×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कात्तिक ३० मा संघीय निर्वाचनको मिति प्रस्ताव

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
निर्वाचन आयोगले संघीय निर्वाचनको मिति कात्तिक ३० गतेका लागि प्रस्ताव गरेको छ।  आयोगले सरकारलाई एकै चरणमा गर्ने हो भने सो मितिमा चुनाव गर्न सकिने राय दिएको हो । काठमाडौं महानगरपालिकाको ११ औं अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शुक्रबार यसबारे जानकारी दिएका हुन् । ‘आम निर्वाचन अब धेरै टाढा छैन । साढे ४ महिनादेखि ५ महिनाभित्र चुनाव हुन्छ’, उनले भने, ‘अहिले आयोगले दुई चरणमा गर्ने हो भने कात्तिक २८ र मंसिर ३ गते भनेर अनौपचारिकरुपमा सरकारलाई भनिसकेको छ।  एकैचोटी गर्ने हो भने कात्तिक ३० गते भनेर भनिसकेको छ।’  
निर्वाचन आयोगले मंसिर २२ गतेसम्म मात्रै अहिलेको संघीय कार्यपालिकाको अवधि भनेकाले  सो भन्दा केही अगाडि चुनाव हुने स्पष्ट गरे ।  आयोगले दिएको मितिको आधारमा सरकारले निर्णय गर्ने व्यवस्था छ । 
००००
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र नयाँ सेट पठाउने निर्णयपछि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा किचलो बढ्दै गएको छ । सरकारमा रहेका ४ मन्त्रीसहित १० सांसदले पार्टी निर्णयलाई चुनौती दिएपछि आन्तरिक संकट चुलिँदै गएको हो । संकटकै बीच नेताहरुले शनिबार साँझसम्म पार्टीको निर्णयअनुसार नै नतिजा देखिने बताएपनि विश्वसनीय आधार भने बनिसकेको छैन । 
बागमती प्रदेशका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बुधबार साँझसम्म हाल सरकारमा रहेका पार्टीका मन्त्रीहरु फिर्ता भइसक्ने र नयाँ सेट आउने दावी गरे । पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाँदा हाल रहेका मन्त्रीहरुलाई ६ महिनामात्रै काम गर्नेगरी पठाइएको र त्यसको साक्षी आफू पनि रहेको बताए ।  
००००
स्थानीय तहहरुले शुक्रबार आर्थिक वर्ष २०७९–८० का लागि बजेट ल्याएका छन् । ७५३ स्थानीय तहमध्ये केहीले भने विवादका कारण ल्याउन सकेनन् । बजेट ल्याएका स्थानीय तहहरुले स्थानीय सरोकारलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । 
००००
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धनलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
००००
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । 
महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आवका लागि रु छ अर्ब ३५ करोड ३५ लाख तीन हजारको बजेट व्यवस्थापन गरेको छ । 
००००
वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले शुक्रवार वीरगञ्ज–१० मा आयोजना गरेको ११औं नगर सभामा आगामी आर्थिक वर्ष लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमाति बजेट सार्वजनिक गरेको हो ।
००००
विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपमेयर शिल्पा निरला कार्कीले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेस गरेकी छिन् । यो बजेट चालु आवको भन्दा झन्डै १ अर्ब कम हो ।
००००
काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेटमध्ये ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ पूर्वाधार निर्माण गर्न छुट्याइएको विकास बजेट हो ।
००००
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् । जुन चालु आर्थिक वर्षको बजेट भन्दा १९।३९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रस्तोता हुने भनिएको ‘द लिडर’ कार्यक्रमका लागि फारम भरेकाले तिरेको पैसा फिर्ता दिइने भएको हो । यसबारे प्रश्न उठेपछि  ‘द लिडर’ले एक सूचना जारी गर्दै रवि लामिछाने स्वयम् राजनीतिमा प्रवेश गरिसकेकाले कार्यक्रम गर्ने नगर्ने निर्णय भइनसकेको स्पष्ट गरिएको छ । यसप्रति आकांक्षीहरुका पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना मागेको छ।  
००००
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताए ।
००००
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।
००००
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा देशभरमा कुल ८२ लाख ७६ हजार ५३० मत बदर भएको छ ।
मेयर तथा उपमेयर, अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका ४ वटा पदका लागि ७ सय ५३ स्थानीय तह त्यस मातहतका वडाहरूमा भएको निर्वाचनमा सो परिमाणमा मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
००००
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लिँदै आएको करलाई ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । 
समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने निर्णय भएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x