×

X
Dabur
Nic Asia
Marvel

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

महोत्तरी | असार १२, २०७९

TVS INSIDE

महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो ।

IME BANK INNEWS
morang Auto yamaha

महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन् ।  सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् । यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ ।

पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र  मटिहानीबाट मदिरा बरामद भएको छ । धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन तस्करले मोटरसाइकल प्रयोग गरेका पाइएको प्रनाउ विष्टले बताए । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २७, २०७९

जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।...

साउन २७, २०७९

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो । विभि...

साउन २७, २०७९

उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढे पनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरू चिन्तित बनेका हुन् । दैनिक उपभोग्...

साउन २७, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...

साउन २७, २०७९

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्यांकअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन ...

साउन २७, २०७९

हनी ट्रयापमा पक्राउ परेका श्रीमान् श्रीमती १ लाख ५० हजार धरौटीमा छुटेका छन् । सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक (इ...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x