×

Dabur
Nic Asia
Marvel

नयाँ दल खोल्ने लहर

रवि लामिछानेले 'घण्ट' चिह्न नपाउने, 'लौरो' मागेको अर्को दल पनि दर्ताको प्रक्रियामा

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीले घण्ट चुनाव चिह्न नपाउने भएको छ ।

morang Auto yamaha

असार ७ गते लामिछानेले आफ्नै संयोजकत्वमा २१ सदस्यीय पदाधिकारी रहेको विधानसहित राष्ट्रिय स्वतन्त्र पार्टी नेपाललाई दलका रूपमा दर्ता गरी पाऊँ भन्दै निवेदन दर्ता गराएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

पार्टीको चुनाव चिह्न 'घण्ट' पाउनुपर्ने माग गरिए पनि उक्त चिह्न नपाउने पक्कापक्की भएको छ ।

निर्वाचन आयोगले 'घण्ट' चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण लामिछानेले नपाउने भएका हुन् ।

Vianet communication
Maruti inside

यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले 'घण्ट' छाप पाएको थियो । उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ ।

निर्वाचन आयोगको अभिलेखअनुसार रामकुमार महतो अध्यक्ष रहेको तथा पञ्जा छाप चुनाव चिह्न भएको नेपाल सद्भावना पार्टीमा राष्ट्रवादी पार्टी २०७३ मंसिर ३० गते गाभिएको थियो ।

उक्त दल गाभिएको १ वर्ष पूरा नभएका कारण रवि लामिछानेले दर्ता गराउने दलले 'घण्ट' चिह्न नपाउने लगभग निश्चित भएको निर्वाचन आयोगका एक कर्मचारीले बताए ।

राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा ७ मा भएको प्रावधानअनुसार लामिछानेले घण्ट चिह्न नपाउने भएका हुन् ।

ऐनमा भनिएको छ–

दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन ।

ऐनको उक्त प्रावधानका कारण नै लामिछानेले माग गरेको चुनाव चिह्न 'घण्ट' नपाउने निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी शाखाका ती कर्मचारीले बताए ।

मागेको नाम पाउनेमा पनि संशय

लामिछानेले दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएको 'राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल' नामक दल दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा दुई दिनभित्र चार थान उजुरी दर्ता भइसकेको छ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उठ्न चाहने उम्मेदवारलाई अन्याय हुने भन्दै लामिछानेले माग गरेको नाम दर्ता नगरिदिन मागसहित आयोगमा दिनहुँ उजुरी परिरहेको छ।

असार ८ गते डम्बर साहुले उजुरी दर्ता गराएपछि मनोज पण्डित, राजकुमार बजगाईं, पुष्कर शाहसहितका केही युवाको संयुक्त हस्ताक्षरसहित अर्को उजुरी परेको छ ।

त्यसैगरी असार ९ गते रोशन बर्माले पनि उजुरी दिएका छन् । 'स्वतन्त्र' शब्दको आफ्नै महत्त्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थिति निर्माण हुने उजुरीमा उल्लेख गरिएको छ ।

साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न हुने गरी 'स्वतन्त्र' शब्दको अर्थ नै अपव्याख्या हुने अवस्था भएकाले दलको नाम स्वतन्त्र रहन नदिन उजुरीमा माग गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नाम र निर्वाचन चिह्नसहितका विषयमा निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय गर्ने बताउँछन् ।

'रवि लामिछानेले दल दर्ताका लागि दिनुभएको निवेदन अहिले दर्ता मात्र भएको छ,' पौडेलले भने, 'नामका विषयमा आइरहेका उजुरी तथा निर्वाचन चिह्न समेतका विषयमा आयोगले अहिले अध्ययन गरिरहेको छ । निवेदन दर्ता भएको ४५ दिनभित्र आयोगले ती सबै विषयमा निर्णय गर्नेछ ।'​

लौरो मागेको अर्को दल दर्ताको प्रक्रियामा

निर्वाचन आयोगमा लौरो चुनाव चिह्न माग गर्दै अर्को दल पनि दर्ताको प्रक्रियामा रहेको पाइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनन्तराज घिमिरे राष्ट्रिय अध्यक्ष रहने गरी नेपाली पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको हो ।

दाङको घोराही निवासी घिमिरेले २१ सदस्यीय पदाधिकारी रहेको भन्दै 'नेपाली दल' दर्ताका लागि निवेदन दर्ता गराएको भए पनि हालसम्म उनको दल आधिकारिक रूपमा दर्ता भने भएको छैन ।

आवेदन दिएको ४५ दिनभित्रको समय बाँकी रहेको र केही कागजात पनि नपुगेकाले दल दर्ताको प्रमाण पत्र नदिइएको उनले बताए ।

दल दर्ताका लागि निवेदन दिएका घिमिरेले स्वतन्त्रको ब्रान्ड बनेको लौरो चिह्न संरक्षणका लागि मात्र आफूले निवेदन दिएको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तथा स्वतन्त्रबाट निर्वाचित अन्य जनप्रतिनिधिको समेत साथ आफूलाई रहेको उनको जिकिर छ ।

'देशभरि नै स्वतन्त्र अभियानकर्ताहरूको ब्रान्ड बनेको 'लौरो' चिह्नलाई रिजर्भ गर्नका लागि मात्र नेपाली पार्टीको नाम प्रस्ताव गरी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हौँ,' घिमिरेले लोकान्तरसँग भने, 'भोलि नाम परिवर्तन गर्न पनि सक्छौं । तर चुनाव चिह्न 'लौरो'लाई हामीले रिजर्भ गरेका हौं।'

दल दर्ताका लागि निवेदन दिन जानुअघि बालेनसँग पनि सल्लाह गरेको उनले बताए । रवि लामिछानेले हतार गरेर दल दर्ता गरेको भन्दै उनले लामिछानेसँग पनि छलफल भइरहेको बताए ।

स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका पुकार बम, सुमन सायमीलगायत सबैसँग समन्वय भइरहेको उनको जिकिर छ ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...

असार १७, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो ।  ...

असार १८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...

असार १८, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...

असार १७, २०७९

प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्‍याइएको छ ।  यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्‍याइएको हो...

असार १७, २०७९

नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । पार्टीका सभापतिको रुपमा नेता कार्यकर्ताले आशानुरुप भरोसा पाउन नसकेको शेखर पक्षको आरोप छ । शेखर...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x