साउन २७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...
काठमाडाैं | असार ५, २०७९
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले पार्टीले निर्णय गरे पनि मन्त्री पदबाट फिर्ता नआउने बताएकी छन् ।
बालकुमारीस्थित जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवसँग शुक्रवार भएको भेटमा मन्त्री रेणुले मन्त्री पद नछाड्ने अडान राखेकी हुन् ।
जसपा स्रोतले दिएको जानकारी अनुसार मन्त्री पदबाट सबैलाई फिर्ता गरेर नयाँ मन्त्री पठाउने निर्णय गर्न लागेको जानकारी दिन अध्यक्ष यादवले उनलाई पार्टी कार्यालय बोलाएका थिए ।
'पार्टी विभाजनबाट जोगाउन पनि मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बाध्यात्मक स्थिति आइसकेको छ,' अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै जसपा स्रोतले लोकान्तरसँग भन्यो, 'जवाफमा मन्त्री रेणु यादवले पार्टीले निर्णय गरे पनि आफू मन्त्री पदबाट फिर्ता नहुने भनेर स्पष्ट रूपमा चुनौती दिएकी थिइन् ।'
६ महिनाका लागि मात्र मन्त्री नबनेको, अब आगामी निर्वाचनसम्म आफू मन्त्री रहिरहने भनेर रेणुले अध्यक्ष यादवलाई प्रस्ट रूपमा जानकारी गराएको स्रोतको दाबी छ ।
तर, मन्त्री रेणु यादवले भने त्यस्तो कुनै कुरा नभएको लोकान्तरलाई बताइन् । आफ्नो र अध्यक्ष यादवसँग ७ दिन यता भेट पनि नभएको उनको भनाइ छ ।
'अहिले केही फटाहाहरूको हाम्रो पार्टीमा जमात बढेको छ, उनीहरूले के-के हल्ला बाहिर फैलाउँछन्, त्यो मलाई थाहा भएन,' मन्त्री यादवले लोकान्तरसँग भनिन्, 'न त मलाई उहाँले राजीनामा दिन भन्नु भएको छ, न त मन्त्रीलाई सरकारबाट फिर्ता गराउने पार्टीबाट कुनै निर्णय भएको छ ।'
पार्टीको अहिले कुनै बैठक नबसेको भन्दै सरकारबाट फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने विषयमा कुनै कुराकानी नै नभएको उनको दाबी छ ।
अध्यक्ष उपेन्द्र यादवलाई पार्टी विभाजनबाट जोगाउन सरकारमा सहभागी रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य सांसदलाई मन्त्री बनाउनुपर्ने दबाब बढेको छ ।
अध्यक्ष यादवले यसअघि आफ्नो विश्वास पात्रसमेत रहेका वन तथा वातावरण मन्त्री रामसहाय यादवलाई मन्त्री पदबाट राजीनामा गरेर पार्टीमा त्यागको उदाहरण प्रस्तुत गर्न अनुरोध गरेका थिए । तर, वन मन्त्रीले पनि आफू एक्लैले राजीनामा नगर्ने, पार्टीले नै निर्णय गरेर चारै जनालाई एकसाथ फिर्ता बोलाउनुपर्ने भनेर जवाफ दिएका थिए ।
सरकारमा जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय यादव सहभागी छन् ।
धेरै जना सांसद मन्त्री बन्न इच्छुक भएपछि ६ महिनाका लागि मात्र यी चार जनालाई मन्त्री बनाइएको, त्यसपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने जसपा अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन् । नेपाल कुशवाहा कल्याण समाजको ३१औं वार्ष...
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७ साउन २७ गते जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्व...
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्...
धनुषामा यसपटक मधेशका 'हेभी वेट' उम्मेदवारका रूपमा चिनिने 'भेट्रान' नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसमा भेट्रान नेता विमलेन्द्र निधिदेखि आनन्द ढुंगाना, मह...
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...