×

NMB BANK
NIC ASIA

ललितपुर महानगरले २९ हरियाली पार्क निर्माण गर्ने

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ ।

Muktinath Bank

महानगरपालिकाको पहिलो नगर सभामा शुक्रवार नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत ५ वर्षमा महानगरभित्र ८ पार्क बनेको र ६ पोखरीको पुनर्निर्माण भएको थियो । 


Advertisment
Nabil box
Kumari

फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेसन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर संकलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ । फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ ।

Vianet communication
Laxmi Bank

साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ ।  
कालोपत्र भएको सडक २ वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पुर्‍याइने महानगरको कार्यक्रममा उल्लेख छ । आगामी आवमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग निर्माण हुनेछ । ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागु गरिने र महानगर भित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ । परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डीपीआर गरिनेछ भने ढुङ्गेधारा, इनार, पोखरी लगायतका पानीको स्रोतको संरक्षण गरिने बताइएको छ । 

१० हजार वर्गफिट वा १७ मिटरभन्दा अग्ला भवनको निर्माणमा महानगरमा सूचीकृत परामर्शदाता मध्येबाट तेस्रो पक्ष प्रमाणीकरणको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई सरोकारवालासँगको समन्वयमा भूमिगत गरिने उल्लेख छ ।

बुङमति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने र अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने छ । पर्यटकलाई लक्षित गरी बालकुमारीस्थित पर्यटकयि बसपार्क सञ्चालन गरिने र महानगर आउने पर्यटकलाई फर्कंदा यहाँ नै निर्मित हस्तकला चिनोका रूपमा दिइने कार्यक्रम अघि बढाइने प्रमुख महर्जनले बताए । हस्तकलातर्फ महानगरपालिका वल्र्ड क्राफ्ट सिटीको सदस्य भइसकेकाले स्थानीय हस्तकला विकास, प्रवद्र्धन र बजारीकरणमा जोड दिइनेछ । 

महानगरपालिकाले ‘उपमेयरसँग महिला तथा बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारका लागि सूचना, सेवा तथा टेवाका लागि सीपमूलक तालिम सञ्चालन हुनेछ । स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्न ए, बी र सी डिभिजन फूटबल टीमलाई प्रोत्साहनका कार्यक्रम समावेश गरिएको छ । 

शिक्षातर्फ विद्यालय प्रविधिमैत्री बनाउँदै लगिने र अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, प्रविधि विषय अध्यापन गर्ने शिक्षकबाट विषयगत रोस्टर तयार गरिने कार्यक्रम छ । स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै नेपाल भाषाको ८ कक्षासम्मको पाठ्यपुस्तक तयार गरी क्रमशः कार्यान्वयनमा लगिने भएको छ । 

स्वास्थ्यतर्फ महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र दीर्घरोगीलाई स्वास्थ्य उपचारका लागि ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरभित्रका स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा सञ्चालनका, सुशासनका लागि इरेकडिङ र रिपोर्टिङलाई चुस्त बनाउने महानगरको योजना छ । 

विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्रीको व्यवस्थापनको कामलाई प्राथमिकता दिँदै आगामी आवमा सामग्रीको व्यवस्थापन गर्न बाँकी सबै वडामा सामग्री भण्डारण गरिने कार्यक्रममा उल्लेख छ । विभिन्न वडामा कृषि उपज प्रवद्र्धन गर्दै सम्भाव्यताको आधारमा निर्यातयोग्य कृषिवस्तुको उत्पादन बढाइनेछ । शहरी क्षेत्रमा कौसी खेती तथा सार्वजनिक जग्गामा फलफूल तथा पुष्प खेतीलाई प्रवद्र्धन गर्दै यसलाई हरियाली शहर शहरका रूपमा विकास गरिनेछ । 

पशु बीमा कार्यक्रम प्रभावकारी बनाइने र पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा सञ्चालन हुनेछ । सहकारीको अनुगमन र नियमन गरिने र वित्तीय अनुशासन र सुशासनमा जोड दिइनेछ । औद्योगिक ग्राममा पहुँच नभएका तथा समूहमा व्यवसाय सञ्चालनका लागि इच्छुक उद्यमीका लागि माग र आवश्यकताका आधारमा साझा सुविधा केन्द्र सञ्चालन गरिने भएको छ । 

महानगरले संस्थागत विकासका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । स्थानीयस्तरमा नै विवाद समाधानका लागि वडा तहमा मेलमिलाप केन्द्रको संयन्त्र तयार हुनेछ । महानगरको संगठन संरचना स्वीकार गरी कार्यरत कर्मचारीको दरबन्दी मिलान गरिने भएको छ । सबै करदाताको तथ्यांक संकलन गरी विवरण विद्युतीय माध्यमबाट डिजिटल प्रणालीमा अभिलेख राखिने र इ–पेमेन्टको नीति अवलम्बन गर्ने महागरको योजना छ । 

महानगर प्रमुख महर्जनले आफूहरू नागरिकका शासकका रूपमा नभएर सेवकका रूपमा काम गर्ने बताए । दोस्रो कार्यकाल सकिएपछि पुनः नगर प्रमुखको उम्मेदवार बन्न नपाउने र आफूलाई अझ अघि बढ्न पनि राम्रो काम गर्नुपर्ने उनले बताए । ५ वर्षमा कमाएको साख जोगाउने उनले बताए ।

उनले भने, ‘ललितपुर हिजो पनि देशको राम्रा ५ नगरमा रहेको थियो ।’

नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले निर्धारित समयमा नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुँदा समयको चाप भएको बताइन् । आगामी आवमा महानगरले जनमुखी र परिवर्तनमुखी कार्यक्रम समावेश गरेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x