×

NMB BANK
NIC ASIA

काभ्रेका स्थानीय तहमा डेढ अर्बसम्मको बजेट

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेका छन् । छ नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लाका अधिकांश तहले अधिवेशन गरी आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

Muktinath Bank

धुलिखेल नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख अशोक व्याञ्जुले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु ६४ करोड तीन लाख आठ हजार छ भने पूँजीगततर्फ रु ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ रु ४० लाख रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नगरले आगामी आवका लागि सङ्घ र प्रदेश सरकारले लिएको आर्थिक तथा वित्तीय नीति, अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले गरेको नीतिगत व्यवस्था, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनले निर्दिष्ट गरेका आधारलगायत नगरको विषयगत क्षेत्रगतको नीतिको आधारमा बजेट प्रस्तुत गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यस्तै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक पूर्वाधार, भवन आवास तथा सहरी विकास, पर्यटन विकास, कृषि विकास, पशु विकास, सहकारी विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी तथा उद्यम विकास, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजश्व परिचालन र सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायत विषय पनि समेटिएको छ  ।

Vianet communication
Laxmi Bank

नमोबुद्ध नगरपालिकाले ले आव २०७९/८०का लागि  रु ७४ करोड ४८ लाख ४५ हजार ९९७ बराबरको बजेट सार्वजनिक गरेको छ नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगरप्रमुख कुन्साङ लामाले नीति तथा कार्यक्रम र नगर उपप्रमुख रत्नबहादुर लामाले बजेट पेस गरेका हुन् । 

प्रस्तुत बजेटमा  चालुतर्फ रु १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगततर्फ रु ५७ करोड ३८ हजार विनियोजन गरिएको छ । आयतर्फ आन्तरिक आय रु चार करोड ७२ लाख ५१ हजार ३५३, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान रु एक करोड नौ लाख एक हजार, राजश्व बाँडफाँट रु दुई करोड ६६ लाख ५५ हजार, ससर्त अनुदान रु दुई करोड ३६ लाख छ हजार, विशेष अनुदान रु ८० लाख र समपूरक अनुदान रु तीन करोड रहेको छ । 

यस्तै सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान रु ११ करोड ८७ लाख, राजश्व बाँडफाँट रु नौ करोड २८ लाख ४९ हजार, ससर्त अनुदान रु ३१ करोड ९९ लाख, समपूरक अनुदान रु एक करोड रहेको छ भने अन्य आयतर्फ रु तीन करोड २२ लाख तीन हजार ६४४ रहेको छ ।

यसैगरी खर्चतर्फ चालु खर्च रु १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगत खर्च रु ५७ करोड ३८ हजार रहेको छ । नगरले सम्पूर्ण वडामा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्न जनसङ्ख्या, क्षेत्रफल र राजश्व सङ्कलनलाई मूल आधार मान्दै सूत्रमा राखी जम्मा एकमुष्ट रकम रु चार करोड बजेट विनियोजन गरेको छ  । वडागत वित्तीय समानीकरण अनुदान रु २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रु दुई करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

पनौती नगरपालिकाको ११औँ नगरसभामा नगरप्रमुख रामशरण  भण्डारीले आव २०७९/८० का लागि प्रस्तुत गरेको नीति, कार्यक्रममा सुशासन र संस्थागत विकास, वन तथा वातावरण, सूचना तथा सञ्चार भाषा, साहित्य, कला र संस्कृति, पूर्वाधार निर्माण, युवा तथा खेलकुद, बालमैत्री स्थानीय शासन र विशेष सामाजिक सुरक्षा, पर्व र कला, महिला, दलित र अपाङ्गता, शिक्षा, स्वास्थ्य, सहकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि तथा पशुपन्छीका विषयलाई प्राथमिकता दिइएको छ । नगरसभाले शुक्रबार नै प्रस्तुत नीति कार्यक्रम पारित गरेको थियो ।

यस्तै उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षका लागि  रु एक अर्ब ६० करोड १३ लाखको अनुमानित बजेट प्रस्तुत गरिन् । जस्मा चालुतर्फ रु ७४ करोड २८ लाख ८० हजार, पूँजीगततर्फ रु ८५ करोड ४९ लाख २० हजार र वित्तीय व्यवस्थातर्फ ३५ लाख विनियोजन गरिएको छ  । 

यसैगरी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पनि शुक्रबार नै नगरसभा तथा दसौँ अधिवेशन सम्पन्न गरेको छ । नगरप्रमुख आगामी आव २०७९/८० का लागि नीति, कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख दाहालले आगामी आवका लागि रु एक अर्ब ५५ करोड २४ लाख अनुमानित बजेट प्रस्तुत गरेका छन् । 

सो क्रममा नगरप्रमुख शाक्यले विषयगत रुपमा पूर्वाधार विकासतर्फ भवन, विद्युत्, शिक्षा, सञ्चार, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणतर्फ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा तथा खेलकुद, उत्पीडित तथा दलित उत्थान, आदिवासी जनजाति उत्थान, संस्कृति संरक्षणको विषयमा नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

त्यस्तै आर्थिक विकासतर्फ कृषि तथा पशु विकास, पर्यटन, उद्योग वाणिज्य, सहकारी विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भूमि व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, स्थानीय स्रोत परिचालन, नीति, कानुन, न्याय तथा सुशासन लगायतका विषयमा नयाँ नीति तथा कार्यक्रमलाई अघि सारेको छ । 

पाँचखाल नगरको ११औँ नगरसभाबाट आगामी आव २०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । सभामा नगर उपप्रमुख सूर्यमाया दनुवारले आगामी वर्षका लागि रु एक अर्ब २९ करोड ९६ लाखको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । जसअन्तर्गत ससर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, प्रदेश सरकार समपूरक र अनुदान, सडक बोर्ड, सामाजिक सुरक्षा गरी रु ५३ करोड ३७ लाख, ९७ हजार तथा बाँडफाँट योग्य ७६ करोड ५८ लाख ८९ हजार रहेको छ । 

त्यस्तै पाँचखालको पूँजीगत खर्चमा रु ९४ करोड ६८ लाख ३८ हजार तथा चालुतर्फ रु १६ करोड, ससर्त योजनाका लागि रु १९ करोड २८ लाख ३८ हजार गरी कूल रु एक अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास भएको हो ।

यस्तै जिल्लाको मण्डनदेउपुर नगरले आज ११आँै नगरसभा तथा अधिवशेनबाट आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उपप्रमुख विष्णुमणि नेपालले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेका छन् । जसअन्तर्गत चालुतर्फ रु ४८ करोड ६६ लाख ६४ हजार ४८७ रहेको छ भने पूँजीगततर्फ रु ४० करोड २७ लाख सात हजार ७४८ र सामाजिक सुरक्षातर्फ रु १३ करोड रहेको छ ।

यस्तै काभ्रेपलाञ्चोकको सात गाउँपालिकामध्ये तीनले आ–आफ्ना नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । बाँकी चार गाउँपालिकाले बजेट निर्माणबारे छलफल भइरहेकाले छिट्टै सार्वजनिक गर्ने जनाएका छन् । 

रोशी गाउँपालिकाले आउँदो आवका लागि ११औँ गाउँसभामार्फत नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दिनेश लामाले रोशीको समग्र विषयगत क्षेत्रको विकासबारे नीति, कार्यक्रम प्रस्तुत गर्दै पालिका केन्द्रसम्म जोड्ने प्रत्येक वडाका सडकमा बाह्रै महिना यातायात सेवा सञ्चालन गर्न जोड दिएका छन् । उनले गौरवका आयोजनाको निरन्तरता, पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न तदारुकता, लघु जलविद्युत् आयोजनाको संरक्षण, स्तरीय शिक्षादेखि स्वास्थ्य सेवा तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थासम्मका नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँसभामा कूल रु ७१ करोड ४६ लाख ८२ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो । सभामा सङ्घीय सरकार तथा प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्तमध्ये रु एक करोड ६० लाख, स्थानीय राजश्व बाँडफाँटबाट रु चार करोड ५० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट रु १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँटबाट रु तीन करोड ५२ लाख २८ हजार, सङ्घीय सरकार समानीकरणबाट रु ११ करोड ६४ लाख, ससर्त अनुदान सङ्घ रु २८ करोड ५९ लाख विशेष तथा समपूरक अनुदान सङ्घको रु तीन करोड ७० लाख, प्रदेश सरकारको समानीकरण रु एक करोड ६ लाख १३ हजार, ससर्त अनुदान प्रदेश रु दुई करोड ८७ लाख ७८ हजार, समपूरक तथा विशेष अनुदान सङ्घको रु तीन करोड ७४ लाख रहेको प्रस्तुत गरिएको थियो ।

यसैगरी बेथानचोक गाउँपालिकाले रु ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नीति तथा कार्यक्रमसँगै प्रस्तुत अनुमानित रु ५९ करोड ११ लाख ३९ हजार कूल बजेटमा रु ३१ करोड पाँच लाख चालुखर्च तथा रु २८ करोड ६ लाख ३९ हजार पूँजीगत खर्च रहने जनाएका छन् । जिल्लाकै उच्च स्थान बेथानचोक नारायणस्थानसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेँसी खण्डमा सुरुङमार्गको अध्ययनजस्ता विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ भने श्रम, सीप र उत्पादनसँग जोडिने शिक्षा मात्र देशको समृद्धिमा योगदान दिन सक्ने भएकाले शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगार, रोजगारलाई आय, आयलाई पूँजी, पूँजीलाई लगानी, लगानीलाई प्रविधि र प्रविधिलाई समृद्धिसँग जोडिने भनिएको छ । पालिकाले एक वडा एक खेल मैदानको नीतिसमेत अघि सारेको छ ।

यस्तै खानीखोला गाउँपालिकाले आव २०७९/८०का लागि  रु ४७ करोड चार लाख ७० हजार बजेट प्रस्तुत गरेको छ । तेमाल गाउँपालिकाले आव २०७९/८० को नीति तथा कार्यक्रम शुक्रबार नै सार्वजनिक गरेको छ । बैठकमा गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले तेमालको समग्र विषयगत क्षेत्रको विकासबारे नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । बजेट निर्माण भने अन्तिम चरणमा रहेको बताइएको छ । 

यस्तै जिल्लाको भुम्लु गाउँपालिकाले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट भने छुट्टै बैठकमा प्रस्तुत गरिने जनाइएको छ । चौँरीदेउराली गाउँपालिकाले पनि शुक्रबार आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट प्रस्तुत गरेको छैन । गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंले बजेट निर्माणबारे आन्तरिक छलफल भइरहेकाले अर्को बैठकमा प्रस्तुत गरिने बताइन् । यस्तै महाभारत गाउँपालिकाले गाउँसभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै बजेटबारे छलफलमा जुटेको जनाएको छ । राजकुमार पराजुली/पेमा लामा,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x