×

NMB BANK
NIC ASIA

नार्पाभूमिमा सडक विस्तारलाई प्राथमिकता

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सडक सञ्जालसँग नजोडिएको मनाङको नार्पाभूमि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु १८ करोड ५१ लाख ८७ हजार  बजेट सार्वजनिक गरेको छ ।

Muktinath Bank

नगरपालिकाको शुक्रबार आयोजित १०औँ गाउँसभामा उपाध्यक्ष मेङ्मर फुञ्चो लामाले प्रस्तुत गरेका बजेटमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कूल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ रु चार करोड ९० लाख खर्च हुने अनुमान गरिएको छ । जुन कूल बजेटको २६दशमलव ४५ प्रतिशत हुन आउँछ । पुँजीगततर्फ रु १३ करोड ६१ लाख ८७ हजार विनियोजन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुमानित खर्च कार्यान्वयन गर्न आन्तरिक स्रोत परिचालनतर्फ रु १२ लाख, सञ्चित कोषतर्फ रु एक करोड विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट समानीकरण अनुदानतर्फ रु छ करोड ८४ लाख, सङ्घीय सरकारबाट अनुदानतर्फ रु तीन करोड ८८ लाख, राजस्व बाँडफाँडतर्फ रु तीन करोड ६१ लाख, विशेष अनुदानतर्फ रु एक करोड ३३ लाख, समपूरक अनुदानतर्फ रु ४६ लाख बजेट विनियोजन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ रु २५ लाख, राजस्व बाँडफाँडतर्फ रु दुई लाख ८७ लाख, विशेष अनुदानतर्फ रु ५० लाख, ससर्त अनुदानतर्फ रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

Vianet communication
Laxmi Bank

उक्त गाउँपालिकाले पूर्वाधार विकासमा सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहेको चामे गाउँपालिकास्थित स्याउबारी भिरमा ट्र्याक खोल्न रु १५ लाख विनियोजन गरेको छ । साथै कोतो–छ्याछ्या–हुलाकी ओडार–मेता सडकखण्ड मर्मतका लागि रु ५० लाख र क्याङ–फु गेट–फु गाउँसम्मको बाटो मर्मतका लागि रु २० लाख विनियोजन गरिएको छ ।

त्यसैगरी सिँचाइ, भवन तथा बस्ती विकास, सामाजिकतर्फ स्वास्थ्य, र शिक्षाको विकासका लागि सामुदायिक विद्यालयलाई पठनपाठन सुधार तथा बालविकास शिक्षालाई प्रोत्साहन गर्न रु १५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका क्षेत्रभित्र सामुदायिक विद्यालय व्यवस्थितरुपमा सञ्चालन गर्न गाउँ शिक्षा नीति तर्जुमा गरी लागू गर्ने र गाउँपालिकाले निजी स्रोतबाट मन्टेश्वरी शिक्षक नियुक्त गरी तालिम सञ्चालन गर्ने योजना निर्धारण गरेको छ । 

खानेपानी तथा सरसफाइ, खेलकुद, महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, लैङ्गिक समानता, लैङ्गिक हिंसा निवारण तथा सामाजिक समावेशीकरण, कृषि तथा पशुपक्षी, उद्योग, पर्यटन तथा संस्कृति विकास, वन, वातावरण तथा भूसंरक्षण, जलाउत्पन्न प्रकोप व्यवस्थापन, विपद् व्यवस्थापन, संस्थागत विकास, सञ्चार र प्रविधि, युवा तथा रोजगारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।  रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x