×

X
Nic Asia
Dabur
Marvel

सचेतना

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

काठमाडाैं | असार ११, २०७९

Premier Steels
TVS INSIDE
British college

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जाल एवं सांस्कृतिक तथा सञ्चारमाध्यमबाट फैलाइने नकारात्मक प्रभावलाई सुरक्षा चुनौतीको रूपमा राखेको छ । यो समस्या समाधान गर्ने भन्दै सरकारले एकीकृत योजना बनाइरहँदा जरो किलो महाअभियानको विशिष्टीकृत संस्था सहृदयता समाज नेपाल भक्तपुरले विगत ६ महिनादेखि ‘सामाजिक सञ्जालको सदाचारी प्रयोग’ विषयक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

IME BANK INNEWS

नेपालमा जातीय एवं साम्प्रदायिक द्वन्द्व भड्काउने देखेर त्यस्तो अवस्था आउनुअगावै स्वक्रियात्मक तरिकाले यो प्रशिक्षण कार्यक्रम थालिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जातीय द्वन्द्वको कुरा आउनेबित्तिकै रुवाण्डाको नाम सधैं अग्रपंक्तिमा आउँछ । रुवाण्डामा सन् १९९४ मा भएको जातीय द्वन्द्व र मच्चिएको नरसंहारबारे धेरै चर्चा भइसकेको छ । हुतु जाति र तुत्सी जातिबीच १०० दिन भड्किएको द्वन्द्वमा ८–१० लाख मानिस मारिएका थिए । रुवाण्डाको त्रासदीपूर्ण घटनालाई विश्वभर जातीय द्वन्द्वको निकृष्ट उदाहरणको रूपमा लिइन्छ र त्यस्तो अवस्था आउनुहुन्न भनेर शिक्षा दिइन्छ ।

लामो समयदेखि सँगै बस्दै आएका, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक क्षेत्रमा सहकार्य गर्दै आएका हुतु र तुत्सीबीच एकैरातमा द्वन्द्व भड्किएको थिएन । शृंखलाबद्ध घटनाहरूको उपज थियो । अर्गनाईज्ड आईडेन्टिटी इन्जिनीयरिङ थियो । घटनाको अति सामान्यीकरण थियो । जातीय राजनीति थियो । यसको लागि सबैभन्दा महत्त्वपूर्ण साधन थियो – रेडियो टेलिभिजन लिबरे देस मिल कोलिन्स अर्थात् आरटीएलएम रेडियो ।


Advertisment
mahindra Box
Saurya island

जातीय द्वन्द्वको आधार तयार गर्न रेडियोले व्यापक मद्दत गरेको थियो । रुवाण्डामा जातीय द्वन्द्व मच्चाउन महत्त्वपूर्ण भूमिका खेलेको कारण आरटिएलएम रेडियोलाई ‘रेडियो नरसंहार’ र ‘रेडियोबाट मृत्यु’ भनेर समेत चर्चा गर्ने गरिन्छ ।

आरटीएलएम रेडियोबाट एकोहोरो रूपमा – तुत्सी जाति भनेको रुवाण्डाका साङ्गला हुन् । यिनीहरूलाई मारेर घर सफा गर्नुपर्छ । इथियोपियाबाट आएका यी साङ्गलालाई नसिध्याएसम्म रुवाण्डा समृद्ध हुन सक्दैन । हुतु राष्ट्रपति जुभेनियल हबियारिमानलाई तुत्सी जातिले हत्या गरेका हुन् भनेर अफवाह नफैलाएको भए रुवाण्डामा लाखौं नागरिक मारिने गरी जातीय हिंसा भड्किदैन्थ्यो । युद्ध अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको दस्तावेजमा आरटीएलएम रेडियोले जातीय द्वन्द्व भड्काउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो भन्ने निष्कर्ष पढ्दा लाग्छ यदि समयमै आरटीएलएम रेडियोलाई अफवाह फैलाउने साधन बन्नबाट रोक्न सकेको भए रुवाण्डामा त्यस किसिमको जातीय द्वन्द्व नहुन पनि सक्थ्यो । 

Vianet communication
Sanima Bank

त्यो सन् १९९४ को कुरा थियो । अहिले सन् २०२२ भएको छ । त्यो बेला काँधमा बोक्ने रेडियोको जमाना थियो । अहिले हातहातमा बोक्ने मोबाइलको जमाना छ । फेसबूक, टिकटक, ट्वीटर र यूट्युबमार्फत मानिसहरू एकअर्कासँग जोडिएका छन् । गलत सूचना फैलाएर जातीय घृणा फैलाउने र साम्प्रदायिक द्वन्द्व भड्काउने सम्भावना अहिले पनि यथावत नै छ । यसैबाट पाठ पढेर नेपालमा सामाजिक सञ्जालमा फैलाइने गरिएका जातीय एवं साम्प्रदायिक घृणावादी पोस्ट, लेख, लिंकलाई रिपोर्ट गरेर हटाउनु र वास्तविकता बताउनु यस प्रशिक्षण कार्यक्रमको उद्देश्य हो ।

रुवाण्डाको आरटीएलएम रेडियोबाट तुत्सी जातिविरुद्ध घृणा फैलाइए जस्तै अहिले नेपालमा पनि सामाजिक सञ्जालमार्फत जातीय घृणा फैलाइने गरेको छ । केही उदाहरण हेरौं ः– 
  
‘अफेन्शिभ नेपाली टु’ नाम गरेको एउटा पेजमा नेवारलाई तथानाम गाली गरिएको छ । त्यसमा लेखिएको छ, ‘यो मु.. नेवारहरूको जनसंख्या १.६ मिलियन मात्रै छ । सब भ्याली बाहिरका ज्यापुहरूलाई लात हानेर निकाल्नुपर्ने अनि भ्यालीमा थुपार्नुपर्ने । अनि के गर्दो रहेछ, न केटीएमको केही रिसोर्सेस छ । त्यही जुजुधौ बेच्दै बसे मात्र हो ।’

यो पोस्टको स्क्रिनसर्ट लिँदा ६७३ वटा प्रतिक्रियाहरू थिए । नेवार समुदायलाई गाली गरेको भन्दै बाजाबाज भएको सहजै अनुमान गर्न सकिन्छ । 

आत्मराम थपलिया नाम गरेको फेसबूक पेजमा लेखिएको छ, ‘शेर्पा, तामाङ्ग, मगर, गुरुङ, राई, लिम्बु र ठकुरी ! यति सात थरी नेपाली बहिनी स्वास्नी बनाउने जाति हुन् ! हाडनाता करणी गर्नु यिनीहरूको संस्कार हो ! बहिनी करणी गर्ने, गाईको मासु खाने, जो भेट्यो उसैसँग सुत्ने जस्ता असभ्यतामा यिनीहरू मुस्लिम र इसाईसँग मिल्छन् ।’ यो छद्म प्रोफाइल हो ।

बाहुनको जस्तो सुनिने नाम थर राखेर बनाइएको छद्म प्रोफाइलबाट शेर्पा, तामाङ्ग, मगर, गुरुङ, राई, लिम्बु र ठकुरीलाई तथानाम भनेपछि उक्त जातिका मानिसहरूबाट पनि प्रतिक्रिया स्वरूप गालीगलौज हुनेछ र जातीय घृणा बढाउन सकिनेछ भन्ने नियोजित तरिकाले लेखिएको हो ।

रामजी मगर नाम गरेको प्रोफाइलबाट लेखिएको छ, ‘सिगारी खेल्न गएका कामी दमाईलाई बाजा मात्रै बजाएनन् – शंख पनि बजाए रूकुमका मल्ल ठकुरीले ।’ यस्तो भन्दै हाँसेको इमोजी राखिएको छ । रुकुम चौरजहारीमा जातकै कारण हत्या भएको भन्दै अझै न्याय खोजिने गरेको छ । परिवारले आफ्नो छोरा गुमाएका छन् । गाउँ शोकमा डुबेको छ तर यहाँ मगर थर राखेर शिल्पी समूह मारिएको विषयलाई हाँसो गरिएको छ । जसले आफ्नो मान्छे गुमाएका छन् उनीहरूको मनमा कस्तो पर्‍यो होला यो पोस्ट पढ्दा ? 

परिचय नखुलेको एउटा पोस्टमा लेखिएको छ, ‘ककेसियाबाट पाकिस्तान र भारतमा बलात्कृत हुँदै नेपाल छिरेका जनावरलाई शरणार्थी बाहुन क्षेत्रीहरू भनिन्छ ।’ यति लेखेर बेस्कन हाँसेको पोस्ट भेटिएको छ । परिचय नखुलेको अर्को पोस्टमा लेखिएको छ, ‘१९५९ मा चीन सरकारले तिब्बतबाट लखेटेर लद्दाख, आसाम, सिक्किम, दार्जिलिङ्ग हुँदै नेपालमा शरण लिन आएका आएको मंगोल जाति ।’ यति लेखेर घोडामा चढेर कतै जाँदै गरेका मानिसहरूको समुह देखाइएको छ । 

आफूलाई ककेसियाबाट बलात्कृत हुँदै छिरेका शरणार्थी भनेर लेखेको देखेपछि बाहुन क्षेत्रीहरू तथानाम गाली गर्ने नै भए । तिब्बत सरकारले लखेटेर नेपाल प्रवेश गरेको शरणार्थी भनेपछि शेर्पा, तामाङ्ग, राई, लिम्बु, गुरुङ, मगर तथानाम गालीगलौजमा उत्रिने नै भए । एकछिन सोचौं त बिहान उठेर फेसबूक स्क्रोल गर्दै गर्दा तपाईंको जाति शरणार्थी, बलात्कृत समूह, अन्यत्रबाट लखेटिएको समूह भनेर गालीगलौज गरेको देखेपछि कस्तो लाग्छ होला ? स्वाभाविक रूपमा रिस उठ्छ र जुन जाति वा समुदायको नामबाट पोस्ट भएको छ, उक्त जाति वा समुदायलाई पनि गालीगलौज गर्ने गरिन्छ । यसले बिस्तारै जातीय एवं साम्प्रदायिक घृणा बढाउँछ ।

नेपालमा सामाजिक सञ्जालहरूमा यसरी फैलाइएका साम्प्रदायिक सद्भाव बिथोल्ने पोस्टहरू र आरटीएलएम रेडियोमार्फत फैलाइएका गलत सूचनामा समानता भेटिन्छ । 

आफूलाई यहाँको मूलवासी भन्ने र आफूबाहेक अरूलाई बाहिरबाट आएको भनेर घृणावादी कित्ताकाट गर्नु जातीय द्वन्द्वको शुरूवाती अवस्था हो । आरटीएलएम रेडियोबाट तुत्सी भनेको इथियोपियाबाट भागेर आएका शरणार्थी हुन्, साङ्गला हुन् । हामी हुतु पो यहाँका मूलवासी हौं, यो भूमि हाम्रो हो भनेर एकोहोरो घृणावादी कित्ताकाट गर्ने गरेका थिए ।

अहिले सामाजिक सञ्जालमा नाक थेप्चो र मसिनो आँखा भएका मानिसहरू ‘मंगोल’ हुन्, यी मंगोलियाबाट भागेका आएका हुन् भनेर केही नाक चुच्चो भएका मानिसहरूले लेखेर घृणावादी कित्ताकाट गर्ने गरेका छन् । केही नाक थेप्चो र मसिनो आँखा भएका मानिसहरू नाक चुच्चो र विस्फारित आँखा भएका मानिसहरू आर्य हुन् यी चाहिँ युरोपको ककेसियाबाट आएका हुन् भनेर घृणा फैलाइरहेका छन् । 

यी दुवै अफवाह हुन् । पहिलो त नेपालका शेर्पा, तामाङ्ग, मगर, गुरुङ, राई, लिम्बुलाई मंगोल भन्नु आफैंमा गलत कुरा हो । सन् १७७५/७६ मा जोहन फ्रेडरिक ब्लुमबाक नाम गरेका जर्मन मानवशास्त्रीले तातार शब्दले चिनिने गरेका उत्तरी एवं मध्ये एसियाका मानिसलाई ‘मंगोल’ शब्दले विस्थापन गरेका थिए । श्वेत मानिसहरू चिनाउन प्रयोग हुने युरोपियन शब्दलाई ककेसियन शब्दले विस्थापन गरेका थिए ।

मानिसहरूको वास्तविक रंग सेतो हुन्छ भन्ने उनको धारणा थियो । बाइबलमा उल्लेखित नोहले जर्जियाको काउकस पर्वतमा रोकेपछि पृथ्वीमा मानिसको उत्पत्ति भएको हो भन्ने बाइबलको भाष्य अनुरूप युरोपियन शब्दलाई विस्थापन गरेर ककेसियन बनाए । वास्तविक मानिस ककेसियन नै हुन् तर विभिन्न वातावरणीय प्रभाव वा दुर्घटनाको कारण अलि पहेंलो भएका, रोग लागेका मानिसलाई जनाउन मंगोल शब्द राखेका थिए । तथाकथित पश्चिमा मानवशास्त्री बाइबललाई केन्द्र बनाएर संसारका मानिसहरूको वर्गीकरण गर्ने अनि हामी त्यसैलाई पछ्याउनु ठीक हो ?

त्यति मात्रै होइन, पूर्णरूपमा मानसिक विकास नहुने रोगको नाम नै ‘मंगोलियन सिण्ड्रम’ राखिएको थियो । सन् १८६६ मा जोन ल्यांगडन डाउन नाम गरेका डाक्टरले यस्तो रोगको नाम नै मंगोलियन सिण्ड्रम राखेका थिए । झण्डै १०० वर्षपछि सन् १९६५ मा बल्ल विश्व स्वास्थ्य संगठनले यो रोगको नाम परिवर्तन गरेर ‘डाउन सिण्ड्रम’ बनाएको थियो ।  

नेपालमा राईलाई तामाङ्ग भन्न मिल्छ ? लिम्बुलाई शेर्पा भन्न मिल्छ ? पक्कै मिल्दैन भने सोलोडोलो एउटै डालोमा हालेर श्वेत अतिवादीले आफूलाई उच्च देखाउन गरिएको चंगुलमा फसेर शेर्पा, राई, लिम्बु, गुरुङ, मगर, तामाङ्गलाई ‘मंगोल’ भन्नु कतिको जायज हो ? सबैको आफ्नै भाषा, आफ्नै संस्कृति र आफ्नै छैन र ? स्मरणरहोस् रुवाण्डामा उबुसिंगा, बासिङ्गा लगायत १८ वटा मौलिक सांस्कृतिक पहिचानबाट विच्छिन्न भएर सन् १८६३ मा बेलायती मानवशास्त्री जोन हानिङ्ग स्पेकले लादेको हामिटिक भाष्यलाई आफ्नो पहिचान मान्दा हुतु र तुत्सीबीच विभाजन आएको थियो ।

आर्य शब्दको अर्थ अंग्रेजीमा ‘जेन्टल म्यान’ हो । यो विषयमा पटक–पटक चर्चा भइसकेको छ । ‘जेन्टल म्यान’ भनेको नाक चुच्चो भएको मानिसलाई भनिएको होइन । सन् १८६६ मा रोयल एसियाटिक सोसाइटीका पादरीहरूले आर्य भनेको नाक चुच्चो भएको, विस्फारित आँखा र गहुँ गोरो छाला भएका मानिसहरू भनेर आर्य शब्दको गलत अर्थापन गरेका थिए । त्यसमाथि विलियम जोन्सहरूले अघि सारेका तथाकथित ‘आर्य आक्रमण सिद्धान्त’ गलत सावित भइसके पनि सामाजिक सञ्जालमा यस्तो बनोट भएका मानिसलाई ‘आर्य’ भन्नु र यी ककेसियाबाट आएका हुन् भन्नु गलत हो । सामाजिक सञ्जालमा बुझ्दै नबुझी फैलाइएको यस किसिमको घृणावादी कित्ताकाटले रुवाण्डामा आरटीएलएम रेडियोले जस्तै भुसको आगो सल्काइरहेको छ ।
 
सित्तैमा पाएको फेसबूकमा एउटा समूह बुझ्दै नबुझी नाक थेप्चो हुनेलाई मंगोलियन भन्दै मंगोलियाबाट आएका शरणार्थी भन्ने र अर्को समूह नाक चुच्चो भएको आर्य हो, यी ककेसियाबाट आएका शरणार्थी भनेर घृणावादी कित्ताकाट गर्दा सित्तैमा पाएको फेसबूकले निकै महंगो परिणाम ल्याउनसक्छ । नाक चुच्चो भएका र नाक थेप्चो भएका दुवै समूहले बुझ्नुपर्ने कुरा – आफ्नो मौलिक सांस्कृतिक पहिचान बिर्सेर नाक थेप्चो हुनु मंगोल र नाक चुच्चो हुनु आर्य भन्नु घातक हुन्छ ।  

त्यति मात्रै होइन, यस प्रशिक्षणमा सहृदयता समाज नेपाल र नागरिक फाउन्डेसनले नेपालमा अझै विद्यमान रहेको छुवाछुत एवं भेदभाव हटाउन निर्माण गरेको ‘वंशियार र अंशियार नीति’को बारेमा प्रशिक्षण पनि दिइन्छ । जातीय छुवाछुत र विभेदलाई गैरकानूनी बनाएर पनि पूर्ण रूपमा हटाउन सकिएको छैन । वंशियार र अंशियार नीति मानसिकता नै परिवर्तन गराउने उपाय हो । तथाकथित उच्च जात र तल्लो जात भनिएकाहरू एउटै वंशजका हौं र नेपाल आमाप्रति सबैको बराबर अधिकार छ भन्दै समतामूलक समाज निर्माण गर्ने यो नीतिको उद्देश्य हो ।

प्रशिक्षणको क्रममा विद्यार्थी भाइबहिनीलाई उभ्याएर आ–आफ्नो प्रिय मित्र (बेस्ट फ्रेन्ड) को हो भनेर सोध्दा अधिकांश विद्यार्थीको बेस्ट फ्रेन्ड फरक जात र फरक भाषी नै पाइने गरेको छ । मन मिलेपछि सबै जात, जाति, भाषा वा संस्कृति फरकपन गौण बन्छ । यसैलाई ‘सहृदयताको सम्बन्ध’ भनेर प्रशिक्षण दिने गरिएको छ ।

नवलपुर जिल्लाको श्री देवचुली उच्च माध्यमिक विद्यालयमा प्रशिक्षण दिँदा एउटा रमाइलो घटना भयो । विद्यार्थीहरूलाई बेस्ट फ्रेन्डको बारेमा सोध्दा २ जोडी फेला पर्‍यो । क्षेत्री र परियार अनि बाहुन र सुनार बेस्ट फ्रेन्ड रहेछन् । मन मिलेपछि बेस्ट फ्रेन्ड बन्न जातले रोक्यो त भनेर सोध्दा एकदम कक्षा नै भावुक बनेको थियो । 

प्रशिक्षणमा पानीपुरी र कपाल काट्ने स्थानको विशेष चर्चा होस् भन्ने हेतुले २ वटा स्लाईड राखिएको छ । पानीपुरी बेच्ने होस् वा कपाल काट्ने – मधेशी मूलका मानिस देखेपछि आफ्नोभन्दा २ गुणा बढी उमेर भएका मानिसलाई समेत ‘तिमी तिमी’ भनेर सम्बोधन गरिएको पटक–पटक सुनिएको छ । सबै मधेशी मूलका मानिसको मातृभाषा हिन्दी होइन । मैथिली, भोजपुरी, अवधि, बज्जिका, ठेटी जुनसुकै भाषी हुनसक्छ । आउँछ भने उसको मातृभाषा जे हो त्यसैमा बोले धेरै राम्रो । आउँदैन भने अन्य जाति वा समुदायका मानिससँग बोल्दा नेपाली भाषामा कुरा गर्ने जब मधेशी मूलका मानिससँग चाहिँ हिन्दीमा बोल्नु ठीक हो ? यसो गर्दा मधेशी समुदायलाई फरक व्यवहार गरिएको ठहर्छ ।
 
सानो कुरा जस्तो लागे पनि यसले मधेशी मूलका मानिसलाई समाजबाट अलग्याएको जस्तो महसूस गराउँछ । स्मरणरहोस्, काठमाडौंमा हेपिएका अनुभवहरू समेटेर विखण्डनको मुद्दा उठाएको पनि यही देशमा हो । दैनिक जीवनमा सानो परिवर्तन ल्याउँदा पनि समाजमा सहृदयताको सम्बन्ध बनाउन सकिन्छ ।

समाजमा सहृदयताको सम्बन्धको प्रवद्र्धन गर्ने उद्देश्यले सहृदयता समाज नेपालको तत्वाधानमा हालसम्म करीब ३ हजार विद्यार्थीलाई यस विषयको प्रशिक्षण प्रदान गरिसकिएको छ । जरो किलो महाअभियानको विशिष्टीकृत संस्था सहृदयता समाज नेपालको मूल उद्देश्य नै समाजलाई जोड्नु हो । समाज फुटाउन, एकविरुद्ध अर्को उचाल्न र लडाउन थुप्रै विदेशी प्रायोजित संस्थाहरू छन् तर विविधता नेपालको समस्या होइन, सम्पदा हो भनेर सहृदयताको प्रवद्र्धन गर्ने नगन्य छन् ।

रुवाण्डामा तुत्सी जातिलाई सखाप पार्नुपर्छ भन्ने इण्ट्राहाम्वे मात्रै होइन, हुतु, तुत्सी र त्व जाति मिलेरै बस्नुपर्छ भन्ने पल रुसेसबागिना जस्ता मानिसहरू पनि थिए । नेपालमा पनि मिल्नुपर्छ भन्ने शक्ति छ । यो शक्ति जति जति प्रखर बनाउन सक्यौं, त्यति सहृदयतालको सम्बन्ध प्रगाढ बन्नेछ ।

Maruti inside
NLIC
TATA Below
साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

साउन १८, २०७९

लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...

साउन १७, २०७९

लामो समयसम्म विवादमा रहेको राज्य व्यवस्था समितिमा अल्पमत/बहुमतको आधारमा निर्णय भएको तर सरकारले सदनमा लान नसकेको नागरिकता सम्बन्धी विधेयक अन्ततः दुवै सदनले पास गरेको छ तर यसमा शुरूदेखि परिवर्तन गर्न नसकिएको वै...

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x