असार १७, २०७९
सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३०० रूपैयाँले घटेको हो । नेपाल सु...
बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो ।
बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
व्यावसायिक उत्पादनका लागि आधुनिक प्रविधि र आधुनिक बीउबिजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायित्व गाउँपालिकाको भएकाले बिज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिने उनले बताए । 'हामीले अहिले कसरी जीवनयापन गरिरहेका छौँ, विगतमा के खान्थ्यौँ, हाम्रो खेतबारीमा के फल्थ्यो भन्ने भावी पुस्तालाई जानकारी दिन आवश्यक छ', शर्माले भने, 'बीउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।'
‘बरेङमा समृद्धि, कृषि लगानी वृद्धि’को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधारस्तम्भका रूपमा कृषि क्षेत्रलाई विकास गर्ने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न र पुरानो जोगाउँदै नयाँ बीउमार्फत व्यावसायिक बन्न योजना अघि बढाइएको हो ।
बिज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफूलको समेत संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । पाँचवटै वडामा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाको छ । बाँझो जमिनको उपयोग गरेर पनि रैथाने बालीको संरक्षण गर्न सकिने अध्यक्ष शर्माले बताए । रासस
सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३०० रूपैयाँले घटेको हो । नेपाल सु...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ११० देखि १२० रूपैयाँ...
इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौता सँगै युएईका प्रमुख स्थान अबुधाबी,...
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई श...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशैभर एकै समयमा बजार अनुगमन गर्ने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूको निर्देशनमा मन्त्रालयले सबै सम्बन्धित नियामक निकाय, जिल्ला प्रशासन, ...
नेपाली बजारमा बुधवार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...