साउन २९, २०७९
हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...
नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए ।
बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । “कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ”, उनले भने । उनीहरुलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् ।
कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ । कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।
हुलाकी राजमार्गको काम कछुवाको गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको छ । सडक निर्माण थालिएको ३ वर्ष बित्न लाग्दासम्म सडक भत्काउनेभन्दा अन्य कुनै काम हुन सकेको छैन । ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले ३ वर्षमा ...
मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासि...
पर्सा प्रहरीले २ जनालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार बहिनीको प्रेमीको हत्या गरेको अभियोगमा २ दाजुभाइ पक्राउ परेका हुन् । ...
संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ । सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्...
राष्ट्रिय मानव अधिकार आयोगले सरकारले संसद्मा पेश गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक, २०७९’ प्रति गम्भिर असहमति जनाएको छ । आइतवार पुल्चोकस्थित आफ्नै...
जुम्लामा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना लुकाउन ७ लाखको लेनदेन भएको मिलापत्र बाहिरिएको छ । उक्त घटना लुकाउन स्थानीय प्रहरीकै उपस्थितिमा मिलापत्र गरिएको दाबी गरिएको छ । जुम्लाको चन्दननाथ नर...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...