×

NMB BANK
NIC ASIA

सुजाताको स्वरमा ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन [भिडियोसहित]

असार ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मेरो बोली सुन्दा, तिम्रो मन दुख्छ भने
म सामु पर्दा तिम्रो शिर झुक्छ भने
तिम्रो शहर छोडी टाढा गइदिन सक्छु म, तिम्रो नजरदेखि टाढा भइदिन सक्छु म 

Muktinath Bank

एक दशकभन्दा अगाडि गायक रूपक डोटेलको स्वरमा सार्वजनिक ‘मेरो बोली सुन्दा’ गीतलाई युवा पुस्ताका स्रोता दर्शकले निकै रुचाएका थिए । अहिले पनि यो गीत गुनगुनाउनेहरू भेटिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वियोगान्त खालको प्रेमगीतलाई मुनाल शिशिरले लेखेका थिए भने नरहरी प्रेमीले संगीत भरेका थिए । सोही ‘हिट’ गीत यतिबेला महिला आवाजमा सार्वजनिक भएको छ । शुक्रवार गायिका सुजाता केसीको स्वरमा गीतको ‘फिमेल भर्सन’ सार्वजनिक भएको हो । गीतमा उदयराज पौडेलको एरेन्ज छ । 


Advertisment
Nabil box
Kumari

गीतकार मुनाल शिशिरकै निर्देशनमा भिडियो तयार पारिएको छ । भिडियोमा निर्देशकले प्रेममा जात तगारो बनेपछिको कथालाई देखाएका छन् । ‘रुप चल्यो, प्रेम चल्यो, शरीर पनि चल्यो तर जब इज्जतसाथ घर भित्र्याउने कुरा भयो मेरो जात चलेन,’ भिडियोको शुरूमा महिला पात्रले बोल्ने संवादले भिडियोले पेश गर्न खोजेको कुरा बताउँछ । 

Vianet communication
Laxmi Bank

भिडियोमा मोडल दिक्पाल कार्की, रोशनी कार्की र ईष्टु कार्कीको अभिनय छ । गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’, ‘कुरा सिधा छ’ जस्ता गीतहरू सार्वजनिक गरिसकेकी छन् । ‘मेरो बोली सुन्दा’को फिमेल भर्सनलाई पनि स्रोता दर्शकले रुचाउने उनको अपेक्षा छ ।

‘हामीले निकै मेहनत गरेका छौं । मेरो अलि फरक काम पनि हो । सबैको मायाको अपेक्षा गरेका छौं,’ उनी भन्छिन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियो दिन्शन शाहको सम्पादनपश्चात सार्वजनिक भएको हो । गायिकाकै ‘सुजाता केसी’ यूट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x