कुलोको मुहानबाट उत्खनन गरेको पाइएको थियो । मलबारे सिँचाइ कुलोले १७ मौजामा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको भए पनि सोही स्थानबाट उत्खनन भएपछि त्यहाँको सिँचाइ कुलोमा पनि जोखिम हुँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच सय घनमिटर क्षेत्रफलमा उत्खनन गर्न दिएको भए पनि बागेश्वरी निर्माण सेवाले सिँचाइलाई नै प्रभावित पार्न थालेपछि आइतबार स्थानीय त्यहाँ पुगेर विरोधसमेत जनाएका थिए । पाँच टिपर र एउटा एक्साभेटर प्रयोग गर्ने भनी अनुमति पाए पनि त्यहाँ १७ भन्दा बढी सवारी साधनले दोहन गरिरहेका पाएपछि स्थानीयले समेत विरोध जनाएपछि उत्खननमा संलग्न भागेको तुलसीपुर–१६ का वडाध्यक्ष सिवानन्द डाँगीले बताए। “पाँच टिपर र एउटा एक्साभेटरलाई अनुगमनका लागि अनुमति दिइएको थियो”, उनले भने, “उनीहरुले १७ वटा टिपर लिएर सिँचाइ कुलोको मुहानबाट उत्खनन गरेपछि हामी सबै त्यहाँ गएर विरोध गरेपछि सबैको भागाभाग भएको थियो ।” 


Advertisment
Nabil box
Kumari

बिहान सूर्योदयदेखि, साँझ सूर्यास्तसम्मका लागि उत्खनन गर्न पाइने भए पनि उनीहरुले राति २÷३ बजेसम्म उत्खनन गर्ने गरेको स्थानीय पशुपति विश्वकर्माले बताए । 

Vianet communication
Laxmi Bank

पटक–पटक यसरी उत्खनन हुँदा कुलोमा पानीसमेत नचढ्ने उनको भनाइ थियो ।  आवश्यकभन्दा बढी उत्खनन हुँदा घरखेतमा बाढी पस्ने गरेको स्थानीय लालमति साहुले बताइन् । मलबारे सिँचाइ आयोजना दाङको तेस्रो ठूलो आयोजना भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने वडाध्यक्ष डाँगीले बताए। उनले उत्खननका क्रममा गुण्डागर्दी गर्ने, धम्काउनेसमेत कार्य हुने गरेकोसमेत बताए । यसरी अनुमति नदिएको ठाउँमा उत्खनन गरेको भन्दै उक्त कम्पनीलाई अर्को पटक उत्खननका लागि अनुमति दिन लायक नभएको ठहर गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउए । 

    एकातिर अनुमति पाए पनि अर्कोतिर पनि त्यही कागज देखाएर जनतालाई ठगी गर्ने कार्य गरेको भन्दै कानुनबमोजित सजाय गर्नेसमेत बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x