असार १६, २०७९
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
नेपाल विविधताले धनी देश हो । यहाँ हरेक कुरामा विविधता पाउन सकिन्छ । त्यस्तै विविधताको विभिन्न विधामध्ये प्राकृतिक सुन्दरता एक हो । हिमाल, पहाड र तराई, प्रत्येकले आ–आफ्नै पहिचान सहितको सुन्दरतालाई अँगालेको छ ।
यसले सबैलाई मोहित पारेको छ । अझ हिमालको सौन्दर्यता र हिमालको काखमा सौम्य र शान्तसँग छचल्किएका हिमतालहरूले सम्पूर्ण मानव जगतलाई नै मन्त्रमुग्ध बनाउन सक्ने सामथ्र्य राख्दछ ।
यही सौन्दर्यताको सामथ्र्यले हरेक वर्ष नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । पर्यटकहरूको त्यही घुइँचोको रोजाइमा पर्ने एउटा गन्तव्य हो ‘फोक्सुण्डो ताल’ । अब म तपाईंहरूलाई फोक्सुण्डोको सौम्य सुन्दरताको बयान तस्वीरबाट गर्दै गन्तव्यमा डो¥याउँछु अर्थात् मौसम परिवर्तनसँगै आफ्नो रूप पनि परिवर्तन गर्ने फोक्सुण्डोको जानकारी सहितको फोटो कथा ।
डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । तालको सौन्दर्य र यात्रा विवरणलाई हामीले फोटो कथामा समेट्न प्रयत्न गरेका छौं । तालको मुख्य जलाधार क्षेत्र कान्जिरोवा हिमाल हो । यो ताल ‘वाई’ आकारको छ । समुन्द्री सतहदेखि करीब ३ हजार ९०० मिटरको उचाइमा रहेको तालको लम्बाई ४ दशमलव ८ किलोमिटर, चौडाई १ दशमलव ६ किलोमिटर र अधिकतम गहिराई ६५० मिटर रहेको छ । ताललाई सन् २००७ बाट रामसार क्षेत्रमा सूचीकृत गरिएको हो ।
फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्किएको छ । फोक्सुण्डोको यात्रा गर्ने क्रममा बीच बाटोमै झरनासँग जम्काभेट हुन्छ ।
ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । यो ताललाई कतिपय मानिसहरूले शे–फोक्सुण्डो ताल भन्ने गरे तापनि तालको वास्तविक नाम ‘फोक्सुण्डो’ मात्र हो । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्दछ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले तालसहित निकुञ्जको समग्र क्षेत्रलाई बुझाउँछ ।
पर्यटकीय गन्तव्यको हिसाबले प्रचुर सम्भावना बोकेको निकै नै महत्त्वपूर्ण आकर्षक हिमाली गन्तव्य हो फोक्सुण्डो ताल । पर्यटनको सिजनमा फोक्सुण्डो तालको सौन्दर्यसँग रमाउन र यसलाई नियाल्न आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य चहलपहल हुने गर्दछ ।
नेपालगञ्ज एयरपोर्टबाट लगभग ३५ मिनेटको हवाई उडानपछि जुफाल विमानस्थल र यहाँबाट ३ दिनको पैदल यात्रामा फोक्सुण्डो पुग्न सकिन्छ ।
जुफाल विमानस्थलदेखि केहीबेरको जीप यात्रामा सुलिगाँड पुगिन्छ । सुलिगाँडबाट डोल्पा सदरमुकाम दुनै र फोक्सुण्डो जाने बाटो छुट्टिन्छ । यात्रालाई फोक्सुण्डोतिर अगाडि बढाउने क्रममा सुलिगाँडबाट लगभग ३ घण्टा हिँडेपछि कागेनी पुगिन्छ । कागेनीमा खाना खाने, सुत्ने, बस्ने व्यवस्था भएको होटल पाइन्छ । कागेनीमा बिहानको खाना खाएर अगाडि लाग्ने क्रममा रह, साङ्टा हुँदै छेप्का पुगरे बास बसियो ।
दोस्रो दिन छेप्काबाट हिँडेको केहीबेरमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र प्रवेश गरिन्छ । छेप्काबाट लगभग ५ घण्टामा बल्ल ¥याइची पुगिन्छ । यो बीचमा खाने र बस्ने कुनै सविधा पाउन सकिँदैन । त्यसैले छेप्का र ¥याइची बीचको यात्रामा पर्यटकहरूले गाह्रो महसूस गर्ने गर्दछ । मलाई पनि यो बीचको यात्रा तय गर्न निकै गाह्रो भएको थियो । यस बीचमा ¥याइची नपुग्दासम्म आफूले बोकेको छैन भने पानीसम्म पनि खान पाइँदैन । निरन्तरको भिरालो, उकालो, ओरालो हिँडाइमा कहीँकहीँ भेटिने याक र खच्चडको लस्करमा प्रत्येकले बोकेको भारी हेर्दा मानिस बाँच्न पशुको योगदान अमूल्य छ भन्ने आभास हुन्थ्यो मलाई तर मेरो सुस्त हिँडाइ र हिमाली यात्रामा तय गर्नुपर्ने पट्यारलाग्दो एकोहोरो हिँडाइमा बीचबीचमा भेटिने याक र खच्चडको लस्करले मलाई रमाइलो अनुभूति दिलाउँथ्यो ।
¥याइचीमा बिहानको खाना करीब ३ बजेतिर खाएर बाँस बस्नका लागि हाम्रो यात्रा सम्झना होटलतर्फ अगाडि बढ्छ । करीब २ घण्टाको यात्रापछि सम्झना होटल पुगेर दोस्रो दिनको यात्रालाई विश्राम मारियो, जहाँ बस्नका लागि २ वटा मात्रा होटल छन् ।
तेस्रो दिन हिँडेको केही मिनेटमै ताप्रिचा स्कूल हुँदै अगाडि बढ्दा हामीले यात्रामा सबैभन्दा कठीन बाटोको सामना गर्नुपर्ने रहेछ । भीरमा भित्ता खोपेर बनाइएको एकतर्फी हिँड्न पनि कठिन बाटो पार गर्दै अगाडि लम्कने क्रममा बाटोमा नाउर, सुलिगाड झरनाको रोमाञ्चक दृश्य हेर्दै हिँडाइको करीब ४ घण्टापछि रिग्मोगाउँ पुगिन्छ । यो रिग्मोगाउँ पुग्दा फोक्सुण्डो यात्रामा हिँडेका पर्यटकहरूले तालै पुगेको अनुभव गर्ने गर्दा रहेछन् । मलाई त्यस्तै अनुभव भयो । किनकि यो तालसँगै जोडिएको बस्ती हो । जहाँबाट फोक्सुण्डोसँग मितेरी लाउन पुगिन्छ ।
फोक्सुण्डो ताल किनारमा १५औं शताब्दीको थासुङ चोलिङ गुम्बा छ । गुम्बाभित्र बोन धर्मावलम्बीहरूको प्राचीन मूर्ती छ । गुम्बालाई बोन धर्मावलम्बीहरूले आफ्नो धार्मिक आस्थाको धरोहरका रूपमा मान्ने गर्दछन् । बोन धर्म मान्नेहरूको बाहुल्यता रहेको यस क्षेत्रमा ताललाई पनि एक पवित्र धार्मिक स्थलको रूपमा मान्ने गर्दछन् ।
फोक्सुण्डो पुग्ने क्रममा जतिसुकै कठिनाइ झेले पनि फोक्सुण्डोको सौम्य सुन्दरताले तपाईंलाई आनन्दित बनाउँछ, रोमाञ्चित बनाउँछ, स्वर्गानुभूति दिलाउँछ र कसैकसैलाई फोक्सुण्डोको सुन्दतारले यति खुशी दिन्छ, उनीहरू सायद म जस्तै जीवन र जगतलाई नै बिर्सिएर आँखाबाट आँसु खसाउँदै तालको सौन्दर्यताको सम्मानमा हराउँछन् होला ।
अनन्ता भण्डारीः विगत १० वर्षदेखि आमसञ्चारमाध्यमा संलग्न रहँदै आएकी छन् । विशेषगरी पर्या–पर्यटन, वातावरण, निकुञ्ज क्षेत्र लगायतको वृत्तचित्र निर्माण, निर्देशन र छायांकन गर्नुका साथै फोटो पत्रकारिता गर्दै आएकी छन् ।
मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्...
पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ...
नेपाली कांग्रेसको संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा शुरू भएको छ । महाधिवेशनको ६ महिनाको समीक्षा, नेतृत्वविहीन भ्रातृ संगठनको अधिवेशनलगायत विषयमा छलफल गर्न बैठक बसेको हो ...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् । बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन् ...
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छ...
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट&nd...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...