कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
जिउँदो व्यक्तिको नक्कली मृत्यु दर्ता गरेर जग्गा बिक्री गर्ने गिरोहलाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।
जापानमा बस्ने व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर कीर्तिपुर–२ स्थित कित्ता नं. ३४४ को ३६१.९५ वर्गमिटरको जग्गा बिक्री गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ब्युरोका अनुसार २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्तिदेवी लोहनीको जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको हो । लोहनी बेलाबखतमा मात्र नेपाल आउने गर्थिन् । सोहीक्रममा २०६१ माघ १३ गते उनले सो जग्गा खरिद गरेर पुनः जापान गएकी थिइन् ।
उनी यही जेठ ५ गते नेपाल आइन् । जेठ १३ गते मालपोत कार्यालय कलंकीमा सक्कल पूर्जा देखाएर बायोमेट्रिक प्रणालीमार्फत् अभिलेखन गर्ने क्रममा उनको जग्गा बिक्री भइसकेको खुलेको थियो ।
गिरोहले उनको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेश गरेर नक्कली तारानिधि लोहनी (श्रीमान) बनेर नामसारी गरेका थिए । नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनीता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्युरोले जानकारी दिएको छ । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए ।
त्यसपछि फागुन १० गते सुनीता कर्माचार्यलाई तीन करोड ७० लाख रूपैयाँमा बिक्री गरिएको खुलेको छ ।
वास्तविक जग्गाधनी शान्तादेवीले करीब ७ करोड मूल्य बराबर पर्ने जग्गाको ठगी मुद्दामा अनुसन्धानका लागि ब्युरोमा असार १ गते जाहेरी दिएकी थिइन् । ब्युरोले सो गिरोहलाई काठमाडौंका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द (नक्कली तारानिधि), सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बूढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...