×

X
Nic Asia
Dabur
Marvel

‘हिजोआजका कुरा’ असोजमा प्रदर्शन हुने

काठमाडाैं | जेठ ३०, २०७९

TVS INSIDE

निर्माण सम्पन्न भएर कोरोनाका कारण रोकिएको ‘हिजोआजका कुरा’ असोजमा प्रदर्शनमा आउने भएको छ ।

IME BANK INNEWS

निर्माण टीमले चलचित्रलाई असोजमा प्रदर्शन गर्ने निर्णय गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

चलचित्रले कोरोना महामारीअघि निर्माण सकिएर २०७७ वैशाख १२ गतेका लागि प्रदर्शन मिति तोकेको थियो तर कोरोना महामारीका कारण निर्धारित समयमा चलचित्र प्रदर्शन हुन पाएन ।

अब चलचित्र असोज २८ गतेदेखि प्रदर्शन हुने भएको निर्माता तथा कलाकार सन्तोष पन्तले लोकान्तरलाई जानकारी दिए । 

‘वितरकले हामीलाई साउनमा प्रदर्शन गर्न डेट दिएका थिए तर हामीले साउनमा नचलाउने भन्यौं,’ पन्तले भने, ‘हामीले छान्दा असोज २८ गतेका लागि छान्यौं । दशैंपछि तिहारअघिको समयमा चलचित्र प्रदर्शनमा आउने भएको हो ।’

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजोआजका कुरा’ सन्तोषका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । 

Vianet communication
Maruti inside

नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजोआजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । सिरियल टेलिभिजन इतिहासको सर्वाधिक लोकप्रिय सिरियल मानिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण गरिएको चलचित्रमा सिरियलकै मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा छन् । चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्द लामा, रमेश अधिकारी, जेबिका कार्की लगायतको समेत मुख्य भूमिका छ । चलचित्रमा समावेश ‘माया जदौ’ बोलको गीत सुपरहिट समेत भइसकेको छ । 

असोजका लागि यसअघि ‘परदेशी २’, ‘प्रेम गीत ३’ले प्रदर्शन मिति घोषणा गरिसकेको छ । ‘हनीबनी’ले असोजका लागि प्रदर्शन मिति घोषणा गरेको छ भने दीपकराज गिरी–दीपाश्री निरौलाको नयाँ चलचित्र पनि असोजमा प्रदर्शन हुने जनाइएको छ ।

TATA Below
NLIC
साउन २५, २०७९

नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...

साउन ३०, २०७९

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ । विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो । ...

साउन ३१, २०७९

बलिउड चलचित्र लाल सिंह चड्डा यस वर्ष बहुप्रतीक्षित थियो ।  तर यस चलचित्रले हलमा भने अपेक्षित व्यापार गर्न सकेन ।  १८० करोड भारतीय रुपैयाँमा बनेको यस चलचित्रले पहिलो विकइण्डमा ३८.२१ करोड रुपैया...

साउन २९, २०७९

नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...

साउन २८, २०७९

तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्‍यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...

साउन ३१, २०७९

चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ । निर्माता अवीरल थापाका अनुसार अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले अमेजन प्राइममा चलचित्र हेर्न पाउने भएका छन् । विन...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x