असार १४, २०७९
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
पाल्पाको रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ ।
नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडावडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
बुधवार मात्रै रामपुरमा ३ वटा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा नम्बर ४, ७ र ९ मा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संरचना निर्माण गरिएको हो ।
वडा नम्बर ४ मा २८ लाख ८५ हजार ५७९ रुपैयाँको लागतमा भवन निर्माण गरी सेवा दिइएको छ । भ्याटबाहेक ३० लाख २० हजार ८०५ रुपैयाँमा ठेक्का सम्झौता भएको भवन एकतले ३ कोठासहित निर्माण गरिएको हो ।
वडा नम्बर ७ मा ३२ लाख ३४ हजार ५४० र वडा नम्बर ९ मा ३३ लाख ९५ हजार ८१३ रुपैयाँको लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । नगर स्वास्थ्य शाखा संयोजक गिरीराज घिमिरेले रामपुर नगरभित्र सबै स्वास्थ्य संस्था आफ्नै भवनमा सञ्चालन भएको बताए । रामपुर नगरभित्र एक ५० शय्याको रामपुर अस्पताल, ४ वटा स्वास्थ्य चौकी (गाँडाकोट, दर्छा, खालिवन र गेझा), ५ वटा आधारभूत स्वास्थ्य केन्द्र, ७ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।
‘नगरपालिकाभित्र कुनै पनि स्वास्थ्य संस्था भाडामा नरहेको र अबको १ वर्षभित्र नयाँ बन्न बाँकी रहेका सबै स्वास्थ्य संस्थाको भवन निर्माण सक्ने योजना छ, वडा नम्बर १ को चण्डिहान, ३ को गण्डकीढिक, १० को जगटेआँपमा पक्की स्वास्थ्य भवन बन्नेछ,’ प्रमुख घिमिरेले भने ।
रामपुर–४ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाले वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रले नागरिकलाई स्वास्थ्य सेवामा राम्रो सुविधा पुगेको बताए । करीब १ घण्टा बढीको समय पैदल हिँडेर स्वास्थ्य संस्थामा धाउनुपर्ने समस्या अहिले वडामै रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनबाट औषधोपचार सेवा पाउँदा नागरिकलाई ठूलो राहत पुगेको हसिना मियाँ बताउँछिन् ।
उनी भन्छिन्, ‘सामान्य औषधोपचारका निम्ति १ घण्टा धेरै समय हिँडेर रामपुर अस्पतालमै जानुपर्ने बाध्यता थियो, घर नजिकै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट आफूले भनेको समयमा सेवा पाइएको छ, हामी यसमा धेरै खुशी छौं ।’
काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।&n...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि...
थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करीब ४ हजार सिकलसेलका बिरामी छन् । बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्ण...
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...