साउन २७, २०७९
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा ...
काठमाडाैं | जेठ ३०, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएलगत्तै नागरिकतासम्बन्धी विधेयक संसदमा ल्याउने बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका शीर्ष नेताहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्न जाँदा प्रधानमन्त्री देउवाले उक्त आश्वासन दिएका हुन् ।
भेटवार्तामा सहभागी लोसपाका वरिष्ठ नेता महतोका अनुसार बजेट पारित भएलगत्तै नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता गराउने भनेर प्रधानमन्त्री देउवाले आश्वासन दिएका थिए ।
'नागरिकता विधेयक संसदमा ल्याउने कुनै सुरसार छैन, विधेयक नल्याए संसद अवरुद्ध गरेर बजेट पारित हुन दिन्नौं भनेर हामीले उहाँलाई चेतावनी दिएका थियौं,' महतोले लोकान्तरसँग भने, 'त्यसपछि उहाँले बजेट पारित भएलगत्तै नागरिकता विधेयक पारित गर्ने आश्वासन दिनुभयो ।'
मधेश आन्दोलनका समयमा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको सन्दर्भमा पनि सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाको तर्फबाट सांसद लक्ष्मणलाल कर्णसहितको कार्यदलले होमवर्क गरिरहेको देउवाले बताएका थिए । 'मुद्दा फिर्तासम्बन्धी गृहकार्य भइरहेको छ, छिट्टै मुद्दा फिर्ता पनि हुन्छ भनेर उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो,' महतोले भने ।
त्यसै गरी पाँच दलीय सत्ता गठबन्धनमा सहभागी हुन प्रधानमन्त्री देउवाले आजको भेटमा पनि प्रस्ताव गरेको उनको भनाइ छ । 'लोसपा गठबन्धन गर्नका लागि खुल्ला रहेको तर सरकार पक्षीय पाँच दलीय गठबन्धन बनेकै हुनाले के आधारमा गठबन्धन बन्ने हो त्यसको रुपरेखा तथा अवधारणा सरकारबाट आउनुपर्ने हामीले भन्यौं,' महतोले थपे, 'पहिला सत्ता पक्षबाट कन्सेप्ट आओस् त्यसपछि हामी विचार गर्छौं भनेर जवाफ दियौं ।'
गठबन्धनका लागि प्रधानमन्त्रीबाट ठोस् जवाफ नआएको उनले खुलाए । लोसपा कांग्रेस वा एमालेमध्ये जुनसुकै दलसँग पनि गठबन्धन गर्न खुला रहेको उनको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा ...
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७ साउन २७ गते जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्व...
मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन बिहीवार रातिदेखि अन्त्य भएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धार...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घण्टी चिह्नको विकल्प मात्रै रहेको बताएका छन् । शुक्रवार हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बागमत...
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...
धनुषामा यसपटक मधेशका 'हेभी वेट' उम्मेदवारका रूपमा चिनिने 'भेट्रान' नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसमा भेट्रान नेता विमलेन्द्र निधिदेखि आनन्द ढुंगाना, मह...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...