×

NMB BANK
NIC ASIA

समय गतिशील छ, एमाले–कांग्रेसले राम्रो गरेनन् भने अपवादमा नयाँ शक्ति जन्मिन्छ : केपी ओली

असार ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिन नहुने बताएका छन् ।

Muktinath Bank

बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा लिनुपर्ने बताए । अध्यक्ष ओलीले नेपालमा मुख्यरूपमा २ वटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिने बताए ।


Advertisment
Nabil box
Kumari

उनले राजनीति र राजनीति संगठनमा विचारको महत्त्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यका लागि विचार आवश्यक रहेको बताए । अध्यक्ष ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभई आकर्षण बढेको उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

अध्यक्ष ओलीले भने, ‘यो गतिशील दुनियाँ हो । जो स्वतन्त्र रूपमा युवाहरू उम्मेदवार हुन्छु भन्छन्, काहीँ जित्छन्, यसलाई अपवादको रूपमा लिनुपर्छ । यसलाई समग्र सत्यको रूपमा होइन, यो आंशिक सत्यको रूपमा लिनुपर्छ । म यो पनि भन्दिनँ कि नेकपा एमाले घाम–जुन रहुञ्जेल रहन्छ, नेपाली कांग्रेस घाम–जुन रहुञ्जेल रहन्छ भन्ने होइन । अहिलेको यथार्थ के हो भने नेपालमा आधारभूत, मुख्यरूपमा २ वटा पोल्टिकल पार्टी छन्, एमाले र नेपाली कांग्रेस । यिनीहरूले ठीक काम गरेनन् भने, कोही पनि ठीक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढिरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निष्क्रिय भए पनि, योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । समय गतिशील छ । राजनीति र राजनीति संगठनमा विचारको महत्त्व हुन्छ । गन्तव्य र उद्देश्यको महत्त्व हुन्छ । प्रजा परिषद् विचार, उद्देश्य, गन्तव्यले सफल भएको हो । त्यसकारण विचार चाहिन्छ । युवाहरूमा राजनीतिप्रति व्यापक फ्रस्टेसन छ भन्ने कुरा १–२ वर्षअघिसम्म सबै युवाहरूले राजनीतिमा घृणा गर्न थाले भन्थे । त्यो कुरा सत्य होइन ।’

अध्यक्ष ओलीले युवाहरूमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए । उनले युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरूले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x