×

NMB BANK
NIC ASIA

काँधमा हलो र जुवा बोकेकी दीया भन्छिन्- 'प्रकाश'को पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महसुस गर्दैछु

असार १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेत्री दीया मास्केले चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको बताएकी छन् । आफू अभिनित नयाँ चलचित्र ‘प्रकाश’को पोष्टर शेयर गर्दै महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर ‘चलचित्र न्यारेटिभ’को अभिन्न अंग बन्न थालेको उल्लेख गरेकी हुन् । 

Muktinath Bank

जसको उदाहरण चलचित्र ‘प्रकाश’को प्रतिनिधि पात्र ‘सीता’ रहेको उनले बताएकी छन् ।  यो चलचित्रमा दीया ‘सीता’नामको पात्रको भूमिकामा प्रस्तुत छिन् । पोष्टरमा उनी काँधमा हलो र जुवा बोकेकी छिन्, उनको अगाडि गोरु देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रायः नेपाली चलचित्रहरूमा हिरोइनको चरित्र हिरोका वरिपरि घुम्ने खालको हुने गरेकोमा त्यो अवस्थाबाट नेपाली चलचित्र क्षेत्र विस्तारै सिंढी चढ्न थालेको दीयाको आशय छ ।


Advertisment
Nabil box
Kumari

‘दीयाबाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महसुस भएन,’ उनी लेख्छिन्, ‘गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु हो भन्ने मलाई लाग्छ । आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महसुस गर्दैछु, यो सीताप्रतिको मेरो लगाव र गर्व दुवै हो ।’

Vianet communication
Laxmi Bank

उनी अगाडि लेख्छिन्, ‘कथा छनोट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी झनै पात्र छनोट र चरित्र निर्माणमा पटक्कै ध्यान दिँदैनौँ । कहिलेकाहीँ त हाम्रा चलचित्रहरूमा महिला पात्र केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रजस्तो मात्र प्रतीत हुन्छ । हामी उनीहरूको चारित्रिक विशेषता खोज्नतिर शून्य बराबर नै समय खर्चिने गर्छौं ।’

‘प्रकाश’को टिजर हेरेर आफूलाई धेरै मीठो प्रतिक्रियाहरू आएको उनले बताएकी छन् ।  ‘सिनेमामा आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला ।  मात्र यति  भन्छु– समय बदलिएको छ,’ दीयाले भनेकी छन् । 

दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’मा प्रदीप खड्का र दीया मास्के शीर्ष भूमिकामा छन् । सरकारी शिक्षक बन्न संघर्ष गर्ने जुम्लाको एक विपन्न युवकको कथामा निर्माण भएको चलचित्र भदौ १० गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x