×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

असार ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
धादिङका किसानले २ ट्रक रासायनिक मल कब्जा गरेका छन् ।  शनिवार धार्के बजारमा रासायनिक मल बोकेको २ वडा ट्रक नियन्त्रणमा लिएर किसानले रासायनिक मल कब्जा गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको दाबी गरिएको छ ।  धान खेती गर्ने समयमा रासायनिक मलको देशभर चरम अभाव छ ।
००००
मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार भएको फिनालेमा अन्य प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै उनले मिस नेपाल वल्र्डको नाज जितेकी हुन् ।  त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । मिस नेपालको फाइनलमा २४ सुन्दरी पुगेका थिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को विरोधमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा युवा सङ्घका अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी युवाले एसपिपीका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् । सहभागीहरूले ‘एसपिपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपिपी चाहिँदैन देश बेच्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
००००
माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।
कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताएका छन् । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताए ।
००००
दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिभी चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा जेसिभीले बाटो खनिरहेका थिए । 

Muktinath Bank

सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खडकाले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको हो ।
००००
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनै पनि राजनीति दलसँग गठबन्धन गर्ने बाटोमा नरहेको बताएका छन् । 
गठबन्धनका कुनै पनि नेतालाई एमालेले प्रधानमन्त्री स्वीकार गर्ने प्रस्ताव नगरेको पौडेलले स्पष्ट पारे । 
रिटर्नी फेडरेसन, नेपालको कार्यक्रमलाई शनिवार बुटवलमा सम्बोधन गर्दै पौडेलले  भने, ‘एमालेसँग गठबन्धन बनाउने र भत्काउने फुर्सद छैन । हामी आउँदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनमा केन्द्रित छौं ।’  
००००
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ शीर्षकमा मदन भण्डारी फाउण्डेशनले शनिवार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत् आउनु गम्भीर भएको बताएका हुन् ।
००००
संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले व्यवसायी दुर्गा प्रसाईलाई सुनौलो लौरो उपहार दिएका छन् । नेपालको तीन दिने भ्रमणमा आएका अधिराजकुमार मोक्तुम शनिवार झापा पुगेका छन् । श्री एयरलाइन्सको चार्टर विमानमा झापाको चन्द्रगढी विमानस्थल ओर्लिएका मोक्तुमलाई स्वागत गर्न व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई पुगेका थिए ।
००००
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।
००००
प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानातर्फ प्रस्थान गरेका छन् । रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी शनिवार लेवनान प्रस्थान गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमण टोलीले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्ने तथा विभिन्न यूएन मिसनहरुको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिनेछ ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबाट असुरक्षा भएको भन्दै नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । अध्यक्ष अधिकारीले सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन दिएका हुन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x