साउन २९, २०७९
विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनलाई उ...
गण्डकी प्रदेशमा संसदीय मामिलामा कलम चलाउने सञ्चारकर्मीको टोलीले सुदूरपश्चिम प्रदेश प्रदेशसभामा भइरहेका संसदीय गतिविधि, कानुन निर्माण प्रक्रियालगायतका विषयमा स्थलगत जानकारी लिएको छ ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदान–प्रदानसहितको तालिमअन्तर्गत जारी अवलोकन भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेशमा त्यहाँका सभामुख तथा सरोकारवालाबीच छलफल गरी भइरहेका संसदीय गतिवधिबारे जानकारी लिइएको हो ।
छलफलका क्रममा शनिबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा कानुन निर्माणका क्रममा के सत्तापक्ष के पक्ष–प्रतिपक्ष सबैले एकताबद्ध प्रयास गर्ने गरेको अनुभव सुनाए । सबै विधेयकहरू समितिमा व्यापक छलफल गरेर ल्याउने गरिएको जनाउँदै उनले कानुनको कार्यान्वयन भने अपेक्षितरूपमा प्रभावकारी बन्न नसकेको बताए ।
संसद्लाई जनतासँग लैजाने कुरालाई आफूहरूले प्राथमिकता दिएको बताउँदै उनले विद्यार्थीलाई पनि संसदीय गतिविधि तथा कानुन निर्माणबारे जानकारी गराउनेजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनलाई उ...
म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउ...
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख ...
धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित नवनिर्मित बसपार्क सञ्चालनमा आउने भएको छ । उद्घाटन भई हालसम्म सञ्चालनमा आउन नसकेको उक्त नवनिर्मित बसपार्क भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको हो । आज उपमहानगरपालिकाम...
बागमती प्रदेशले सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानुनी व्यवस्था हटाएको छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ मा प्रदेशसभाले गरेको संशोधनमा एक वर्षसम्म कैद गर्न सक्ने पुरानो व्यवस्थालाई हटाएको हो ।...
नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका नि...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...