साउन ३०, २०७९
सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बीमा कार्यक्रममा पछिल्लो पटक देखापरेका चुनौतीहरूको सामना गर्दै यसलाई अझ सशक्त ढंगबाट विस्तार गर्दै जानुपर्नेमा जोड दिइएको छ ।&...
विराटनगर महानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरकी उपमेयर शिल्पा निरला कार्कीले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेस गरेकी छिन् । यो बजेट चालु आवको भन्दा झन्डै १ अर्ब कम हो ।
चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हजार हुने अनुमान गरेको छ ।
महानगरकी उपमेयर शिल्पा निरला कार्कीेले पेश गरेको नीति तथा कार्यक्रमा अनुसार आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानी तर्फ सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिस्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारी साधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार रहेको छ ।
यस्तै सशर्त अनुदान सङ्घीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, करुणा फाउन्डेसनबाट ९० लाख, युएनएफपीए आइपास सिएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट ऋण १० करोड १९ लाख रुपैयाँ आम्दानीको अनुमान गरिएको छ ।
यस्तै व्यय तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६१ करोड ३५ लाख ५० हजार, समपूरक कार्यक्रमतर्फ ४७ करोड २० लाख, सहकारी, उपभोक्ता हित संरक्षण, पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, पशुपक्षी तथा भेटेरिनरी र कृषि विकासका लागि १३ करोड ८० लाख, सामाजिक विकासका लागि १५ करोड ९६ लाख, पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ७० करोड ९८ लाख, १७ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख, सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ३५ लाख खर्चको अनुमान गरिएको छ । यस्तै व्ययतर्फकै समपूरक विशेष सशर्त ऋण तथा सङ्घसंस्थाको कार्यक्रमको कूल खर्च १ अर्ब २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।
छोरी बचाउ छोरी पढाऊ कार्यक्रमलाई निरन्तरता दिएको छ । पहिलो र दोस्रो सन्तान छोरी जन्मे प्रोत्साहन स्वरूप सहयोग गर्दै आएको थियो । गर्भवती तथा सुत्केरीलाई अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई अस्पताल सम्म र्पुयाउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । गर्भवतीहरूलाई निःशुल्क भिडियो एक्सरे व्यवस्था समेत गरेको छ ।
विराटनगर महानगरपालिकाले महानगर क्षेत्र भित्र मेट्रो सिटी अस्पताल संचालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसको लागि सम्भाव्यता अध्ययन, जग्गा व्यवस्थापन तथा डिजाइन नक्सा निर्माण जस्ता कार्यहरू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तर उन्नति गरी १५ शय्याको अस्पताल संचालनमा ल्याउन सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । मातृ तथा बाल मृत्युदर कम गर्न र जन्मजात अपाङ्गगतलाई समयमै पहिचान गर्न महानगरपालिकाले प्रधानमन्त्री पार्क पनि निमार्ण गर्ने भएको छ ।
विराटनगरबाट प्रतिनिधित्व गर्दै नेपालको प्रधानमन्त्री समेत भएका सम्मानित व्यक्तिहरूको सम्झना र जीवनी सहितको अभिलेखहरू संरक्षण गर्न मिनी सङ्ग्रहालय सहितको प्रधानमन्त्री पार्क निर्माण गरिने उल्लेख ।
निवर्तमान उपप्रमुख इन्दिरा कार्कीले ल्याएकी ‘छोरी बचाऊ, छोरी पढाऊ’ कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तर दिएको छ । ‘जसको कोही छैन त्यसको साथमा स्थानीय सरकार छ’ भन्ने सोचका साथ शव हान र निःशुल्क दाउराको व्यवस्था गरी बेवारिसे शव घाटसम्म पुर्याउने र अन्त्येष्टि गर्ने भएको छ ।
चुनावी एजेन्डाले पाएन बजेटमा प्रवेश
मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरला कार्कीले चुनावमा जनता माझ गरेका प्रतिबद्धता भने बजेटमा समावेश गरेका छैनन् ।
दुवैजनाको पहिलो प्राथमिकतामा करको दायरा बढाउने र कर घटाउने रहेको थियो । तर नगरपालिकाको बजेटमा भने सो कुरा उल्लेख गरिएको छैन ।
यस्तै गरिब तथा विपन्न परिवारलाई २० युनिट सम्म निःशुल्क गर्ने प्रतिबद्धता जनाएका थिए । सो पनि बजेटमा उल्लेख गरिएको छैन ।
मेयर कांग्रेसका हुन् भने उपमेयर एमालेकी हुन् ।
सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बीमा कार्यक्रममा पछिल्लो पटक देखापरेका चुनौतीहरूको सामना गर्दै यसलाई अझ सशक्त ढंगबाट विस्तार गर्दै जानुपर्नेमा जोड दिइएको छ ।&...
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले तरलताको अभावले पूर्वाधार विकासमा ठूलो चुनौती आएको बताएका छन् । परिसंघले आयोजना गर्न लागेको पूर्वाधार समिट २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्त...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजहरूलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमवार काठम...
यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रूपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । २४ जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको...
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...
देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...