×

NMB BANK
NIC ASIA

ट्रेलरभन्दा चलचित्र राम्रो हुनैपर्छ, ‘चिसो मान्छे’ले हाम्रो माटोको सुगन्ध बोल्छ : दीपेन्द्र के खनाल

असार २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोस्टर, टिजर हुँदै ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्र ‘चिसो मान्छे’ शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।

Muktinath Bank

‘पशुपति प्रसाद’, ‘आमा’जस्ता मनछुने चलचित्रका कथाकार एवं निर्देशक दीपेन्द्र के खनालले ‘चिसो मान्छे’को लेखन तथा निर्देशन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशमा मृत्यु भएर नेपाल आएको शव गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्राको कथा चलचित्रले पेश गर्ने ट्रेलरबाट आकलन सकिन्छ । सुदूरपश्चिमको कथा, लवज र रहनसहन चलचित्रको सशक्त पक्ष मानिएको छ ।


Advertisment
Nabil box
Kumari

निर्देशक खनाल पोस्टर, टिजर र ट्रेलरले जस्तै चलचित्रले पनि दर्शकको मन जित्ने र सोही अनुसारको चलचित्र बनेको दाबी गर्छन् ।

Vianet communication
Laxmi Bank

‘ट्रेलरमा जति देखाएको छु, चलचित्रमा त्योभन्दा धेरै कुराहरू छ र धेरै फरक कुराहरू छ,’ खनालले भने, ‘टे«लरभन्दा चलचित्र राम्रो हुनैपर्छ र राम्रो बनेको छ ।’ 

ट्रेलरमा आएकोभन्दा धेरै कुराहरू चलचित्रभित्र दर्शकले हेर्न पाउने उनले बताए । उनका अनुसार चलचित्रले आफ्नो माटोको सुगन्ध बोल्छ । 

‘बिल्कुलै नयाँ स्वाद, आफ्नो माटोको सुगन्ध बोल्ने चलचित्र बनाएका छौं,’ उनले भने, ‘दर्शकहरू आफ्नो टाइपको चलचित्र बने त हामी हेथ्र्यौं भन्नुहुन्छ नि ! त्यसको लागि चाहिँ ‘चिसो मान्छे’ हेर्नुपर्छ ।’

सामान्य बुझाइमा मृत शरीरलाई ‘चिसो मान्छे’ भनेर बुझ्न सकिन्छ । निर्देशक खनाल चलचित्रमा ‘चिसो मान्छे’का बहुआयामहरू प्रस्तुत गरेको बताउँछन् ।

‘चिसो मान्छे, चिसो सम्बन्ध, चिसो समाज इत्यादि । चिसो मान्छे जीवित पनि हुनसक्छ, मृतक पनि हुनसक्छ,’ उनी भन्छन् । 

उनले हरेक चलचित्रमा फरक काम गर्ने प्रयास गर्दै आएका छन् । त्यसमाथि उत्तिकै इमान्दार भएर चलचित्र बनाउने प्रयास गर्दै आएको बताउने उनले ‘चिसो मान्छे’लाई लिएर आफूमा पूरा आत्मविश्वास रहेको बताउँछन् । 

‘चलचित्र हेरेका दर्शकले आफ्नो चलचित्र पाउनुहुन्छ । हाम्रो चलचित्र पाउनुहुन्छ,’ उनी भन्छन्, ‘हलमा बसेर निस्कँदा राम्रो चलचित्र हेरें, मिठो चलचित्र हेरें भन्ने पार्ने चलचित्र ल्याएको छु । दर्शकको माया रहन्छ भन्नेमा आत्मविश्वास छु ।’ 

उनी निर्देशनको हिसाबले ‘चिसो मान्छे’सम्म आइपुग्दा आफूमा अझ ‘ग्रोथ’ भएको अनुभव गरेको बताउँछन् । दीपेन्द्रकै कथा एवं छायांकन रहेको चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।

चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् । जसको लवज, अभिनयले दर्शकको मन जितिसकेको छ । उनीहरूका अलावा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x