×

NMB BANK
NIC ASIA

पार्टी एकता समन्वय समिति बनाउने वामदेवको प्रस्ताव, देशव्यापी संगठन विस्तार गर्ने

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा पार्टी एकता समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः एकता नहुँदासम्मका लागि पार्टी एकता समन्वय समिति गठन गर्ने प्रस्ताव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा राखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार ललितपुरको धोविघाटमा नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो भेला जारी छ । भेलामा गौतमले पेश गरेको राजनीतिक प्रस्तावबारे छलफल भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

समन्वय समितिमा संगठित हुनेहरूका लागि मार्गदर्शक सिद्धान्त र कार्यक्रम मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुने प्रस्ताव पनि गौतमले गरेका छन् । 

Vianet communication
Laxmi Bank

समन्वय समितिको मुख्य कार्यभार नेपाल कम्युनिष्ट पार्टीलाई पुनः एकता गर्नु हुने उनले प्रस्तावमा उल्लेख गरेका छन् । 

प्रस्तावमा गौतमले भनेका छन्, ‘विभाजित अवस्थामा रहको नेपाल कम्युनिष्ट पार्टीलाई पुनः एकतावद्ध गर्ने तथा यसको संलग्नतामा शक्तिशाली संयुक्त मोर्चा निर्माण गर्नु हाम्रो मुख्य कार्यभार हुनेछ । त्यसका निम्ति हामीले अन्तिम समयसम्म प्रयत्न गरिरहने छौं । आवश्यकता पर्दा पार्टी एकता गर्न जस्तोसुकै त्याग गर्न तयार हुनेछौं ।’

गौतमले भेलामा प्रस्तुत गरिएको प्रस्तावमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त बमोजिम पार्टी एकता संयोजन समितिका सबै अंगहरू संचालित हुने भनेका छन् । 

त्यसैगरी, समन्वय समितिले काम गर्दा सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नेतृत्व प्रणाली अवलम्बन गरिने, कुनै पनि समितिमा मतभिन्नता उत्पन्न हुँदा बहुमतको निर्णय समितिको निर्णय मानिने, हरेक समिति सदस्य कुनै न कुनै समितिमा संगठित हुनुपर्ने, समितिमा मत विभाजन हुँदा बहुमतको निर्णयलाई समिति निर्णय मान्नुपर्ने, तल्लो समिति माथिल्लो समिति मातहत रहने र सम्पूर्ण सदस्यता केन्द्रीय समितिका मातहत रहने तथा पूर्व निर्धारित समयमा समितिका बैठक, भेला, सम्मेलन, अधिवेशन र महाधिवेशन आयोजना गर्ने प्रणाली जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको संरचना हुने भनेका छन् ।

पार्टी एकता समन्वय समिति केन्द्र, प्रदेश र पालिका तहमा अधिकार प्राप्त श्रृंखलावद्ध समितिहरू रहने प्रस्ताव उनले गरेका छन् । जिल्लामा समन्वय समिति रहने, आवश्यकता बमोजिम निर्वाचन क्षेत्रमा पनि समन्वय समिति निर्माण गर्न सकिने, पालिका समितिका मातहत वडा समिति लगायत विधान बमोजिम अन्य समितिहरू पनि रहने गौतमको प्रस्ताव छ । 

समन्वय समितिको सदस्यता प्राप्त हरेक व्यक्ति अनिवार्य संगठित हुनुपर्ने भनिएको छ । वृद्ध र अशक्त व्यक्तिहरूको समिति सदस्यता संगठित नभए पनि कायम राखिने तर काम गर्न सक्ने अवस्था हुँदाहुँदै पनि जिम्मेवारी नलिने र संगठित हुन नचाहने सदस्यको सदस्यता खारेज हुने प्रस्ताव उनले गरेका छन् । 

धोवीघाटमा जारी भेलामा गौतमको राजनीतिक प्रस्ताव माथि छलफल भइरहेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x