×

NMB BANK
NIC ASIA

एसपीपी स्वीकृत गर्ने काम ओली सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग छ : प्रचण्ड

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग भएको दाबी गरेका छन् ।

Muktinath Bank

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले सन् २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सो प्रोग्राम अघि बढेको र २०१९ सालमा त्यसमा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमति गरेको पत्र भेटिएको भन्दै ओली नै त्यसमा जिम्मेवार देखिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिर समेत गरे तर ओली गुटले सत्तारुढ गठबन्धनले सो प्रोग्राम अघि बढाए जसरी प्रचार गरेर झूट र बेइमानी गरेको उनको आरोप थियो ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष दाहालले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको सो सम्बन्धी पत्रमा रक्षामन्त्रीको निर्देशन अनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने तर्क समेत गरे ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘एमसीसी संसदबाट पारित गराउनुपर्ने काम एमाले गुट, केपी गुटले यो राम्रो छ, राष्ट्रवादी छ भन्ने कुरा गर्दै गए । पछि हामीले त्यसमा संघर्ष गर्नुपर्‍यो । तपाईंहरूलाई थाहा छ – यसलाई यथास्थितिमा पारित गर्नै हुन्न भनेर हामीले सदनभित्र पनि, सरकारभित्र पनि, सरकार बाहिर पनि, सडकमा पनि । युवा, विद्यार्थी, तपाईं हामी पनि सदन, सडक र सरकार सबै क्षेत्रबाट प्रतिवाद गर्‍यौं । यसैको प्रतिफल स्वरूप अन्ततः १२ बुँदे घोषणा पत्रसहित १२ बुँदे घोषणामा नेपालको राष्ट्रिय स्वाधिनतासहित, नेपाली जनताको सार्वभौम अधिकारको विषय र नेपालको संविधान र जनताको मौलिक अधिकारविरुद्ध गयो भने कुनै पनि बेला खारेज गर्न सकिने भन्ने विषयलाई सदनबाट परियोजनाको अंगकै रूपमा भनेको कानून बन्यो । हामीले त्यो १२ बुँदे घोषणालाई कानून बनाएपछि मात्रै त्यो परियोजनाको एउटा टुंग्यो लाग्यो । तैपनि केहीले जस्ताको तस्तै पारित गर्‍यो भन्ने खालको प्रचार गर्ने कोशिस पनि गरियो तर पछि स्वयं अमेरिकाले पनि १२ बुँदे घोषणालाई स्वीकार गरेर त्यो सम्झौताकै  अंगको रूपमा मान्यता दिएपछि चाहिँ त्यो बहस मूलभूत रूपमा टुंगियो । सो अनुसार काम भएन भने नेपाललाई विरोध गर्ने अधिकार सुरक्षित छ । नेपाली जनताको हातमा, नेपालको जनप्रतिनिधिमूलक संस्थाको हातमा र हाम्रो पार्टीको हातमा त्यहाँ कमजोरी हुँदा संघर्ष गर्ने, विरोध गर्ने र अन्तर्राष्ट्रिय अदालतमा गएर त्यो सम्बन्धी कानूनी लडाइँ लड्ने बाटो पनि खुलेको छ । त्यसकारण कोही पनि तपाईंहरूले हामीले कमजोरी गर्‍यौं कि भन्नुपर्ने स्थिति छैन । बरु हामी ठूलो दुर्घटनाबाट देशलाई बचाउँदै, संघर्षको ढोका खुला राख्दै, भोलि राष्ट्रिय स्वाधिनताको आन्दोलनको आधार निर्माण गर्दै अघि बढेका छौं । यो बुद्धिमतापूर्ण निर्णय भएको छ । हामीेले १२ बुँदे घोषणा पत्रमार्फत नगएको भए खतरा के थियो भने सबै चिज फेरि गुम्ने खतरा पैदा भएको थियो । हामीले सरकारबाट, गठबन्धनबाट, सभामुखबाट, प्रदेशबाट सबैतिरबाट हात धुनुपर्ने स्थिति र निकै नै अप्ठ्यारो स्थिति आउन सक्थ्यो । यो एउटा पक्ष भयो । अब अहिले एसपीपी, तपाईंहरू सबैले सुन्नुभयो होला । एसपीपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको, प्रधानमन्त्री र रक्षामन्त्री दुवै केपी ओली नै भएको बेलामा यो सम्झौताबारे एउटा सैद्धान्तिक सहमति त्यतिबेलै भएको र प्रवेश गरेको भन्ने कुरा अब छ्याङ्गै भएको छ । मैले अस्ती पेरिसडाँडामा शहीद रितबहादुर खड्काको श्रद्धाञ्जलिमा बोले – केपी ओली गुटले संसदमा एसपीपी राष्ट्रघाती, हामी बडो राष्ट्रवादी भनेर बोले । हल्ला गर्दै थिए  संसदमा । मैले २०१९ मा फेरि केपी ओली नै प्रधानमन्त्री हुँदा आईपीएसको बारेमा गरेको राष्ट्रघात अमेरिकाले त्यहाँ स्टेट डिपार्टमेन्टको दस्तावेजमा नेपाल पनि इण्डो प्यासेफिक स्ट्राटिजीको नयाँ सदस्य बनेको भनेर गरेको नयाँ घोषणाको डकुमेण्ट सबैले पढिसकेको छ । त्यो कुरालाई सम्झिदै र एसपीपी पनि त्यत्तिबेलै स्वीकृत भएको कुरालाई सम्झेर यो त बडो दिउँसै रात पार्ने काम भयो । केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । एसपीपीबारे सहमति उसकै पालामा भएको हो तर अहिले मानौं उसले गरेको होइन । यो गठबन्धनले गरेको जस्तो गरी झूटो प्रचार गरिएको छ । म चुनौती दिन्छु भनेर मैले बोलें । तपाईंहरूले सुन्नुभएको होला । दिउँसो त केपी गुटको मुख्य मान्छे मध्य १ जनाले मैले गरेको कुरालाई खण्डन गर्दै ल प्रमाणित गरेर देखाउ भनेर सदनमा बोलेछन् । म पुगेको थिएन सदनमा । म जानुअघि नै बोलिसकेका रहेछन् । त्यसको ३ घण्टापछि त पत्रै फेला पर्‍यो । केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएकै बेलामा त्यो कुरा अगाडि बढेको भन्ने पत्र सदनको रोष्टममा नै प्रस्तुत भएपछि दिनको घाम जत्तिकै छर्लङ्ग भयो । यो सबै राष्ट्रघाती क्रियाकलाप केपी ओलीले नै गरेका रहेछन् । अहिले उनीहरूले मलाई त थाहा नै भएन भन्छन् । यो भन्दा लज्जास्पद र झूट अरु केही हुनै सक्दैन । किनकि त्यो प्रधानसेनापतिले लेखेको चिठीमा तपाईंहरूले याद गर्नुभयो होला । दुईटा कुरा महत्त्वपूर्ण छन् । यो सन्दर्भको । पहिलो, नेपाल सरकारको अनुमतिले यो पत्र लेखेको छु भनिएको छ शुरूमा । दोस्रो तल के लेखिएको छ भने रक्षा र गृह मन्त्रालयलाई बोधार्थ भनिएको छ । अनि थाहै थिएन भनेर नेपाली जनतालाई उल्लु, सिल्ली बनाउन पाइन्छ त ?’

अध्यक्ष दाहालले एमसीसी सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै संसदबाट त्यसमा १२ बुँदे घोषणा गराएको दोहोर्‍याए । उनले संघ र प्रदेशको निर्वाचनको तयारीको काममा अहोरात्र खट्न पनि पार्टीका नेता, कार्यकर्ता निर्देशन दिए ।

संघ र प्रदेशको निर्वाचन संघारमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफ्नै खुट्टामा उभिएर जित्ने गरी निर्वाचनको तयारी गर्न ढिलाइ गर्न नहुनेतर्फ पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराए । अध्यक्ष दाहालले निर्वाचन जित्नका लागि लोकप्रिय नेताहरू तय गर्ने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘आफ्नै खुट्टामा उभिने कुरा, आफ्नै संगठन बलियो बनाउने कुरा, आफ्नै संगठन विस्तार गर्ने कुरा, आफैं मेहनत गर्ने कुरा प्रमुख कुरा हो । त्यसरी मात्रै हामी विजयमा जान सक्छौं । त्यसरी मात्रै हामीले प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्छौं । मान्छेले सोच्दै नसोचेको विजय हामील गर्न पनि सकिन्छ । विगतमा पनि हामी त्यसरी नै आउने गरेको हो । त्यसकारण अब स्थानीय तहको निर्वाचन त गई नै हाल्यो । प्रदेश र संघको निर्वाचन संघारमा छ । अब आउन लागि नै सक्यो । सबै राजनीतिक दलहरू आ–आफनो ढंगले त्यसको तयारी प्रक्रियामा छन् । हामी पनि त्यसको प्रारम्भिक छलफलमा र गठबन्धनभित्र पनि प्रारम्भिक छलफल शुरू भएको छ । म के भन्न चाहन्छु भने पहिलो कुरा त आफ्नो बलियो तयारीमा ध्यान दिनुहोस्, जोड दिनुहोस् । आफ्नै पार्टी कमिटीलाई सुदृढ र विस्तार गर्ने कुरामा प्राथमिकता दिनुहोस् । आफ्नो जनसंगठनहरूलाई सुदृढ र विस्तार गर्ने कुरा, सदस्यलाई व्यापक रूपमा बाँड्ने कुरा प्राथमिकता दिनुहोस् । अनि निर्वाचन जित्नका लागि लोकप्रिय उम्मेदवार को हुनसक्छ ? टिकट कसले पाउने भन्ने कुरा भन्दा पनि विजयी हुन सक्ने उम्मेदवार को हो भन्ने कुरा मुख्य हुँदो रहेछ । अहिले त्यस्ता उम्मेदवारहरू पराजित भएका छन्, जसले विभिन्न ढंगले टिकट प्राप्त गर्ने कुरालाई त निकै सक्रियताको साथ गरे तर जनतामा लोकप्रिय हुने कुरा, जनतामा काम गर्ने कुरालाई त्यत्ति महत्त्व दिएनन् । टिकट कब्जा गर्नेजस्तो जहाँ जहाँ गरियो, त्यहाँ हामी हारिएको छ । जसले जनतातिर आफ्नो लोकप्रियतातिर र हामीसँग भएका नेता, कार्यकर्तामध्ये चुनाव जित्ने बढी सम्भावना भएका कमरेडहरुलाई उम्मेदवार बनाइयो, त्यहाँ हामी जितेका छौं । प्रतिकुल देखिएका ठाउँमा पनि जितेका छौं । उम्मेदवारको सही छनौट भयो, आफ्नो संगठनलाई बलियो बनाउने काम भयो भने त्यहाँ हामीले जितेका छौं । त्यसकारण अब प्रदेश र संघको निर्वाचन आउँदैछ । म आजैदेखि कमरेडहरूलाई संगठनको विस्तार र सुदृढीकरणको कामलाई योजनाबद्ध रुपले रातदिन खटेर किनकि हाम्रो लागि यो निकै ठूलो महत्त्वको कुरा छ । यो संविधानको रक्षा गर्ने, यसलाई परिमार्जन गर्ने, नेपालका उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायले जे जति अधिकार र पहिचान प्राप्त गरेका छन्, त्यसलाई संस्थागत गर्ने र त्यहाँ टेकेर अझ बढी अधिकारका लागि लड्ने यो हाम्रो दायित्वको कुरा हो । त्यो हामीले गर्नुपर्ने कुरा छ । अरुले यसलाई उल्ट्याउन चाहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x