असार १५, २०७९
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको ...
काठमाडाैं | असार ८, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि प्रशिक्षकसँग विवादका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फेरि टिममै फर्काउने निर्णय गरेको छ। एन्फाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीलाई टिममा सहभागी गराउने निर्णय गरिएको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए ।
उनीहरुलाई आगामी क्लोज क्याम्पमा ससम्मान फिर्ता बोलाइनेछ । तर, प्रशिक्षकको हकमा भने अल्मुताइरी र कतार फुटबल संघसँग समन्वय गरेर थप निर्णय गरिनेछ । त्यसका लागि एन्फाको सचिवालयलाई निर्देशन दिने निर्णय भएको नेम्वाङले जानकारी दिए । अब कतार फुटबल संघले चाहेको खण्डमा तथा एन्फा समेत सकारात्मक भएको अवस्थामा मात्रै अल्मुताइरी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक हुन पाउनेछन् । नत्र उनी बिदा हुनेछन् । उनी पटक पटक विवादमा आएका थिए भने यसअघि नै उनलाई हटाउने बारे छलफल भएपनि एन्फाको चुनावकै कारण यसबारे निर्णय हुन सकेको थिएन ।
बैठकपछि जारी गरिएको ७ बुँदे विज्ञप्तिमा एन्फाको आगामी कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ । बैठकले २१औ साधारण सभा तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन समिति, निर्वाचन अपिल समिति, निवर्तमान कार्यसमिति, जिल्ला फुटबल संघ, क्लबहरू, एन्फा समितिहरु, सुरक्षाकर्मी, एन्फाका
कर्मचारी लगायत सम्पूर्णलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
बैठकले ३० दिन भित्र श्वेतपत्र जारी गरि संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिने निर्णय पनि पारित गरेको छ ।
यस्तै अखिल नेपाल फुटबल संघमा केही कर्मचारीहरु आवश्यक देखिएकोले पदपूर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित भएको छ । यही जुलाई २ मा बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको ...
विभागीय टोलीद्वय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा ...
अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले...
जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लब...
इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । इन्टरले बुधबार राति २९ वर्षीय लुकाक...
बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । चर्च रोडस्थित सेन्टर कोर्टमा बुधवार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् । बेल...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...