×

X
Nic Asia
Dabur
Marvel

वायुसेवा सञ्चालक संघलाई क्यानको जवाफ

विमानस्थल हड्ताल गर्ने ठाउँ होइन : महानिर्देशक अधिकारी

काठमाडाैं | असार ७, २०७९

TVS INSIDE
British college

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् ।

IME BANK INNEWS

मंगलवार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्त्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँ–कहाँ गर्न पाइन्छ कहाँ–कहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरूलाई सचेत गराए ।

उनले वायुसेवा सञ्चालक आफूहरूले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नगर्न आग्रह गरे । प्राधिकरणले २०५७ सालबाट अहिले १०० रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दा समेत कसैले बिरोध नगरेको उनले बताए ।


Advertisment
mahindra Box
Saurya island

महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।

उनले भने, ‘मलाई लाग्दैन व्यवसायी साथीहरूले उडान बन्द गर्नुहुन्छ । उहाँहरू अत्यन्तै जिम्मेवार हुनुहुन्छ । उहाँहरू जिम्मेवारीपूर्वक प्रस्तुत हुनुहुनेछ । यो अतिआवश्यक सेवा हो  । हड्ताल कहाँकहाँ गर्न पाइन्छ, कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ । गर्नुहुन्न भन्नेमा म विश्वस्त छु तर सबै कुरा आफूले गर्न पाइनँ भने म बन्द गरिदिन्छु  भन्ने धङ्धङ्गे धम्की नपाल्दा हुन्छ ।  काठमाडौंबाट २०५७ सालमा विराटनगर गएको भाडा २५ सय रुपैयाँ थियो । आज १० हजार रहेको छ । प्राधिकरणले ०५७ सालमा २०० रुपैयाँ लिएको थियो । अहिले ३०० रुपैयाँ लिन्छ, क्षमता बढी भयो । वायु कम्पनीले २५ सयबाट १० हजार पुर्‍याउँदा कोही बोलेको छैन । जहाज चढ्ने भनेको पैसा भएका मान्छे चढ्ने रहेछन् । कसैले बिरोध गरेको छैन । गाडी भाडा बढ्दा आन्दोलन हुन्छ ।’

Vianet communication
Maruti inside

महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए । उनले सबै विमान कम्पनीहरूले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्न समेत गरे । अधिकारीले विमानस्थल स्ट्यान्र्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए ।

उनले वायुसेवा कम्पनीलाई उडान, पार्किङभन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे । उनले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । अधिकारीले कम्पनीहरूले लाइलटहरू थपेर सेवालाई सुरक्षित बनाए मात्रै मुलुकको आर्थिक विकास रोजगारी सिर्जना हुने बताए ।

उनले भने, ‘निजी वायुसेवा कम्पनीहरूले ६ बजेभन्दा पछि थप पैसा तिरेर विमान सेवा दिइरहनुभएको थियो । हामीले तपाईंहरू नतिर्नुस् हामी नै १२ बजेसम्म विमानस्थल खुल्ला राखिदिन्छौं भन्दा होइन, १२ बजेसम्म हामी कहाँ चलाउने भन्नुभयो । जबकि उहाँहरूले पैसा बढी तिरेर चलाइराख्नुभएको थियो । यो के हो भने वायु कम्पनीहरूको पाइलट र एयरहोस्टेजको त्यही अनुसारको क्षमता ल्याउन सक्नुभएन । किनकि उहाँहरूसँग २ सिफ्ट मात्रै छ । १२ बजेसम्म ६ घण्टा बढी विमान चलाउन तेस्रो सिफ्टमा फ्लाइलट बढी चाहियो । हाम्रो यो निर्णयले स्वदेशमा रोजगारीको अवसर पनि खोल्छ । कम्पनीहरूले पाइलट थप्नुपर्‍यो । क्षमता वायुसेवा कम्पनीहरूले पनि विकास गर्नुपर्‍यो । १८ घण्टा र २४ घण्टा विमानस्थल चलाउँदा प्राधिकरणले वार्षिक रूपमा ५० करोड खर्च गरेको अवस्था छ । कसको लागि खर्च गरेको छ, वायु कम्पनीहरूले काठमाडौंबाट नै सेवा दिनुपर्ने, १७ वटा विमानको ठाउँमा ५१ वटा कोच्न पाउनुपर्ने, २ सिफ्टबाट ३ सिफ्ट बढाउँदिन पाइलट थप्दिन, रोजगारी दिन्न भन्न पाउनुपर्ने हो । यो सबै गरेपछि हवाई सुरक्षा बढ्यो । क्षमता र देशको अर्थतन्त्र बढ्यो । यस्ता कुरामा कुनै ध्यान छैन । यो कुरा हामीले भनिदिनुपर्ने कुरा हो । तिमी चन्द्रगण्डी, धनगढी जाउ भनेर मैले भन्नुपर्ने कुरा हो । यी सबै कुराहरूले हवाई क्षेत्रको दीर्घकालीन रूपमा क्षमता विकास नगरी नहुने कुरा हो । ल भन्नुस् अब बुद्ध एयरले जहाज थप्दै हुनुहुन्छ, यती वा अन्यले थप्दै हुनुहुन्छ । अहिले ५१ छ कोही बाहिर नजाने अब, १७ को ठाउँमा ६० बनाउने ? जहाज कसरी चलाउने त ? यो विमानस्थल स्ट्याण्र्डर पार्किङ गर्ने ठाउँ हो, यो रत्नपार्क होइन । ट्याम्पो राखेजस्तो होइन यो । ट्याम्पो देख्नुभएको छ ४४ वटा बस छ । त्यो बस एउटा प्रयोग हुन्छ त्यो पनि २० मिनेट । जहाज छ एउटा बस छ २ वटा । यात्रुहरूलाई म विमानस्थलभित्र छु भने जस्तो महसूस हुन्छ । यो अवस्थामा विमानस्थल चलाउन पाए खुशी हुने, अब हामी नीतिमा सहमति गरौं । विमानस्थलमा सेवा सुविधा थप्ने कुरा गरौंला । यो कुनै एउटा कम्पनीलाई च्यापेर गरेको निर्णय होइन सबैको लागि लागू हुन्छ ।’

महानिर्देशक अधिकारीले त्रिभुवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताए । उनले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटा समेत विमान राखिने गरेको बताए । पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनको भनाई छ ।

TATA Below
NLIC
भदौ १, २०७९

पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । मंगलबार उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । हिमानीमा घाँटीको समस्याका साथै  ज्वरो रहेको बत...

भदौ १, २०७९

ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिकसँग बसेर तस्बिर खिच्न पाइने भएको छ ।  ऐतिहासिक क्षेत्र संरक्षण...

भदौ १, २०७९

इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पलेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको...

भदौ १, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालासँग आज छलफल गरेका छन् ।  भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा...

भदौ १, २०७९

नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए । ‘संक्रमणसँगै आईसीयू र भेन्ट...

भदौ १, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।  उनले जिल्लामा रहेको स्रोत र साधनले नपुगेम...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x