साउन ३०, २०७९
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ । विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो । ...
चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । चलचित्र शुक्रबारदेखि नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आएको हो ।
दीपेन्द्र के. खनाल लिखित एवं निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् ।
शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी लगायतका कलाकारको समेत अभिनय छ ।
पोस्टर, टिजर र ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्रले विदेशमा मृत्यु भएर बाकसमा नेपाल आएको शवलाई गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्म तय गरिएको यात्राको कथा चलचित्रले पेश गर्छ ।
सुदूरपश्चिमको कथा, लवज र रहनसहनलाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट आँकलन गर्न सकिन्छ ।
यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता चलचित्रबाट दर्शकको मन जितेका निर्देशक खनालको नयाँ चलचित्र ‘चिसो मान्छे’लाई पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
उसो त दीपेन्द्रका प्रायः चलचित्रले राम्रो समीक्षा पाउँदै आएका छन् । उनका चलचित्र ओपनिङ व्यापार भने औसत हुँदै आएको छ ।
उनका चलचित्र ‘वर्ड अफ माउथ’ले नै चल्दै आएका छन् ।
यस चलचित्रले पनि ओपनिङ बम्पर नगरेपनि ‘वर्ड अफ माउथ’का कारण विस्तारै राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।
डीएस डिजिटल प्रालिको ब्यानरमा निर्माण भएको ‘चिसो मान्छे’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउँदैछ । विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको हो । ...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा ...
चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा उपलब्ध भएको छ । निर्माता अवीरल थापाका अनुसार अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले अमेजन प्राइममा चलचित्र हेर्न पाउने भएका छन् । विन...
तीजलक्षित गीत ‘झमझम झम्काना’ यसैसाता करोड क्लबमा प्रवेश गर्यो । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतको शुरूआती यूट्युब भ्युज भने ‘स्लो’ थियो । गीतका टुक्कामा टिकटक...
नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमबीच धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘कृ&rs...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...