×

NMB BANK
NIC ASIA

देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिस्टहरूको काँधमा आयो : माधव नेपाल

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आह्वान गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

पार्टी पोलिटब्युरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति, स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरू चनाखो हुनुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति (आईपीएस), स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र एमसीसी एमाले नेताहरूको योजनामा आएको बताउँदै एमसिसी पारित गर्दा आफूहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्न अंग बनाउन बाध्य पारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थाबाट जोगाएको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

संविधानलाई कुल्चिने, दक्षिणपन्थी र विदेशीहरूसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई आफूहरूले नै रोकेको भन्दै उनले आफुहरूकै दबावमा चुच्चे नक्सा प्रकाशन भएको दाबी गरे  । 

Vianet communication
Laxmi Bank

देश जोगाउने जिम्मेवारी इमान्दार कम्युनिष्टहरूको काँधमा आएकाले अब यसको नेतृत्व हाम्रो पार्टीले गर्ने भन्दै अध्यक्ष नेपालले एकीकृत कम्युनिष्ट पार्टी निर्माणमा लागि पर्ने बताए ।

आफूहरूले नै विद्रोह गरेर संविधान र संघीयताको रक्षा गरेको भन्दै देशलाई अस्थिरताबाट जोगाएको उनको भनाइ थियो । 

विश्वमा देखिएका जलवायु परिवर्तन, खाद्य संकट र आर्थिक संकटका विषयमा समेत छलफल हुनुपर्ने समेत उनको धारणा थियो । 

स्थानीय तहको निर्वाचनमा गठबन्धनकै भरमा महानगर, उपमहानगर जिते पनि प्रदेश र जिल्लामा सहकार्य हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन नसकेकाले गठबन्धनका विषयमा मसिनो ढंगले समिक्षा गर्नुपर्ने भन्दै यसका लागि अहिलेदेखि नै वार्ता शुरू गर्नुपर्ने बताए । 

कांग्रेस र माओवादीबीचको गठबन्धन अपेक्षाकृत फलदायी हुन नसकेकाले गठबन्धनमा तेस्रो धारका विषयमा समेत छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राखे । 

बैठकमा पारित प्रतिवेदन केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकमा प्रस्तुत हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

केन्द्रीय कमिटीको दोस्रो बैठक असार ११ गते कार्की ब्याङ्क्वेटमा बबरमहल र केन्द्रीय परिषद् बैठक असार १३ र १४ गते प्रज्ञा भवन कमलादीमा हुने प्रमुख खतिवडाले बताए । 

परिषदको बैठकको उद्घाटन अध्यक्ष नेपालले गर्ने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x