×

NMB BANK
NIC ASIA

राष्ट्रसेवकमा बेथिति

नायब सुब्बा भएर झण्डै ४ वर्ष जागिर गर्दा काठमाडौंमा १० रोपनी जग्गा, ६ करोड भ्रष्टाचार !

असार ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नायब सुब्बा पदमा झण्डै ४ वर्ष जागिर गरेकै अवधिमा एक व्यक्तिले ६ करोडभन्दा बढी रुपैयाँ गैरकानूनी आर्जन गर्नुका साथै काठमाडौं र ललितपुरमा १० रोपनी जग्गा खरिद गरेको पाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आफैं सञ्चालक रहेको विद म्यानेजमेन्ट प्रालि नामक कम्पनीदेखि चितवनको माडीस्थित खनिज कम्पनीमा समेत करोडौं रुपैयाँ लगानी गरेको भेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले जागिरको झण्डै ४ वर्षको अवधिमा नै स्रोत खुल्न नसकेको ६ करोड २४ लाख ६ रूपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।


Advertisment
Nabil box
Kumari

२०७३ असोज २१ गते राजपत्रअनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउन १ गतेमा स्वेच्छिक अवकाश लिएका थिए ।

Vianet communication
Laxmi Bank

स्रोतका अनुसार उनले काठमाडौं महानगरमा २ छुट्टाछुट्टै कित्ताको ६ रोपनी जग्गा र ललितपुर महानगरमा ३ रोपनी ६ आना जग्गा खरिद गरेको देखिएको छ । उनले विभिन्न कम्पनीमा लगानी गरेको देखिन्छ ।

काठमाडौंको तल्लो डुडेचौर ८ मा कित्ता नम्बर ७४ को क्षेत्रफल ३ रोपनी र कित्ता नम्बर १२३ को ३ रोपनी ५ आना जग्गा खरिदमा उनले ३ करोड ३३ लाख ३० हजार रुपैयाँ र रजिस्ट्रेसन दस्तुरबापत १६ लाख रुपैयाँ लगानी गरेका छन् ।

ललितपुरको तिकुतोल ८ कित्ता नम्बर ५८ को क्षेत्रफल ३ रोपनी ६ आना जग्गा २ लाख रुपैयाँमा खरिद गरेको देखिएको छ ।

आफू सञ्चालक रहेको विद म्यानेजमेन्ट प्रालिको नाममा विभिन्न समयमा उनले लाखौं रुपैयाँ लगानी गरेको देखिएको छ । माडीमा खनिज प्रालिमा शुरूको लगानी ६५ लाख रुपैयाँ, माडी खनिज प्रालिमै थप ३५ लाख रुपैयाँ लगानी गरेको पाइएको छ ।

उनले सञ्चालन गरेको बीएम डेभलपर्स प्रालिमा ५२ लाख रुपैयाँ, विद म्यानेजमेन्ट प्रालिमा थप ७५ लाख रुपैयाँ लगानी गरेका छन् । सेवा रेमिट प्रालिमा २ लाख ७६ हजार रुपैयाँ लगानी गरेका छन् । उनकी पत्नी विमला पन्थीको नाममा विभिन्न बैंकमा ९५ हजार ६९२ रुपैयाँ मौज्दात रहेको देखिएको छ । जम्मा ५ करोड ८१ लाख १७ हजार १९२ रुपैयाँ ४ वर्षको अवधिमा लगानी तथा खर्च देखिएको छ ।

त्यसपछि विद म्यानेजमेन्ट प्रालिमा थप ४० लाख रुपैयाँ लगानी गरेको देखिएको छ । विद म्यानेजमेन्ट प्रालिमा शुरूमा लगानी १० लाख, पछि थप लगानी १५ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा २ लाख ४५ हजार ८५० गरी जम्मा ६९ लाख ३८ हजार ४०० रुपैयाँ आर्थिक वर्ष २०७७/०७८ मा मात्र लगानी गरेको देखिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

आयोगका अनुसार सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय–व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आयआर्जन गरेको देखिन्छ । 

खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दात समेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ । 

उनको कूल आयआर्जन र उनले गरेको कूल खर्च तथा लगानी (व्यय) घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको अभियोग पत्रमा उल्लेख छ । 

कोरोनाकालमा विद ल्याबमा कोरोनाको परीक्षण गरेका उनी पछि विद म्यानेजमेन्ट प्रालिको नाममा विभिन्न सरकारी कार्यालयमा आपूर्तिकर्ताको रूपमा ठेक्कापट्टामा संलग्न हुँदै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x