×

NMB BANK
NIC ASIA

एमालेले भन्यो- विमलाले प्रदेशकै शिर निहुर्‍याउने काम गरिन्, तत्काल बर्खास्त गरियोस्

जेठ ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । 

Muktinath Bank

एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता बैजनाथ चौधरीले राज्यमन्त्री वलीले अनुशासनहीन चरित्र देखाएको भन्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विमलाले प्रदेश सभा, सरकार र प्रदेशकै बेइज्जत हुने काम गर्नुभयो,’ नेता चौधरीले लोकान्तरसँग भने, ‘मुख्यमन्त्री कूलप्रसाद केसीले तत्काल उहाँ (वली) लाई मन्त्री पदबाट बर्खास्त गर्न आग्रह गर्दछु् ।’ 


Advertisment
Nabil box
Kumari

बैजनाथ चाैधरी ।

Vianet communication
Laxmi Bank

पूर्वमन्त्री समेत रहेका नेता चौधरीले थपे, ‘उहाँको कदमले हामी सबैको शिर निहुर्‍याउने काम भयो । यस्ता पात्रलाई मन्त्री बनाइराख्न हुँदैन । सरकारले तत्काल यो विषयमा निर्णय गर्नुपर्छ ।’ 

सरकारका प्रवक्ता तिलकराम शर्माले विमलाको विषयमा अध्ययन गरेर निचोडमा पुग्ने बताएका छन् । 

वली दाङको तुलसीपुरबाट मंगलवार पक्राउ परेकी छन् । एकराज बस्नेतको घरमा बिहानै प्रवेश गरी बस्नेतकी पत्नी मीना भण्डारी र उनकी छोरीलाई हातपात गरी तोडफोडमा उत्रिएकी थिइन् । उनको उदण्ड कार्य देखेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । वली अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छिन् ।

यो पनि पढ्नुहोस्

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x