साउन २६, २०७९
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै...
काठमाडाैं | जेठ ३१, २०७९
रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित एक सामुदायिक विद्यालयमा एकै परिवारका सदस्यहरू विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षकदेखि कार्यालय सहयोगीसमेत रहेको पाइएको छ ।
आधारभूत विद्यालय टिकुलियामा व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, प्रधानाध्यापकदेखि शिक्षक र कर्मचारी सबै एकै परिवारका सदस्य मात्र रहेको पाइएको हो ।
रोचक कुरा त के भने विद्यालयका कार्यालय सहयोगी यति शक्तिशाली छन् कि उनले विद्यालय गाभ्ने नगरपालिकाको निर्णय नै रद्दीको टोकरीमा फालेर हालिमुहाली गरिरहेका छन् ।
विद्यालयमा विद्यार्थी नै आउँदैनन्, अनुगमन आए गाउँभरीका बच्चा बटुलेर देखाइन्छ । ९२ जना विद्यार्थीका लागि दिवा खाजाको रकम आउँछ, तर खाजा बनाउने भाँडाकुँडा केही विद्यालयमा भेटिन्न । भाँडा नै नभएपछि खाजा बन्ने कुरा पनि भएन ।
उक्त विद्यालयमा हालिमुहाली गर्दै आएको परिवारका घरमुली रामईश्वर यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।
उनले आफ्नो छोरा अशोककुमार यादवलाई विद्यालय व्यवस्थापन समितिको सदस्य बनाएका छन् । अशोक विद्यालयका कार्यलय सहयोगी समेत हुन् ।
त्यति मात्र होइन, अशोककी श्रीमती अर्थात व्यवस्थापन समितिका अध्यक्ष रामईश्वरकी बुहारी सावित्री यादव प्रधानाध्यापक छिन् ।
राहत कोटाकी सावित्रीलाई प्रधानाध्यापक बनाइएको छ भने उनकै जेठानी अर्थात् रामईश्वरका जेठाछोरा शम्भु राय यादवकी श्रीमती जयमाला शिक्षिका छिन् ।
त्यसैगरी रामईश्वरकी नातिनी अर्थात शम्भु रायकै छोरी निक्की यादवलाई बाल विकास शिक्षिकामा नियुक्त गरिएको छ ।
भएका तीनजना शिक्षिका देवरानी, जेठानी र छोरी हुन् ।
गौर नगरपालिकाको शिक्षा शाखाबाट अवकाश पाएका गणेशबहादुर गिरीले डेढ वर्षअघि उक्त विद्यालयलाई त्यहीँको माध्यमिक विद्यालय टिकुलियामा गाभ्ने निर्णय भएपनि कार्यालय सहयोगी अशोकले राजनीतिक शक्तिको आडमा कार्यान्वयन गर्न नदिएको बताए ।
त्यसपछि उक्त विद्यालयमा बाहिरबाट प्राथमिक तहका स्थायी शिक्षक भोला यादवलाई प्रधानाध्यापक बनाएर पठाउने निर्णय पनि भएको थियो । तर अशोकले ती शिक्षकलाई पनि विद्यालयमा हाजिर नै हुन नदिएको गिरीले बताए।
'त्यहाँ अशोक यादव नै सर्वेसर्वा हुन्, श्रीमती प्रधानाध्यापक भए पनि सबै काम अशोक आफैंले गर्छन्,' गिरीले लोकान्तरसँग भने, 'भरपाइ गर्नेदेखि निकासा लिने र कागजातमा विद्यालयको छाप लगाउनेदेखि अन्य काम सबै अशोकले गर्छन्, बाँकी सबै मूर्ति मात्र हुन्।'
अशोक नेपाली कांग्रेसमा आबद्ध छन् ।
उक्त विद्यालयमा राहत कोटाको दुईवटा दरबन्दी मात्र रहेको उनले बताए । अर्को एउटा बालविकास शिक्षिकालाई तलब खुवाउने गरिएको छ ।
गौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सञ्जय गिरी पनि विद्यालय नाम मात्रको रहेको बताउँछन्।
आफू निर्वाचित भएर आएपछि अनुगमनमा जाँदा एकदिन उनको परिवारका ४ जना र बाहिरका ४ जना गरी कुल ८ जना विद्यार्थी मात्र भेटेको वडाध्यक्ष गिरीले बताए ।
'कक्षा ६ सम्म पढाई हुने गरेको उक्त विद्यालयमा जम्मा ८ जना विद्यार्थी मात्र थिए,' गिरीले थपे, 'दिवा खाजाका लागि विद्यालयमा कुनै भाँडाबर्तन भेटिएन । दिवाखाजाको नाममा आएको रकम समेत अनियमितता हुने गरेको पाइएको छ ।'
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जेठ २७ गते विद्यालयको निरीक्षण गरेर छानबिन शुरू गरेको छ ।
गौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरका अनुसार नगरपालिकाबाट उक्त विद्यालयका लागि २ जना राहत शिक्षक, १ जना बालविकास शिक्षक र १ जना कार्यालय सहयोगीका लागि झन्डै १ लाख रुपैयाँको हाराहारीमा मासिक निकासा हुने गरेको छ ।
त्यसैगरी विद्यार्थीहरूको पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजा आदिका लागि पनि नगरपालिकाबाट निकासा हुने गरेको उनले बताए ।
ठाकुरका अनुसार चालू आर्थिक वर्षमा नगरपालिकाबाट उक्त विद्यालयको नाममा कुल १२ लाख ४३ हजार ३०० रुपैयाँ निकासा गरिसकिएको छ, जसमध्ये तलबमा १० लाख ४२ हजार २६० रुपैयाँ नगरपालिकाबाट निकासा भएको छ ।
शिशु कक्षादेखि ५ कक्षासम्म कुल ९२ जना विद्यार्थीहरूको नाममा दिवा खाजाका लागि १ लाख ४९ हजार ६४० रुपैयाँ, विद्यालय सञ्चालन अनुदानका लागि ५२ हजार रुपैयाँ निकासा भएको उनले बताए । पाठ्यपुस्तक छात्रवृत्तिका लागि हालसम्म रकम निकासा नभएको उनले बताए । उक्त सबै रकममा एउटै परिवारका सदस्यले हालिमुहाली गरिरहेका छन् ।
२०६३/०६४ सालदेखि उक्त विद्यालय सञ्चालन भएपनि आर्थिक वर्ष २०६८/०६९ देखि नगरपालिका मातहत विधिवतरूपमा सञ्चालन हुँदै आएको ठाकुरले बताए।
करीब १० दिनअघि नगरपालिकाका नगर प्रमुख शम्भुकुमार साह स्थलगत निरीक्षणमा जाँदा विद्यार्थी नै थिएनन् ।
'मेयर सा'ब गइसकेपछि हत्तपत्त फूलबारीमा खेलिरहेका १६ जना बालबालिकालाई जम्मा पारेर नक्कली विद्यार्थी देखाइयो,' ठाकुरले लोकान्तरसँग भने, 'जेठ २७ गते नगरपालिकाबाट स्थलगत निरीक्षणका लागि टोली पठाउँदा ८ जना विद्यार्थी मात्र थिए ।'
नगरपालिकाले आवश्यक कारवाहीका लागि प्रक्रिया थालिसकेको उनले खुलाए। विद्यालयलाई अर्को सामुदायिक विद्यालयमा गाभ्ने निर्णयतर्फ प्रक्रिया अघि बढाइएको उनले बताए।
टिकुलियाका स्थानीय रामअधार कुशवाहा भने विद्यालयको नाममा जग्गा दिएको भन्दै अशोकले विद्यालय कब्जा गर्दै मनपरी गरेको बताउँछन् । '६-७ वर्ष जति त झोलामा नै विद्यालय थियो, अस्तित्वमा नै नरहेको विद्यालयको नाममा तलबदेखि छात्रवृत्ति सम्मको रकम अशोकले गोजीमा हाल्ने गरेको थियो,' स्थानीय कुशवाहाले लोकान्तरसँग भने, 'पछि विद्यालय भवन निर्माणको रकम शिक्षा कार्यालयबाट पाएर भवन निर्माण त गर्यो तर त्यसमा पनि धेरै अनियमितता गरेको छ ।'
विद्यालयलाई जग्गा दिएको जग्गादाताको नाममा विद्यालय व्यवस्थापन समितिमा रामईश्वरले नै १६-१७ वर्षदेखि कब्जा जमाएको उनले बताए ।
कित्ता नम्बर २४३३ को १० धुर जग्गा विद्यालयको नाममा नामसारी गरेको भन्दै उनीहरूले हालिमुहाली गर्दै आएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको ...
नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्...
छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। परराष्ट्र...
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...