भदौ ३, २०७९
पछिल्लो समय ठूला सहकारी साधारण बचतकर्ताको रकम झ्वाम पारेर सम्पर्कमा नआउनु समग्र सहकारी क्षेत्रकै लागि टाउको दुखाइको विषय बन्न पुगेको छ । सर्वसाधारणबाट बचत संकलन गरेका यस्ता सहकारी छिटो प्रतिफलको लोभ र सञ्चाल...
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धनलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
चालू आर्थिक वर्षका लागि महानगरले रु छ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरेकामा आगामी वर्षमा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बजेट वृद्धि भएको छ । बजेटका उद्देश्य तथा प्राथमिकताहरू पूरा गर्न प्रस्तावित कार्यक्रमका लागि विनियोजन गरिएको बजेटको स्रोत सङ्घीय सरकार अनुदान रु दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्ब एक करोड रहेको उपप्रमुख गुरुङले बताइन् ।
यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्ब ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने बताइन्छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा रु एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्याइएको उपप्रमुख गुरुङले बताइन् ।
महानगरले पोखरा गौरवका आयोजना कार्यान्वयनका लागि रु ६५ करोड बजेट विनियोजन गरेको छ । पर्यटकीय पोखरालाई सुन्दर र पूर्वाधारयुक्त विकसित पर्यटनस्थलमा विकास गर्न मुख्यमुख्य स्थान र लेकसाइडको सौन्दर्यकरण, सुविधा सहितको ल्यान्डफिल साइट निर्माण, अटो भिलेज, पोखरा चक्रपथ, एयरपोर्टदेखि लेकसाइड फास्टट्र्याक, ट्राफिक व्यवस्थापन, पेवा हर्वल ट्रेक, ढल व्यवस्थापन लगायतका योजनालाई पोखरा गौरवका योजनामा राखेको छ ।
महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १२ करोड ८८ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । यसैगरी चालू वर्ष निर्माण सुरु भएका विभिन्न १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक तथा १५ वटा ग्रामीण सडकलाई क्रमागत र वहुवर्षीय योजनामा समावेश गरी रु ५५ करोड बजेट विनियोजन गरिएको छ ।
महागनरको सहरी क्षेत्रभित्र खाल्डारहित सडक बनाउने अभियानअन्तर्गत मुख्य सडकहरु अस्फाल्ट र शाखा सहरी सडक एवं कालोपत्र भएका सडकहरुको रिसिलिङका लागि रु १५ करोड रकम व्यवस्था गरिएको छ ।
यसैगरी तालचोक बेगनास खण्डको तीन किमी सडक चार लेन, दुईतर्फी साइकल लेन र हरियाली जोेन सहितको पैदल ट्र्याक निर्माण आयोजनाका लागि ३० करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ केन्द्रहरु निजी क्षेत्र समेतको सहकार्यमा स्थापना गर्न रु सात करोड बजेट व्यवस्था गरिएको छ ।
महानगर क्षेत्र भित्रका नदीघाटहरुको संरक्षण, संवद्र्धन र नदी नियन्त्रण कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । महानगरमा आकस्मिक सेवा व्यवस्थापनका लागि रु पाँच करोड छुट्याइएको छ ।
यसैगरी महानगरका सबै वडाहरुमा एक वडा, एक स्मार्ट शौचालय बनाउने नीति कार्यान्वयनका लागि रु पाँच करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । यसअघि पोखरा सभागृहमा साँझ ४ बजे बजेट कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभा सुरु भएलगत्तै सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेबाट निर्वाचित सदस्यहरुले विरोध गरेपछि स्थगन भएको थियो । रातो किताबका सम्बन्धमा छानबिन गर्ने सहमतिपछि साँझ ७ बजे सभा पुनः सुरु भएर उपप्रमुख गुरुङले बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । रासस
पछिल्लो समय ठूला सहकारी साधारण बचतकर्ताको रकम झ्वाम पारेर सम्पर्कमा नआउनु समग्र सहकारी क्षेत्रकै लागि टाउको दुखाइको विषय बन्न पुगेको छ । सर्वसाधारणबाट बचत संकलन गरेका यस्ता सहकारी छिटो प्रतिफलको लोभ र सञ्चाल...
प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले शुक्रवार उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पा...
बहुप्रतीक्षित पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजना निर्माण सम्भाव्यता अध्ययनका लागि नेपालले भारतसँग सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको छ । बिहीवार परियोजनाको विकास र लगानीको खाका तयार पार्न लगानी बोर्...
अर्थ सचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य पदको शपथ लिएका छन् । सरकारले राजस्व सचिव रहेका पुष्करलाई १ हप्ताअघि नै अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो । उनलाई गत विहीवारको मन्त्रिपरिष...
नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसंग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन माग गरेको छ । भाद्र १ गते संघले ‘नेपालमा बैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति...
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम शुरू गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पक...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...