साउन २६, २०७९
नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...
काठमाडाैं | असार १०, २०७९
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा देशभरमा कुल ८२ लाख ७६ हजार ५३० मत (१३.२४%) बदर भएको छ ।
मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका ४ वटा पदका लागि ७ सय ५३ स्थानीय तह त्यस मातहतका वडाहरूमा भएको निर्वाचनमा सो परिमाणमा मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । एक मतदाताले ७ वटा मत खसाल्न सक्ने भएकाले खस्न सक्ने सर्वाधिक कुल मत ७ करोड ९ लाख ३४ हजार ८९२ थियो ।
कुल मतदाताको ७०.९६ % प्रतिशत मत खसेको थियो, जसमध्ये ५ करोड ४२ लाख ३१ हजार ९०१ मत (८६.७६%) सदर भएको थियो भने ८२ लाख ७६ हजार ५३० मत (१३.२४%) बदर भएको थियो ।
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने हुनाले उक्त नगरपालिकाबाहेक ७५२ स्थानीय तहमा सम्पन्न भएको निर्वाचनको मतपरिणामको उक्त संख्या हो ।
प्रमुख/अध्यक्ष पदमा मात्रै १३ लाख ४४ हजार ६९८ (१०.७० %) मत , उपप्रमुख/उपाध्यक्षमा २० लाख ८६ हजार ५१४ (१६.६० %)मत बदर भएको छ । त्यसैगरी वडाध्यक्ष पदमा १० लाख ३८ हजार २१२ मत (८.२६%), महिला सदस्यमा १६ लाख ६ हजार २१६ मत (१२.८१ %), दलित महिला सदस्यमा १७ लाख ९४ हजार ५४८ मत (१४.६५ %) बदर भएको छ।
त्यसैगरी खुला सदस्यमा ३८ लाख ३७ हजार ५५४ मत (१३.२४%) मत बदर भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपलब्ध गराएको तथ्यांकअनुसार सम्पूर्ण रूपमा २.४० प्रतिशत तथा आंशिक रूपमा १३.२४ प्रतिशत मत बदर भएको छ ।
प्रमुखमा ११.३४ प्रतिशत र अध्यक्षमा ९.७० प्रतिशत मत बदर भएकोमा सबैभन्दा बढी उपप्रमुख/उपाध्यक्ष पदमा खसेको मत बदर भएको छ । उपप्रमुखमा १८.२३ प्रतिशत र उपाध्यक्षमा १४.०८ प्रतिशत मत बदर भएको छ ।
समग्रमा भने कुल १ करोड २५ लाख ७३ हजार ८ मत (७०.९७%) सदर मत खसेकोमा ३ लाख १ हजार ५९९ मत (२.४० %) मत बदर भएको छ ।
आंशिकरूपमा हेर्ने हो भने प्रमुख पदका लागि ६७ लाख ८४ हजार २१८ (८८.६६%) सदर मत खसेकोमा ८ लाख ६७ हजार ३१९ मत (११.३४%) बदर भएको छ ।
अध्यक्षमा ४४ लाख ४४ हजार ९२ मत (९०.३०%) सदर मत खसेकोमा ४ लाख ७७ हजार ३७९ मत बदर भएको छ ।
प्रमुख/अध्यक्ष दुवै पदमा १ करोड १२ लाख २८ हजार ३१० (८९.३०%) सदर मत भए पनि १३ लाख ४४ हजार ६९८ मत (१०.७० %) बदर भएको छ ।
त्यसैगरी उपप्रमुखमा ६२ लाख ५३ हजार ७७२ मत (८१.७७%) सदर भएकोमा १३ लाख ९४ हजार ६० मत (१८.२३%) बदर भएको छ । उपाध्यक्षमा ४२ लाख २६ हजार ४३० मत (८५.९२ %) सदर मत भएकोमा ६ लाख ९२ हजार ४५४ (१४.०८ %) मत बदर भएको छ ।
उपप्रमुख/उपाध्यक्षमा १ करोड ४ लाख ८० हजार २०२ मत (८३.४०%) सदर भएकोमा २० लाख ८६ हजार ५१४ मत (१६.६० %) बदर भएको छ ।
हेर्नुहोस्, तथ्यांक :
नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको ...
छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। परराष्ट्र...
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...