×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्षका छोराले नै ताेडफोड गरे बाबु चढ्ने सरकारी गाडी

असार ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । अध्यक्षका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् ।

Muktinath Bank

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन् । मंगलवार बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद हुँदा बैठक लम्बिएको थियो । बैठकको अन्त्यमा अध्यक्षले एमालेका केही वडाध्यक्षलाई केही समितिमा राख्ने सहमति दिएका थिए ।


Advertisment
Nabil box
Kumari

एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका ज्योतिले बाबुसँग असहमति राखेर तोडफोड गरेको जनप्रतिनिधिहरू बताउँछन्  । अध्यक्षले सबैलाई समेटेर जान भनेर केही समितिको संयोजक एमालेलाई दिने सहमति जनाएपछि सो विषयमा असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको एक जनप्रतिनिधिले बताए ।

Vianet communication
Laxmi Bank

अध्यक्ष गच्छदारले पनि छोराले नै गाडीको सिसा फुटाएको स्वीकार गरेका छन् । उनले जोसुकैले गाडी फुटाए पनि कारबाही गर्ने बताएका छन् ।

 ‘गाउँपालिकाका सबै मेरा लागि छोराछोरी जस्तै हुन्, मैले सबैलाई समान व्यवहार गर्नुपर्छ,’ उनले भने,  ‘अहिले उपाध्यक्ष वडाध्यक्षहरूसँग छलफल गरेर के कारबाही गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौँ ।’

गाउँपालिकाका उपाध्यक्ष गुणावति देवीथारुले भने गाडी किन तोडफोड भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताइन् । उनले आज बस्ने कार्यपालिका बैठकमा गाडी तोडफोडका विषयमा छलफल हुने समेत उनले बताइन् । उनी एमालेबाट  निर्वाचित हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x