×

NMB BANK
NIC ASIA

जयनगर–कुर्था मालबाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

असार ११, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जयनगर–कुर्था रेल मार्गमा नियमित मालबाहक रेल सेवा सञ्चालन गर्न ५ जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । 

Muktinath Bank

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेश प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालबाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालबाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महंगी समेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक ५/६ ट्रक मालसामान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालबाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए । ‘अहिले चलिरहेको रेल सेवामै हामीले मालबाहक रेल सेवा पनि चलाउन माग गरेका छौं,’ जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बोकुमार साहले भने, ‘नेपाल रेल्वे कम्पनीका पदाधिकारीले मालबाहक रेल चलाउन आफूहरू सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसामान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीसँग यकिन गरेर तथ्यांक उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

तथ्यांककै आधारमा मालबाहक रेल सेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको उपाध्यक्ष साहले बताए ।

छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालबाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । ‘भारतबाट दैनिक कति परिमाणमा मालसामान ल्याइन्छ भनेर तथ्यांक मागेका छौं,’ उनले भने ।

तथ्यांक उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने झाको भनाइ छ । 

गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न ७ ठाउँमा स्टेसन/हल्टको व्यवस्था गरिएको छ । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेसनको व्यवस्था छ ।

रेल सेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनीयर रहेको महाप्रबन्धक झाले जानकारी दिए ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किलोमिटरका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । वातानुकुलित सेवातर्फ भने ४५० रुपैयाँ भाडादर कायम गरिएको कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x